Home Blog Page 194

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउदै

0

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ।

यस संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै पौने ४७ लाख रुपैयाँबराबरको एफपीओ ल्याउन अनुमती मागेको हो ।

यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

नेप्सेमा आज हरियाली, ४४ अङ्कले बढ्यो सेयर बजार

0

आज सेयर बजार ४४ अङ्कले बढेको छ । आज २.२८ प्रतिसतले बढ्दै सेयर बजार १९८६.९ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज १ अर्ब ४९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्री स्टार हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर , सिद्धार्थ प्रिमियर इन्सुरेन्स , प्रोगेसिभ फाइनान्स कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन एभरेस्ट इन्सुरेन्स प्रमोटर,सुर्योदय वोमी लघुबित्त, आशा लघुबित्त, शुभम पावर,हिमालयन लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन,एभरेस्ट बैंक, चिलिमे हाइड्रोपावर, सोल्टी होटल, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

कर्मचारीलाई दिने बोनस ११ बैंकले बढाए , कसले कती बढाए ?

0

बैंकमा जागिर गर्दा समय धेरै दिनु पर्छ तर त्यहिअनुसार कर्मचारीले धेरै सुविधा पाउँछन् र बोनस पाइरहेका हुन्छ्न । बोनस र सेवा सुबिधाले नै कर्मचारीलाई थप उर्जासिल बनाउछ ।

त्यसै सन्दर्भमा विभिन्न ११ वटा बैंकले गत आवमा कर्मचारीलाई दिने बोसन ब्रिद्धी गरेका छन् ।

अघिल्लो आवभन्दा गत आवमा नबिल बैंकले कर्मचारीलाई दिने बोनस ५१.८० प्रतिशतले बढाएर १ अर्ब १९ करोड ८२ लाख ७० रुपैयाँ छुट्याएको छ ।
यस्तै ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने बोनसका लागि छुट्याईएको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशतले बढाएर १ अर्ब १२ करोड २६ लाख ६० हजार पुर्याईएको छ ।

यस्तै एनआईसी एशिया बैंकले कर्मचारीका लागि बोनस बापत गत आवमा अघिल्लो आबको तुलनामा ०।५८ प्रतिसत बढाएर ७१ करोड ९७ लाख ८० हजार पुर्याएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई बोनसका लागि दिने रकम ५५.३६ प्रतिशतले बढाएर ५५ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

नेपाल बैंकले कर्मचारीलाई बोनस दिनका लागि अघिल्लो आवको तुलनामा गत आवमा ३.५६ प्रतिशत बढी अर्थात २३ करोड ६० लाख ३० हजार रुपैयाँ छुट्याएको छ ।

एभरेष्ट बैंकले कर्मचारीलाई दिने बोनस ३० प्रतिशतले बढेर ५२ करोड ३८ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनस १७.३३ प्रतिशतले बढाएर २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ ।

लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ पुगेको छ ।

प्रभु बैंकले कर्मचारीको बोनसका लागि ८.९१ प्रतिशतले बढाएर ४५ करोड २६ लाख ४० हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै सानिमा बैंकले कर्मचारी बोनसका लागि अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढाएर ४१ करोड १९ लाख १० हजार रुपैयाँ छुट्याएको छ ।
त्यस्तै, नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसका लागि ३५.३८ प्रतिशतले बढेर ३५ करोड ७८ लाख ६० हजार रुपैयाँ छुट्याएको देखिन्छ ।

बलेफी हाइड्रोपावरले १००% हकप्रद अजेन्डा सहित डाक्यो वार्षिक साधारणसभा

0

बलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनिले दुई आर्थिक बर्षको साधारसभा यही बर्ष बोलाएको हो ।

कम्पनिले नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेगरी कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने भएको हो ।

सभाले १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय अनुमोदन गर्नेछ।

सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव, आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत तथा सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले आउँदो असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले हकप्रदका लागि योग्य हुन असोज ४ गतेसम्म सेयरधनीहरुमात्रै भईसक्नु पर्ने छ ।

कम्पनी सञ्चालक समितिको गत साउन २ गते बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० हकप्रद सेयर जारी गर्ने निर्णय गरेको भएतापनी यसरी उठ्ने पैसाले बैंकको कर्जा कम गर्न नपुग्ने भएकोले आकार बढाउनुपरेको कम्पनीले भनाइ रहेको छ।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बिजुली नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको भन्दै उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोलिले प्रधानमन्त्रीलाई भेटेपछी दाहालले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी यस्तो निर्देशन दिएका हुन्।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्नु नत्र विद्युत आपूर्ति बन्द गरिनेछ भन्दै विद्युत प्राधिकरणले उद्योगहरुलाई भदौ १७ गते सूचना जारी गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको आर्थिक संकटको समयमा उद्योग–व्यवसायहरु समस्यामा रहेकाले यसलाई जोगाउन बिशेष पहल गरिदिन आग्रह गरेका छन । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ’, अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन।’

कोभिड महामारीपछि उद्योग व्यवसाय सङ्कटग्रस्त रहेकोबेला उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायीलाई थप मार पर्ने र हतोत्सायी हुने महासंघको धारणा छ।

कांग्रेसको रुपान्तरण अभियानमा नयाँ नियम होटलमा नबस्ने, मदिरा सेवन नगर्ने

0

नेपाली कांग्रेस रूपान्तरण अभियानले आचारसंहिता घोषणा गरेको छ।

रूपान्तरण अभियानले दोस्रो चरणमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नुअघि आचारसंहिता बनाएका हुन्।

मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गर्दै रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित अभियान सुरू गरेको हो।

बिपीको जन्मजयन्तीका अवसर पारेर आइतबार ८ बुँदे आचारसंहितासमेत घोषणा गरिएको छ ।

अभियानका क्रममा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा होटलमा बस्न नपाइने र पार्टीका नेता, कार्यकर्ताकै घरमा बस्नुपर्ने नियम बनाइएको हो।

त्यस्तै तडकभडक र खर्चिलो यात्रा नगर्ने, माला र खादाको प्रयोग नगर्ने, तोकिएको समयमै कार्यक्रम सुरू गर्ने, विषयकेन्द्रित भएर भाषण गर्नुपर्ने र छोटकरीमा कुरा राख्नुपर्ने आचारसंहिता बनाइएको छ ।

निरंकुश राजतन्त्रका दलालहरूले नेतामाथि खुकुरी प्रहार गर्न थाले: प्रधानमन्त्री

0

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरेको बताएका छन्।

सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गत भदौ २० गते भृकुटीमण्डपमा श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेपछि ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, राजतन्त्र जीन्दावाद’ जस्ता नारा लगाएका थिए।

प्रधानमन्त्री दाहालले सन्देश सभामा भने, ‘हामी कमजोर देखिएपछि कसरी प्रतिक्रान्तिकारीहरूको मनोबल उठ्दो रहेछ? एक-दुई जना भए पनि गर्जन गरेर! अस्ती काठमाडौंमा तपाईंहरूले देख्नुभयो- खुकुरी हान्ने। निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्टहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य एउटा घटना मात्र होइन।’

‘केही समयपछि राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउनुछ,’ उनले भने, ‘ती प्रतिक्रान्तिकारी र दक्षिणपन्थी निरंकुशतावादी तथा सामान्ती र दलालको सातो जाने गरी जनताको तागत बढाउनुछ।’

परिवर्तनका सम्बाहकलाई अपमानित गर्ने काम भइरहेको उनले बताए। ‘हामीलाई अपमानित गर्न खोज्ने, घेरा हाल्न खोज्ने, जनताको त्यत्रो त्याग र बलिदानबाट ल्याएको परिवर्तनलाई अपमानित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने।

आफुहरु चुप लागेकोले = सामाजिक सञ्जालमा पनि हेर्नै नसकिने गरी भिडिओ तथा कुराहरू लेख्न थालिएको उनको भनाइ छ।

आज विराटनगरमा समाजवादी मोर्चाको सन्देश सभा

0

समाजवादी मोर्चाको अवधारणा र उद्देश्य प्रकाश पार्न आज उसले कोशी प्रदेशस्तरीय सन्देश सभा सभा गर्न लागेको छ ।

दिउँसो १ बजे विराटनगरमा सभा हुने छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन्।

सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाको यो अन्तिम सभा हो।

मोर्चाको नेतृत्व चार–चार महिनामा फेरबदल हुने छ भने आधारभूत तहसम्म संरचना विस्तार गर्ने उसको लक्ष्य छ।

यति, ओम्नी र मीनबहादुरको ओलीले बचाउ गरे

0

कपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गरेका छन्।

आइतबार पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित एक कार्यक्रममा उनले दलाल पुँजीवादीहरुले यिनिहरुलाई खेदेको बताए ।

‘यति होल्डिङ्सलाई उनीहरू खेद्छन् किनभने त्यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले आएर यहाँ हवाइजहाज पनि उडाएको छ। पर्यटन पनि चलाएको छ,’ ओलीले भने,‘ होटल पनि चलाएको छ। के पनि गरेको छ हेलिकप्टर पनि चलाएको छ। यसो गर्न पनि पाइन्छ। भारी बोकेर हिँड्नु पर्नेले यस्तो गर्ने भनेर उनीहरू खेद्छन्।’

उनले भने ‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी भन्छन्। यति यति भन्छन्, भाटभटेनी भाटभटेनी भन्छन्। मीनबहादुर मीनबहादुर। गुरूङको छोरो भारी बोकेर आएको गर्न खान दिनु हुँदैन भन्छन्,’ ओलीले भने,‘उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई छानी छानी लखेटेका छन्। विरूद्धमा कोही बोल्दा सांसद समातिन्छ, एउटा सचिव अधिकृत हुँदा हस्ताक्षर गरेका कारण विमानस्थलबाट समातिन्छ। यो दलाल पुँजीवादीहरुको तमासा हो।’

भाटभटेनीका सञ्चालक गुरूङ ललिता निवास प्रकरणमा प्रकाउ परेका थिए भने उनलाई आजै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

१००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय, उठेको रकमले बैंकको ऋण तिर्ने

0

खानीखोला हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको बैठकले १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ।

कम्पनिले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।

उक्त हकप्रदबाट उठेको रकमलाई बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्न लागिएको छ ।

अब विद्युत नियमन आयोगबाट सहमति लिईनेछ । त्यसपछी उक्त हकप्रद ल्याउने प्रस्ताब स्वीकृतिका लागि आगामी साधारणसभामा गरिनेछ ।