Home Blog Page 195

भुलुङ हाइड्रोपावरको आईपीओ आउने

0

भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउनका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

यस भुजुङ हाइड्रोपावर कम्पनिले आइपिओ ल्याउने निर्णय गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निस्काशनको अनुमतिका लागि निवेदन दिएको छ ।

यस कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने निर्णय गरेको छ। सेबोनले अनुमति दिएपछी यस कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ ।

यो कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।

हाथवे इन्भेस्टमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म झन्डै १० गुणाले ओभरसब्स्क्राइब्ड

0

हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

भदौ २१ गतेदेखि खुलेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन
अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

यस कम्पनिले बैदेशिक रोजगारमा रहेका नेपाली र सामुहिक लगानी कोषकालाई सेयर बाडफाड गरिसकेका छ ।

यसमा सर्बसाधारण लगानिकर्ताले २४ लाख २७ हजार ७५० कित्तामा आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार हिजो भदौ २४ गते साँझसम्म यो आईपीओमा १० लाख १० हजार ३४ आवेदकबाट कुल २ करोड ४१ लाख ९२ हजार ८४० कित्ता सेयरमा आबेदन परेको देखिन्छ ।यो मागभन्दा ९.९६ गुणाले बढी हो।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

ब्रोकर नम्बर ६२को प्रयोग गरी सुर्योदय वमीको मुल्यमा चलखेल, अन्तिम समयमा सर्किट लगाइयो

आजको भएको सेयर बजारमा एक कम्पनिको मुल्यमा चलखेल भएको देखिएको छ । आज मुल्यमा चलखेल भएको कम्पनिको नाम हो, सुर्योदय वोमी लघुबित्त बित्तिय सङ्स्था ।

यस कम्पनिको सेयर मुल्य कारोबारको अन्तिम ५ मिनटको समयमा सर्किट लगाइएको छ । अन्तिम ५ मिनटमा लगानिकर्ता त्यती सकृय हुँदैनन । त्यही मौकाको फाईदा खेलाडिले उठाउछन ।

आज दिनभर सामान्य जस्तै रहेको यस कम्पनिको सेयर मुल्य अन्तिम समयमा बढाएको देखिन्छ । एकाएक अन्तिम ५ मिनटमा ८ प्रतिसत भन्दा बढी बढाईएको छ भने त्यो भन्दा अघिल्लो ५ मिनटमा १.५ प्रतिसत बढाईएको छ । यसरी हेर्दा कारोबारको अन्तिम समय जुन बेला लगानीकर्ताको सहभागीता कम हुन्छ त्यही मौका छोपेर मुल्य १० प्रतिसत हाराहारी मुल्य बढाईएको छ ।

६०३ मुल्य रहेको अवस्थामा यस कम्पनीलाई ब्रोकर ६२, क्यापिटल म्याक्स सेकुरिटीजले १० कित्ता किन्छ मुल्य ६१५ राखेर, त्यसपछी सोही ब्रोकरले सोही मुल्यमा साना साना कित्तामा दुई कारोबार गरेको देखिन्छ । त्यसपछी अन्तिम १ मिनटको हाराहारिमा सोही ब्रोकर ६२ ले मुल्य बढाएर ६६० मा किनेको देखिन्छ । यसरी मुल्य बढाएर किन्दा १६ कित्ता किनिएको छ । अन्तिम १ मिनटमा ७ प्रतीसत भन्दा बढी बढाएर कारोबार हुँदा सो १६ कित्ता सेयर ब्रोकर नम्बर ३८ ,दिपशीखा धितोपत्र कारोबार कम्पनिले बेचेको छ ।

ब्रोकर नम्बर ३८ को आजकै कारोबार हेर्दा , अघिल्लो कारोबारहरुमा अरु ब्रोकरले कम मुल्यमा किनिरहदा ब्रोकर ३८ बाट उच्च मुल्य राखी किनेर बढाउने प्रयास भएको देखिन्छ । ब्रोकर ३८ ले १० कित्ता किनेर ६१५ बाट ६४९ मुल्य पुर्याएको थियो जबकी सोही समयको अर्को कारोबारमा अरु ब्रोकरबाट ६०० आसपास कारोबार भएको देखिन्छ ।

यसरी हेर्दा यि दुई ब्रोकर ( वा ब्रोकर मार्फत कारोबार गर्ने समुह ) मिलेको अनुमान लगाउन सकिन्छ ।

यसरी हेर्दा , आर्थिक कागजले यो कम्पनिको मुल्यमा खेलाडिले चलखेल गरेको आकलन गरेको छ । सामान्य अवस्थामा यस्तो हुदैन ।

अन्तिम समय जतिखेर लगानिकर्ता सकृय हुँदैनन त्यही मौकामा साना साना कित्ताको सहयोगमा १० प्रतिसत सम्म मुल्य बढाउनु प्राकृतिक देखिदैन ।

यसरी अन्तिम ५ मिनटको समय, जुन समयमा लगानिकर्ताको सहभागीता कम हुन्छ , त्यही समयको मौका पारेर सानो सानो कित्ता किनेर १० प्रतिसत मुल्य बढाउनु प्राकृतिक देखिदैन- चलखेल देखियो , साना लगानिकर्ता साबधान रहुन भन्ने उदेस्यले यो सामाग्री तयार पारीएको हो ।

यसरी चलखेलको सेयरमा परेर टोपी नलगाउनुस् भन्ने उदेस्यले प्रेरित भएर यो सामाग्री पाठक सामु प्रस्तुत गरिएको हो ।

हेर्नुस् सुर्योदय वोमिको आजको मुल्यको ५ मिनट टाइमफ्रेमको चार्ट

यस अघी पनि यसरी नै अन्तिम ५ मिनटमा अप्राकृतिक तरिकाले मुल्य बढाएर सर्किट लगाएपछी आर्थिक कागजले सामाग्री प्रस्तुत गरेको थियो । त्यसको भोलिपल्ट उक्त कम्पनी मुल्य धेरै घटेको थियो ।
यो हेर्नुस्

एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले आफुले १९९० कित्ता ५७९ मा किनेर अन्तिम ५ मिनटमा १० प्रतिसतभन्दा बढी बढाएर ६४७ पुर्यायो

८ अङ्कले बढ्यो नेप्से, सुर्योदय वोमी लघुबित्तको पोसिटिभ सर्किट

0

आज सेयर बजार ८.२४ अङ्कले बढेको छ । आज ०.४२ प्रतिसतले बढ्दै सेयर बजार १९४०.६९ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १४१ कम्पनिको मुल्य बढेको छ भने ७८ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सुर्योदय वोमी लघुबित्त, शुभम पावर, न्यादी हाइड्रोपावर, मेन्चियाम हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमाल दोलखा हाइड्रो, सिङ्गटी हाइड्रो, मनाकामना स्मार्ट लघुबित्त, कुमार ईक्विटी फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमाल दोलखा हाइड्रोपावर, माछापुछ्रे बैंक ,शिभम सिमेन्ट, आइएमई लाइफ इन्सुरेन्स, सोल्टी होटल लिमिटेड लगायतका कम्पनिहरु रहेका छन ।

सोमबार साढे ८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने निर्णय गरेको छ।

यो ९१ दिने ट्रेजरी बिल हो । राष्ट्र बैंकले असोज २३ गते परिपक्व हुने गरी ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखीनेछ र क्रमागत रुपमा बाडफाड हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

१८ प्रतिशत नगद लाभांश घोषणा गर्‍यो सानिमा इक्वीटी फण्डले

0

सानिमा इक्वीटी फण्डले इकाईधनीलाई १८ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । प्रतिफल नगद लाभांशका रुपमा दिनेछ ।

सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल योजना व्यवस्थापन रहेको सानिमा म्युचुअल फण्ड अन्तरर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित नाफाबाट क्यापिटलको सञ्चालक समितिको बैठकले नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ।

सानिमा क्यापिटलको २२ भदौमा बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल प्रस्ताव गरेको हो ।

उक्त योजनाले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिफल बाँड्ने लागेको हो ।

योजनाको इकाइधनी दर्ता किताब बन्द भएपनि सेयरधनी प्रतिफल वितरण हुनेछ ।

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ८ लाख बढीको हात खाली

0

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा बाडफाड गरिएको हो ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मुल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई र सामुहिक लगानी कोषलाई छुट्याएर र बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणलाई निस्कासन गरिएको थियो ।

क्यापिटलका अनुसार कुल १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ता सेयर माग भएकोमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ।

प्रमाणित कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको यस आइपिओमा भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आईपीओमा साढे ८ लाख बढीको हात खाली भएको छ। सदर आबेदक मध्ये भने यस आइपिओमा ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको देखिन्छ ।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनी तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।

कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गर्‍यो

0

कोशी प्रदेश सरकारले हाल बजेट शून्यको अवस्थामा आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की पुन: मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकको निर्णय अनुरुप आज अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाख २४ हजार रुपैयाँ नाफा

0

नेपाल रिपब्लिक मिडियाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। यही अवधिमा अघिल्लो वर्ष कम्पनी ४ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो।

कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्ष २ करोड ५८ लाख रुपैया रहेकोमा यस समीक्षा अवधिमामा १७७..०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ।

हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ ७.८ गुणा बढीले ओभरसब्सक्राइब्ड

0

हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ ७.८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यस कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कम्पनिले ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने भने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको अवस्था छ ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९२ हजार ५०० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

हाल सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्तामा आवेदन खुल्ला गरिएको छ ।

सीडीएससीका अनुसार आज भदौ २३ गते साँझ ५ बजेसम्म यो आईपीओमा ७ लाख ८५ हजार ८९० आवेदकबाट कुल १ करोड ९० लाख ४८ हजार ९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा आबेदन दिने अन्तिम मिती भदौ २५ गते ५ बजेसम्म रहनेछ हुनेछ।

यस कम्पनिको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।