Home Blog Page 196

सिनर्जी पावरको ४० लाख बढी कित्ताको हकप्रदमा आबेदन दिने मिती थपियो

0

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरमा आवेदन दिनका लागि समय थप गरिएको छ ।

कम्पनीले भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेकोमा सबैले हकप्रद भरुन भन्ने उदेस्यले आबेदन दिने समय थप गरिएको छ ।

आज सम्म अन्तिम मिती रहेकोमा सञ्चालक समितिले छुटका लागि भन्दै भदौ ३१ गतेसम्म म्याद थप गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर बिक्रीपछि सिनर्जी पावरको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरेको हुनाले गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

माण्डु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुदै

0

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।

माण्डु हाइड्रोपावरको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागेको हो।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा कम्पनीले अङ्कित मुल्य १००मा १०६ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आइपिओ जारी गरेको थियो ।

कम्पनिले १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणका लागि खुल्ला गरेको थियो।

सीडीएससीका अनुसार यो आईपीओमा अन्तिम दिन साँझसम्म ९ लाख ८० हजार ५३ आवेदकबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.८७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

जसमध्ये १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाउदा साढे ८ लाख बढीको हात खाली हुने देखिन्छ ।

सेयर ब्रोकरको कमिशन अब ०.३ प्रतिशत भन्दा बढी लिन नपाईने बनाइदै, छिट्टै लागु गर्ने तयारी

0

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ । त्यसका लागि आबस्यक प्रकृया सुरु गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छलफल गरेर सुझाब सङ्कलन गरेका थिए ।

यस अघी माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम रहेकोमा अब देखी माथिल्लो सीमालाई ०.३० प्रतिशत र तल्लो सीमालाई ०.२५ प्रतिशत कायम गर्ने भित्री तयारी रहेको बुझिएको छ ।

ब्रोकर कम्पनीहरुले आफ्नो कमिशन घटाउने भए धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीले लिने कमिशन घटाउने, ब्रोकर लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, तथा विभिन्न खालका एडभाइजरी सेवा सहजै दिनसक्ने व्यवस्था बोर्डले गरिदिएको खण्डमा प्रस्तावित कमिशत स्वीकार्न तयार देखिएका छन् ।

ब्रोकरले भने धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने हो भने, बोर्ड, नेप्से, सिडिएससीले लिने कमिशन पनि घटाउनु पर्ने सर्त राखेको छन ।
आफ्नो कमिसन घटाउने भए सबैले पाउने कमिशन घटाउनु पर्ने ब्रोकरहरुको माग रहेको छ ।

अहिले ब्रोकरको आम्दानीको स्रोत कमिशनमात्रै भएका कारण त्यसको विकल्प सबै ब्रोकरहरुले खोजिरहेको ती ब्रोकरको भनाइ छ ।

पछिल्लो केही समय सेयर कारोबार रकम बढ्दा सेयर लगानीकर्ताहरु ब्रोकर कमिशन बढी भयो । ब्रोकरहरु मात्र कमाएर मोटाए भनेर ब्रोकरलाई आरोप लागिरहेको छ । थोरै पुजिमा अत्याधिक कमाएको भन्दै ब्रोकर कमिसन घटाउनु पर्ने माग उठिरहेको थियो ।

तर ब्रोकरहरु भने आफु घाटामा रहेको बताईरहेका छन । कमिसनले मात्र हाल घाटामा रहेको भन्दै ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, अन्य विभिन्न खाले एडभाइजरी लगायत सेवा प्रदान गर्नका लागि बोर्डले आबस्यक सहयोग गर्नु पर्ने भन्दै ब्रोकरहरु धितोपत्र बोर्डसङ्ग कुरा राखिरहेका छन ।

तर लगानिकर्ता भने तल्लो सिमा ०.१० र माथिल्लो सिमा ०.२५ बनाउनु पर्ने माग गरिरहेका छन ।

सेबोन भने लगानिकर्ताको माग जस्ताको त्यस्तै पुरा गर्न तयारी छैन । बरु सेबोनले ब्रोकर कमिशनको माथिल्लो सिमा ०.३० प्रतिशत र तल्लो सिमालाई ०.२५ प्रतिशत कायम गर्ने तयारी गरेको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन रहेको छ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्ने राष्ट्र बैंकको निर्णय

0

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । केन्द्रिय बैंकले ६ वर्ष अवधिकाे “विकास ऋणपत्र २०८६ (झ)” नामकाे ऋणपत्र बिक्री गर्ने निर्णय गरेको हो ।

यसैगरी, उक्त ऋणपत्र जो सुकै नेपाली नागरिक तथा सङ्घ सस्थाले खरिद गर्न सक्ने ब्यबस्था मिलाईएको छ । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ ।

यस ऋणपत्रकाे ब्याजदर बोलकबोल मार्फत निर्धारण गरिनेछ । यसको बाेलकबाेल भदाै २४ गते आइतबार अपरान्ह ३ बजेसम्म हुने निर्णय गरिएको छ । यो ॠणपत्र २०८६ साल भदाै २५ गते पारीपक्व हुनेछ ।

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीले १५ प्रतिशत बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछन् ।

सानीमा बैंकले १७ प्रतिसत लाभांश बाड्ने तयारी , बित्तिय बिबरण राष्ट्र बैंकमा

0

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको लागि आबस्यक प्रकृया अगाडि बढाएको छ । यसक लागि बैंकले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।

बैंकले बिहीबार प्रारम्भिक स्वीकृतिको लागि विवरण पठाएकोमा अर्को हप्ता सम्म स्वीकृति पाउने सम्भावना रहेको छ ।

२ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। यसरी हेर्दा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत लाभांश रहेको देखिन्छ ।

राष्ट्र बैंकले परिक्षण गर्दा अन्य कुनै प्रोभिजन थप गर्नु पर्ने नदेखिएमा प्रस्तावित लाभांश वितरण राष्ट्र बैंकले स्वीकृति दिनेछ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकको वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएपछी बैंकको सञ्चालक समितिको बैठक बसी लाभांश क्षमता अनुसार लाभांश घोषणा गर्नेछ।

सन्चालक समितिले प्रस्ताब गरेको लाभांशमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिनेछ र त्यसपछी वार्षिक साधारण सभाबाट पारीत हुनेछ ।

राष्ट्र बैंकबाट विवरणको प्रारम्भिक स्वीकृति पछी पनि बैंकले लाभांश घटबढ गर्न सक्छ । बैंकले क्षमता अनुसारको लाभांश नदीई रिजर्भमा पैसा राख्न पनि पाउनेछन , यो कुरा बैंकका सन्चालकहरुको मूडमा भर पर्छ ।

चीनले आइफोनमा प्रतिबन्ध लाएको दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयर मुल्य

0

चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर बाहिरिएपछी दुईदिन निरन्तर अप्पलको सेयर मुल्य घटेको छ ।

पछिल्लो दुई दिनमा कम्पनीको सेयर मुल्य करिब ६ प्रतिशतले घटिसकेको छ ।

चीन एप्पलका लागि तेस्रो ठूलो बजार हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८ प्रतिशत थियो। एप्पलका अधिकांश उत्पादन पनि चीनमा उत्पादन हुन्छन्। सरकारी कर्मचारीमाथिको प्रतिबन्धपछी आईफोनको बिक्री चीनमा ५ प्रतिशत भन्दा बढीले घट्ने अनुमान गरिएको छ ।

दुई दिनअघि वाल स्ट्रिट जर्नलले आफ्नो एउटा रिपोर्टमा चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको थियो। तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ। ती उपकरण कार्यालयमा ल्याउन र चलाउनलाई रोक्दै त्यस्ता उपकरण नचलाउन निर्देसन दिएको छ ।

चिनियाँ सरकारले आफ्ना अधिकारीहरुलाई आफ्नै देशको उत्पादन प्रयोग गर्न भनेको छ। रिपोर्टका अनुसार चीनले एप्पलबाहेक कुनै पनि फोन निर्माताको नाम राखेको छैन। –एजेन्सी

स्थानीय तहको ६० प्रतिशत रकम आइतबारदेखि निक्षेपमा गणना गर्न मिल्ने

0

स्थानीय तहको रकमलाई आइतबारदेखि वाणिज्य बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिने गरी प्रकृया अगाडि बढाएको छ ।

गत बर्षसम्म कायम रहेको यो ब्यबस्था अर्थ मन्त्रालयले अधिक तरलता रहेको भन्दै असार मसान्तदेखि स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने व्यवस्थालाई निरन्तरता दिएको थिएन ।

गत आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो ।

असारमा बैंक वित्तीय संस्थामा अधिक तरलता भएको भन्दै रिभर्स रिपो जारी गर्नुपरेपछि अर्थ मन्त्रालयले असार मसान्तपछि स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्ने मिल्ने समय थप गरेको थिएन ।

अर्थ मन्त्रालयले सरकारी सञ्चित कोषको पैसालाई निक्षेप गणना गर्न दिए उक्त रकमलाई निक्षेप मानेर बैंकले ॠण लगानी गर्न पाउँछन् । र, बैंकलाई कर्जा-निक्षेप अनुपात मिलाउन पनि सहज हुनेछ ।

सरकारको पैसामा बैंकले ब्याज नदिने भएकाले बैंकहरुको आधार दर पनि कम हुन्छ ।

तर केही बैंकरहरुले भने विगतमा ८० प्रतिशत गणना गर्ने ब्यबस्था हटाएर अहिले २० प्रतिसत घटाएर ६० प्रतिशत बनाउदा खासै ठुलो असर नपर्ने तर्क गर्न थालेका छन ।

१४ लाख बढी कित्ता प्रभु बैंकको सेयर बिक्रीमा

0

प्रभु बैंकले १४ लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ।

हाल बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्ने गरी १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयर किन्न ३५ दिनको समय दिईएको छ । यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

यो सेयर खरिद गर्न आबेदक काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आबेदन दिनु पर्नेछ ।

गभर्नरको निधन भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाउलाई कारबाहीको तयारी, उजुरी दिँदै राष्ट्र बैंक

0

काठमाडौं । बिहीबार दिउँसो सामाजिक सञ्जालमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाध अधिकारीको सवारी दुर्घटनामा परि निधन भएको भन्ने झुठो र अपत्यारिलो अफबाह भाइरल बन्यो ।

‘सेयर बजारको मनोविज्ञानवेत्ता-बुलबहादुर’ नाम गरेको फेसबुक पेजबाट यस्तो अमानबिय र निन्दनिय पोस्ट बाहिरिएको थियो । एउटा सरकारी नम्बरप्लेट भएको गाडी पल्टिएको फोटो एकापट्टी र अर्को पट्टी गभरनर महाप्रसादको फोटो राखेर ईडिट गरेको फोटो सन्जालमा राख्दै उक्त अफबाह फैलाइएको थियो ।

र, उक्त पोस्टमा अधिकांशले हार्दिक श्रद्धान्जली भनेर लेखेका छन् भने केहीले यस्तो अफबाह नफैलाउन चेतावनीसमेत दिएका छन् ।

सेयर बजारका बारेमा बिभिन्न पोस्ट गर्दै आएको उक्त फेसबुक पेजमा ज्यूँदो मान्छेलाई दुर्घटनामा परी मरेको भनेर पोस्ट गरेर भाईरल भईसक्दा पनि यस्तो पोस्ट गर्ने ब्याक्ती उपर प्रहरिले हालसम्म केही कारबाही भएको छैन । र पोस्ट पनि डिलेट गरिएको छैन ।

उक्त पोस्ट र आफु मरेको खबर भाईरल भएको देख्दा आफु तिनछक्क परेको महाप्रसादले प्रतिकृया दिएका छन । साथै यसका बिरुद्द कानुनी उपचारमा जाने तयारी गरेका छन ।

राष्ट्र बैंकले पनि उक्त घटनाबारे अध्ययन गरिरहेको र छिट्टै साइबर ब्युरोमा उजुरी दिने गरी प्रकृया अगाडि बढाएको छ ।

ज्यूँदो मान्छेलाई जानिजानी मरेको भनेर दुसित मनसायले प्रचारप्रसार गर्नु अपराध भएको र कानुन अनुसार सामाजिक सञ्जालमा यस्तो पोस्ट गर्ने र श्रद्धाञ्जली भनेर कमेन्ट गर्ने दुबैलाई साइबर कानुन लाग्छ ।

सेयर बजारमा लगानी गर्ने कतिपय लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिले गर्दा सेयर बजार घटेको भनेर बुझेका छन । त्यसैले यि लगानिकर्ता र सेयर ॠण लिन कडाइ गरेपछी ति ठुला लगानिकर्ता गभरनर महाप्रसाद अधिकारी बिरुद्द आगो ओकलिरहेका छन ।

आलोचना वा विरोध गर्न पाईने भए पनि ज्यूँदो मान्छेलाई मर्यो भन्नु अमानबिय र अपराध ठहरिन्छ । त्यसैले, यस्ता कृयाकलाप गर्नेलाई समयमा कारबाहिको दाँयारामा ल्याउनु उचित देखिन्छ नत्र मनमा जे लाग्यो त्यही बोल्ने र समाजमा अराजकता मच्चाउन खोज्नेको मनोबल बढ्ने निस्चित छ ।

भोजपुरमा बन्दुक र बम सहित करोडौको रुद्राक्ष लुटपाट प्रयास , लुटपाट गर्न खोज्ने गिरोह फरार

0

भोजपुरको षडानन्द नगरपालिका-७ दनुवार गाउमा करोडौ पर्ने रुद्राक्ष लुटपाटको प्रयास भएको छ ।

हिजो राती लगभग ९ बजेको समयमा बन्दुक र बम बोकेर आएका अन्दाजी ७ जनाको नकावधारी समुहले बहुमुल्य २,३ मुखे र ज्वाला मुखदार फल्ने रुद्राक्षको वोट लुटपाटको प्रयास भएको हो ।

स्थानिय व्यावसायीहरु बुद्धसिं तामाङ् र प्रताप श्रेष्ठले ठेक्का लिएको रुद्राक्षको बोट घरेलु बन्दुक र बम सहित आएको समुहले लुटपाटको प्रयास गरेका थिए । उक्त समयमा बोट धनी धन वहादुर र उनकी श्रीमती जमुना मगर खाना पकाईरहेको बताईएको छ । उक्त समयमा आएर घरधनी नियन्त्रणमा लिन खोज्दा घरधनी चिच्याउदा होहल्ला भएपछी रुद्राक्ष रुङ्न भनेर बसेका ब्याक्ती आएर प्रतिकार गरेका थिए , प्रतिकार गर्दा लुटपाट गर्न आएका ब्याक्तीहरुले बन्दुक पट्काउन खोजेका थिए , तर समयमा बन्दुक नपड्केपछी उनिहरु त्यहाबाट भागेका थिए ।

घट्नास्थल देखि १ सय ५० मिटर पर एउटा मोवाईल र २ वटा सिम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेरा को हुन भन्ने बारे पत्ता लगाइ सकेको छैन , तर अनुसन्धालाई तिब्रता दिएको छ ।

लुट्ने प्रयास भएको वोट अधिकांस दाना २,३ मुखे र ज्वामुखदार फल्ने विशेष रुद्राक्ष भएको वताईएको छ ।

केही बर्ष अघी पनि दिङलामै १ करोड भन्दा बढी पर्ने रुद्राक्ष बोट यसरी नै बन्दुक सहीत आएको टोलिले लुटपाट गरेको थियो , उक्त बोटमा लुटपाट गर्नेलाई अहिले सम्म पहिचान गरी कारबाही गर्ने काम हुन सकेको छैन ।