Home Blog Page 50

रिलायन्स फाइनान्सले लाभांश नदिने

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले आज बजारबाट आज ३० अर्ब तान्ने

0

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २१ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि योग्य जुनसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनुपर्ने छ ।

लगानीकर्ताले आगामी वैशाख १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

गोदावरी स्टिलले आईपीओ जारी गर्ने

गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, मूल्य निर्धारण तथा प्राप्त रकमको उपयोग बारे निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारि गरिनेछ ।

सभामा गत आवका वित्तीय विवरणहरु पारित गरिनुका साथै ३ जना संस्थापक सेयरधनीहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

कुमारी बैंकको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

वैशाख ८ गतेदेखि ट्रेड टावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले कुल जारी पूँजीको १० प्रतिशत हिस्सा अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत २५ गते रु १०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो। पहिलो चरणमा यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी ल्याइएको हो।

सेयर निष्कासन बन्द हुने मिति वैशाख २२ गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सबै ASBA सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले जानकारी गराए अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारण समूहमा थप गरी दोस्रो चरणमा निष्कासन गरिनेछ।

आईपीओका लागि इक्रा नेपालले कम्पनीलाई ‘ICRANP Issuer Rating BB–’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष तोकिएको छ।

सेयर बाँडफाँड भइसकेपछि ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउने तयारी गरेको छ।

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगले सरकारलाई दियो १३ बुँदे सुझाव

पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत पूँजीबजारको व्यापक सुधार तथा यो क्षेत्रप्रतिको बढ्दो जनविश्वासलाई कायम राखिराख्न १३ बुँदे सुझाव सरकारलाई दिएको छ ।

आयोगले अर्थमन्त्री विष्णु पौडेललाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उल्लेख गरिएका पूँजीबजार सुधारका लागि गर्नुपर्ने प्रमुख १३ वटा काम निम्न छन् :

पूँजीबजार सम्बन्धी जनचेतना जगाई पूँजीबजारबाट बित्तीय साधन परिचालन गरेर लगानी प्रवद्र्धन गर्नुपर्ने

-सरकारी ऋणपत्रको दोश्रो बजार कारोबार हुने व्यवस्था तुरुन्त सुरु गर्नुपर्ने

-दोश्रो बजारमा गैरआवासीय नेपालीलाई कारोबार  गर्न अनुमति दिने । यसको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी गैरआवासीय नेपालीको हकमा पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्ने । लगानीकर्ताले दोश्रो बजारमा सेयर खरीद गर्न भित्र्याएको रकमको एक वर्षमा दुईपटक पचास प्रतिशतसम्म रकम मात्र फिर्ता लानसक्ने व्यवस्था गर्ने

-धितोपत्र ऐन, २०६३ मा संसोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था, नेपाल उद्योग वाणिज्य संघ र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रतिनिधित्व हटाउनुपर्ने । हाल एकजना मात्र विज्ञ राख्ने व्यवस्था रहेकोमा दुईजना राख्ने व्यवस्था गर्ने ।

-धितोपत्र कारोबारका लागि धितोपत्र व्यवसायीमार्फत मार्जिन  कर्जा उपलब्ध हुने  व्यवस्था गर्ने ।  

-पूँजीबजारको विस्तारसँगै नियमन र  सुपरीवेक्षणलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डमा पर्याप्त जनशक्तिको व्यवस्थासहित कार्यक्षमता अभिवृद्धिको लागि स्वयात्तता प्रदान गर्ने ।  

-जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निश्कासन गर्न पाउने व्यवस्था गर्ने ।

-सरकारी वित्तमा चाप परेको स्थिति र पूँजीबजारप्रति बढ्दो जनचासोसँगै इच्छुक लगानीकर्ताहरु रहेको सन्दर्भमा सरकारी संस्थानहरुलाई पब्लिक लिमीटेड कम्पनीमा परिवर्तन गरी निजी क्षेत्रलाई सेयर बिक्री गर्नुपर्ने । यस्तो सरकारी संस्थानमा सरकारले ऋण लगानी गर्नुको सट्टा ऋणपत्र जारी गरेर लगानीको लागि वित्तीय साधन परिचालन गर्ने व्यवस्था गर्ने

-ठूलो स्तरको सेयर कारोबारमा लाग्ने कारोबार शुल्क काम गर्ने । 

-नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना गरी यसको पूँजीवृद्धि गर्नुको साथै निजी क्षेत्रलाई सेयर सहभागित गराउनुपर्दछ । सिडिएस एण्ड क्लियरिंग लिमीटेडको पनि पुनरसंरचना गरी नेपाल स्टक एक्सचेञ्जका अतिरिक्त अन्य संस्थालाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा दिने व्यवस्था गर्ने ।  

-वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउने । यसको लागि पब्लिक वेयरहाउजिंग ऐन जारी गर्ने ।  

-निजी क्षेत्रका उत्पादनमूलक कम्पनीबाट पूँजीबजारबाट पूँजी परिचालन गर्न सहज बनाउन सेयर तथा बण्ड जारी गर्ने लागत घटाउनुपर्ने र प्रक्रिया सरलीकृत गर्नुपर्ने ।  

-प्रिमियम र बुक बिल्डिंग प्रक्रियाबाट सेयर निश्कासनका लागि पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनुपर्ने ।

यूनिटक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

यूनिटक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ। सोही उद्देश्यसहित कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ।

चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११:३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित कम्पनीको आर्थिक तथा कार्ययोजना सम्बन्धी विशेष प्रस्तावहरू पारित गरिनेछ।

त्यसैगरी, सभामा गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायत नियमित प्रस्तावहरूसमेत छलफल गरी पारित गरिनेछ।

कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने जनाएको छ।

यूनिटक हाइड्रोपावरले आईपीओ निष्कासनमार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने तयारी थालेसँगै जलविद्युत् क्षेत्रमा थप एक कम्पनीले शेयर बजारमा प्रवेश गर्न लागेको छ। आगामी साधारण सभाले प्रस्ताव पारित गरेपछि नियामक निकायहरूबाट स्वीकृति लिएर आईपीओ प्रक्रिया अगाडि बढाइनेछ।

लगानीकर्ताहरूका लागि नयाँ अवसरको रूपमा हेरिएको यस आईपीओले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा, वैशाख १३ भित्र आवेदन दिन सकिने

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको १५ लाख ७४ हजार २५१ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो। तर, तोकिएको समयमा कुनै आवेदन नपरेपछि अब आम सर्वसाधारण तथा कम्पनीहरूले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

अब इच्छुक व्यक्ति तथा संस्थागत लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र, अर्थात् वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले बिक्रीमा ल्याएको संस्थापक सेयर खुल्ला प्रतिस्पर्धाका आधारमा बिक्री गरिनेछ। यसअघि संस्थापक सेयर सीमित समूहमाझ मात्र खरिदबिक्री हुने गरिरहेकामा हाल सार्वजनिक रूपमा सबैका लागि खुला गरिनुले लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

यो सेयर खरिद प्रक्रिया सफल भएमा कम्पनीको स्वामित्व संरचना र सेयरको तरलता दुवैमा प्रभाव पर्ने अनुमान गरिएको छ।

आवेदन दिने प्रक्रिया:

  • इच्छुक व्यक्तिहरूले कम्पनीले तोकेको माध्यमबाट आवेदन दिनुपर्नेछ।
  • आवेदन दिने बेलामा आवश्यक कागजात, पहिचान प्रमाणपत्र र तोकिएको आवेदन शुल्क बुझाउनु पर्नेछ।
  • सेयरको मूल्य, न्यूनतम आवेदन संख्या लगायत विवरण कम्पनीले चाँडै सार्वजनिक गर्नेछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो, जसको सेयर बजारमा समेत उल्लेखनीय उपस्थिति रहेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।