Home Blog Page 49

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गदैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित वैशाख २९ गते सोमबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्दैछ ।

यस्तै स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वैशाख १९ गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने ८ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

एपेक्स हस्पिट्यालिटीले प्रिमियम मूल्यमा १४.७५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

एपेक्स हस्पिट्यालिटी लिमिटेडले १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता मूल्य रु १०० मा ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १३५ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीकहा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।

कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चैत ३ गते अनुमति पाईसकेको छ ।

कम्पनीले अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ ।

नाडेप लघुवित्तले यस वर्ष सेयरधनीलाई लाभांश नदिने, सेयरधनीहरुको हात खाली हुने

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूका लागि यस आर्थिक वर्ष निराशाजनक बन्न गएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ।

संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सो बैठकले आव २०८०/८१ को वित्तीय विवरण—जसमा वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समावेश छन्—स्वीकृत गरी वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ।

लाभांश नपाउने निर्णयसँगै सेयरधनीहरूको आशामा पानी फेरिएको छ। विगतका वर्षहरूमा लाभांश वितरण गर्दै आएको नाडेपले यस पटक भने वितरित नगर्ने निर्णय गर्नुको कारण भने अझै स्पष्ट गरिएको छैन।

संस्थाले आगामी साधारण सभामा आर्थिक अवस्था, भावी योजना र रणनीतिबारे विस्तृत जानकारी दिने बताइएको छ।

बीमा कम्पनीको प्रवर्द्धनमा पहिलोपटक सामूहिक लगानी योजना – “रिलायबल समृद्धि योजना” आजदेखि बिक्री खुला

काठमाडौं, वैशाख ३ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धनमा सञ्चालित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आजदेखि “रिलायबल समृद्धि योजना” सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

यो नेपालमै बीमा कम्पनीको कोष प्रवर्द्धनमा आएको पहिलो सामूहिक लगानी योजना हो, जुन १० वर्ष अवधिको बन्दमुखी प्रकारको म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।

कुल १ अर्ब बराबरको १० करोड इकाईमध्ये ८५ लाख सर्वसाधारणलाई

यो योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ।

  • यसमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरिएको छ।
  • १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित गरिएको छ।
  • बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन गर्न सकिने

सार्वजनिक निष्काशनमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० इकाई (रु १,०००) र अधिकतम १ करोड इकाई (रु १० करोड) सम्म आवेदन दिन सक्नेछन्। प्रत्येक इकाईको मूल्य रु १० तोकिएको छ।

वैशाख ७ सम्म आवेदन खुला, पूर्ण आवेदन नभए वैशाख १७ सम्म

सार्वजनिक निष्काशन वैशाख ७ गतेसम्म खुला हुनेछ। तर तोकिएको समयभित्र सम्पूर्ण इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म अवधि विस्तार गरिनेछ।

सहज आवेदन प्रक्रिया

यो योजनामा लगानी गर्न चाहनेले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू, वा ‘मेरो शेयर’ पोर्टलमार्फत अनलाइनबाट पनि सजिलै आवेदन दिन सक्नेछन्।

निष्काशन तथा बिक्री प्रबन्धक

यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड कार्यरत रहेको छ।

रेटिङ्ग र प्रतिफल

CARE Ratings Nepal ले कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई CARE NP BBB+ (Triple B Plus) र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई CARE NP AMC Quality 4+ को रेटिङ्ग प्रदान गरेको छ।

कम्पनीका अनुसार यो योजनाबाट १७.७३ प्रतिशतको औसत वार्षिक प्रतिफल प्राप्त हुने प्रक्षेपण गरिएको छ। बीमा कम्पनीको प्रवर्द्धनमा आधारित पहिलो म्युचुअल फण्ड भएकाले लगानीकर्ताहरूका लागि यो योजना विशेष आकर्षक हुने विश्वास गरिएको छ।

स्वरोजगार लघुवित्तको १६औं वार्षिक साधारण सभा वैशाख २९ गते, बोनस सेयर र गाभ्ने प्रस्ताव अनुमोदनको तयारी

काठमाडौं, वैशाख ४ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २९ गते १६औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो।

संस्थाले सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११:३० बजे आयोजना गर्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।

यस वर्षको साधारण सभामा १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। सो प्रस्ताव पारित भएपछि सेयरधनीहरूले बोनस र नगद लाभांश प्राप्त गर्नेछन्।

त्यस्तै, सभा मार्फत संस्थालाई अन्य एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

संस्थाले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

स्रोतका अनुसार, सभा संस्थाको आगामी रणनीतिक निर्णयका दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

रास्ट्र बैंकले आज बजारबाट ३० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।


राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २४ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । सेयर खरिदका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख २५ हजार कित्ताका लागि दिनु पर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।

संस्थापक सेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक सेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता साधारण सेयर (आईपीओ) जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयवासीहरूका लागि छुट्याएको थियो। त्यस्तै, जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता विदेशमा रोजगारीमा रहेका श्रमिक नेपालीहरूका लागि फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरिएको थियो।

कम्पनीले नियमानुसार ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको सेयर भने सर्वसाधारणका लागि जारी गरिएको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘आस्बा’ सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनले तोकेको शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

थप जानकारीका लागि:

📅 आवेदनको अन्तिम म्याद: आज, वैशाख ३
🌐 आवेदन माध्यम: मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्था
📊 सेयरको मूल्य: प्रति कित्ता रु. १००

– अन्तिम अवसर नछुटाउनुहोस्!