Home Blog Page 48

कामना सेवा विकास बैंकको ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ ।

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ११ हजार ७४१ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने छ । प्राप्त बोलपत्रहरुमध्ये अधिकतम मूल्यमा आवेदन दिनेलाई सेयर बाँडफाँड गरिने जनाइएको छ ।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन दिँदा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

आज दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने अन्तिम दिन

0

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन आज (आइतबार) अन्तिम अवसर रहेको छ। कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म पहिलो चरणमा हकप्रद सेयर निष्कासन गरे पनि केही सेयरधनीहरूले हक प्रयोग नगरेकाले वैशाख १२ गतेदेखि फेरि आवेदन खुला गरिएको हो।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गते बुक क्लोज गरेको थियो। त्यसैले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरूले सानिमा बैंकका प्रमुख शाखा कार्यालयहरू — विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, लमजुङ — साथै सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको “मेरो सेयर” प्रणालीमार्फत अनलाइनबाट पनि सहजै आवेदन दिन सकिन्छ।

दोर्दी खोलाले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु. १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

नेपाल वेयरहाउजिङले साधारण सभा बोलायो

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो।

सभाको आयोजना आगामी जेठ ८ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटररमा अपरान्ह २ बजेबाट हुनेछ। सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गरिनेछ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनेछ। साथै सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गरी पारित गरिनेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, वैशाख २७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्।

कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको अधिनमा रहि अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

एक साताभित्र नयाँ गभर्नर नियुक्त हुने संकेत, विष्णु रिजालको दाबी

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट युवा नेता विष्णु रिजालले नेपाल राष्ट्र बैंकको गभर्नर अबको एक साताभित्र नियुक्त हुने दाबी गरेका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै रिजालले दुवै नेताबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको संकेत गरेका हुन्।

“आशा गरौं, प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति एक सातामै हुनेछ,” रिजालले आफ्नो फेसबुक स्टाटसमार्फत लेखेका छन्।

यसै सन्दर्भमा, नेता रिजालले सरकार परिवर्तनको हल्ला चलाउनेहरूको खेतिपाती बन्द भइसकेको दाबी समेत गरेका छन्। उनले राजनीतिक स्थिरताप्रति सकारात्मक संकेत गर्दै हालको सत्ता संयन्त्र बलियो रहेको बताएका छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली भएपछि नयाँ नियुक्तिको प्रक्रिया राजनीतिक तहमा छलफल हुँदै आएको छ। रिजालको यो अभिव्यक्तिले गभर्नर नियुक्ति प्रक्रिया छिट्टै टुंगिने अपेक्षा बढाएको छ।

नेप्सेमा यी दुइ दुईवटा कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात स्वरोजगार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ८४६.०३ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँ कायम थियो ।

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० प्रस्ताव गरेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७३६.०३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२२.८६ रुपैयाँ थियो । स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०।२३६२ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल ५।२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, डाक्यो साधारणासभा

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने (आईपीओ) प्रस्ताव पारित गर्न आगामी जेठ १ गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

सभा बुटवलको महाराजा रिसार्टमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ।

सभामा आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पेश गरिनेछ। साथै, यदि नियामक निकायबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा, त्यस बमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरूलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभामा कम्पनीका अध्यक्षले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्, जसमा वासलात, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू समावेश हुनेछन्। यी विवरणहरूमा छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले शेयर निष्कासनको तयारी गर्दै गर्दा बजारको ध्यान आकर्षित गरिरहेको छ।

राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिकिँदै

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ को प्रयोग गर्दै यो रकम २१ दिनका लागि झिक्न लागेको हो।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही निरन्तरतामा आज मध्यान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने जानकारी दिइएको छ।

बोलकबोल प्रक्रियामा इच्छुक क, ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। सहभागिताका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको आवेदन दिन सकिनेछ। बिड गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्नुपर्नेछ।

यस निक्षेप संकलनको साँवा तथा ब्याज वैशाख ३१ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकले पछिल्लो समय बजारमा रहेका तरलता व्यवस्थापनका उपायस्वरूप नियमित रूपमा निक्षेप संकलन गर्दै आएको छ, जसले बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुनको मूल्य तोलामै ७ हजार बढिले घट्यो

0

नेपाली बजारमा आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन ६ हजार ९ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।