कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा २९.२४ प्रतिशतले घट्यो

spot_imgspot_imgspot_img

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९.२४ प्रतिशतले कम नाफा आर्जन गरेको छ।

कम्पनीले चालु त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ५.१३ प्रतिशतले घटेर २ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो आम्दानी २ करोड ८८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा प्रशासनिक खर्च ४९ लाख ६७ हजार र वित्त खर्च २५ लाख ७३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा १५ लाख ७३ हजार रुपैयाँको अन्य आम्दानी गरेको कम्पनीले यस वर्ष त्यो घटेर केवल ४ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको हालको चुक्ता पुँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोष ५ करोड ८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यो कोष ७ करोड ४० लाख रुपैयाँ थियो।

दीर्घकालीन कर्जा ३ करोड ४० लाख, कुल चालु सम्पत्ति १ करोड ३२ लाख र चालु दायित्व ५ लाख ३ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय सूचकहरू यसप्रकार छन्:

  • प्रतिसेयर आम्दानी (EPS): १०.०५ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: १३७.९७ रुपैयाँ
  • प्रतिसेयर सम्पत्ति मूल्य: १६३.७० रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (P/E Ratio): २१७.८९ गुणा

कमजोर आम्दानी र अन्य आम्दानीमा आएको तीव्र गिरावटका कारण कम्पनीको लाभांश क्षमतामा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here