Home Blog Page 215

३१ अङ्कले घट्यो सेयर बजार , हिमालयन डिस्टिलरीका लगानिकर्ताले सर्बाधिक गुमाए

0

सेयर बजार आज ३१.८० अङ्कले घटेको छ । आज १.५३ प्रतिसतले घट्दै सेयर बजार २०४५.४४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २० कम्पनिको मुल्य बढेको छ भने २०१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज २ अर्ब १५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा ईमर्जिङ नेपाल ,नेपाल बैंक डिबेन्क्चर २०८७ , सिकल्स हाइड्रोपावर , एनआइबिएल ग्रोथ फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा हिमालयन डिस्टिलरी , थ्री स्टार हाइड्रोपावर , मोलुङ हाइड्रोपावर , इन्फिनिनिटी लघुबित्त , बुद्ध भुमी नेपाल हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमालयन डिस्टिलरी , सोल्टी होटल ,शिभम सिमेन्ट , आइएमई लाइफ इन्सुरेन्स , एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३६ प्रतिसतले घट्यो ,अन्य सुचक कस्तो ?

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ ।

कम्पनिले १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो।
समिक्षा अबधिमा कम्पनिले १० करोड ५० लाख रुपैयाँमात्रै नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको मुनाफा ३६.९६ प्रतिशतले घटेको हो।

समिक्षा अबधिमा कम्पनिको व्यवस्थापन खर्च ५०.५४ प्रतिशतले घटेको छ भने अभिकर्ता कमिसन ५७.२५ प्रतिशतले घटेर २८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४०.२९ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै जगेडा कोषको आकार ७.०१ प्रतिशतले बढेर ७४ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.१८ रुपैयाँले घटेर २.२४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेवटर्थ ११९.० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.७३ रुपैयाँ रहेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र प्रिमियम कलेक्सन दुबै घट्यो

0

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म ३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ कम्पनीले . कमाएको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४६.६६ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय २६.९५ प्रतिशतले घटेसँगै नाफामा संकुचन आएको हो। यो अवधिसम्म कम्पनीले ८७ करोड ८३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

कम्पनिले समिक्षा अबधिमा १ अर्ब १४ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेको छ।

कम्पनीले बीमा कोषको आकार भने १४.२१ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ भएको छ।

जगेडा कोषको आकारसमेत २६.१२ प्रतिशतले बढेर कोषमा ८९ करोड ५६ लाख रुपैयाँ सञ्चिति रहेको छ।

बीमा कोष र जगेडा कोषको आकार वृद्धि हुँदा महाविपत्ति कोषको आकार भने ९.५४ प्रतिशतले घटेर १३ करोड ८० लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८४ रुपैयाँ कायम भएको छ।

यसका साथै कम्पनीको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) ४१.३१ गुणा, प्रतिसेयर नेटवर्थ २२५.९१ रुपैयाँ रहेको देखिन्छ ।

स्थानीयले मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

0

आज साउन ३० गते स्थानीयका लागि जारी मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन रहेको छ।

विदेशमा रहेका नेपाली श्रमिकका लागि मिड सोलु हाइड्रोपावरको आईपीओमा गत साउन २८ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्थानीयलाई भने आवेदन दिने म्याद थप गरी साउन ३० गतेसम्म दिन पाइने व्यवस्था गरिएको छ।

यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयका लागि जारी गरेको छ।

कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गरेको छ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ।

स्थानीयले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

ब्याजदर र कर्जा प्रवाह बढेर एचआईडिसीएलको नाफा बढ्यो

0

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५२ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट आम्दानी १६८.२५ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४०.६० प्रतिशत बढेको छ। कम्पनिको लाभाम्स आम्दानी भने घटेको देखिन्छ ।

कम्पनीले गत असार मसान्तसम्ममा जलविद्युत परियोजनाहरुमा ९ अर्ब २८ करोड ऋण प्रवाह गरेको देखिन्छ । निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजना तथा कम्पनीहरुमा कम्पनीले ३ अर्ब २३ करोड स्वपूँजी लगानी गरेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.२७ गुणा रहेको छ।

यस कम्पनीको जगेडा कोषमा १ अर्ब ९१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

चन्द्रागिरी हिल्सको खुद नाफा ७९६ प्रतिसतले बढ्यो,कुल आम्दानी ७९ करोड

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

समिक्षा अबधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। यस अबधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ।

यस कम्पनीको जगेडा कोष २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको देखिन्छ ।

शिखर इन्स्योरेन्सको खुद नाफा ४० करोड ३१ लाख ,खुद बीमाशुल्क पनि बढ्यो

0

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्राप्त विवरण अनुसार इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क र खुद नाफा दुबै बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १५ पैसा बढेर १५ रुपैयाँ १९ पैसा पुगेको छ।

इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ।

यस इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

शिभम सिमेन्टको खुद नाफा ५६ प्रतिशत घट्यो ,आम्दानी पनि नमज्जाले घट्यो

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

शिभम सिमेन्टको आम्दानी र खुद नाफा दुबै लगानिकर्ताको अपेक्षा बिपरित धेरै घटेको देखिन्छ ।

समिक्षा अबधिमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ तर यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशत कम हो।

कम्पनिको खुद नाफा लगानिकर्ताको अपेक्षा बिपरित घटेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ कायम भएको देखिन्छ ।

समिक्षा अबधिमा प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ।

यस अबधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ।

कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

सिटी होटलको खुद नाफा २७ करोड ऋणात्मक-कारण के ,अन्य सुचक कस्ता ?

सिटि होटल लिमिटेड (CITY) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चालन नाफा ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो

कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको कुल खर्च र वित्तीय खर्च धेरै नै ब्रिद्धी भएका कारण खुद नाफा ऋणात्मक भएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत ब्रिद्धी भएको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत ब्रिद्धी भएको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ।

निर्धन उत्थान लघुवित्तको खुद नाफा ९९ प्रतिसतले घट्यो- प्रतिशेयर आम्दानी ४ पैसा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ करोड ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब हाराहारी गरेको देखिन्छ । यो अघिल्लो बर्षको तुलनामा ५.२१ प्रतिशत घटी हो । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २ अर्ब १४ करोड गरेको देखिछ । यो भनेको अघिल्लो बर्षको तुलनामा १०.६६ प्रतिशत घटी हो ।

सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८८ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ९.८७ प्रतिशत रहेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २४ करोडबाट बढेर ८१ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १३ पैसा घटेर ४ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १९ हजार ३८०.६८ गुणा रहेको छ।

यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा लघुवित्तले २३ अर्ब ६ करोड १५ लाख निक्षेप तथा सापटीबाट २४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।