Home Blog Page 202

आइपिओ निष्कासन बन्द भएको ३ दिनभित्र सूचीकरण गर्नुपर्ने नयाँ नियम, भारतमा आजबाट लागू

0

आज सेप्टेम्बर १ देखि भारतीय सेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको सेयर सूचीकरण गर्नुपर्ने नयाँ नियम लागू गरेको छ।

यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र सेयर सूचीकरण गर्नु पर्ने नियम रहेकोमा अब ३ दिनमा सुचिकरण गर्नुपर्ने नयाँ नियम लागू गरिएको हो।

सेबीले यस सम्बन्धमा पहिले जारी गरेको अधिसूचनामा भनेको थियो कि सेप्टेम्बर १ पछि आउने सबै आईपीओका लागि सूचीकरण समयको नयाँ नियम स्वेच्छिक रूपमा लागू हुनेछन्। यसका साथै डिसेम्बर १ देखि कम्पनीहरुले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ।

सेबीको गत जुन २८ मा बसेको बैठकमा आईपीओमा यो नियमलाई अनुमोदन गरेको थियो। –एजेन्सी

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७ लाख ६८ हजार भाग्यमानी आवेदकले पाए सेयर

0

आज शुक्रबार (भदौ १५ गते) सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरिएको छ।

आइपीओ बाडफाड बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउदा ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

यस कम्पनीको आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो।

आइपिओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट ,सीडीएससीको iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ।

प्रिमियममा सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणलाई खुला

0

आजबाट सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये सर्बसाधारणको लागि १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनिले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरु र सामूहिक लगानी कोषहरुका लागि निष्काशन तथा बाँडफाँट यसअघी नै सकेको छ ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन खुल्ने भएको हो।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

भाद्र १५ गतेदेखि भाद्र १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

ब्याजदर ११८ प्रतिसत हुँदा पनि सेयर बजारको चमत्कार, ब्याजदर ३७ बाट ११८ प्रतिसत पुग्दा ३५३ प्रतिसतले बढ्यो अर्जेन्टिनाको सेयर बजार

0

अर्जेन्टिनाको सेयर बजारमा एउटा अनौठो घटना भएको पाइएको छ । यो देखेर अर्थसास्त्री र सेयर बजारका जानकार समेत अचम्मित भएका छन । सेयर बजारमा सामान्य नियम के हो भने ब्याजदर बढ्दा सेयर घट्छ र ब्याजदर घट्दा सेयर बजार बढ्छ ।

तपाईं हामीले बुझ्दै आएको र देख्दै आएको पनि यस्तै हो । तर ब्याजदर जती बढ्यो त्यती नै सेयर बजार बड्छ भन्दा तपाईं पत्याउनु हुन्छ ? अह ! पत्याउनु हुन्न । तर अर्जेन्टिनामा यस्तै नपत्याउने घटना भएको छ । त्यहा जसरी ब्याजदर बढ्यो, त्यसरी नै सेयर बजार पनि उकालो लागेको पाईएको छ ।

यो देखेर सेयर बजारका जानकार र अर्थशास्त्री समेत हैरान भएका छन ।

अर्जेन्टिनामा अहिले ब्याजदर ११८ प्रतिसत रहेको छ । यो अङ्क हेर्दा तपाईंलाई लाग्ला कि सेयर बजारको हालत अत्यन्तै खराब होला , तर होइन , तपाईंलाई अर्जेन्टिनाको सेयर बजारले गलत साबित गरिदिन्छ । यो देशमा जती ब्याज बढ्यो, त्यसरी नै सेयर बजार बढेको देखिन्छ ।

सन २०२२ सेप्टेम्बर ७ मा १ लाख सट्चालिस हजार छ सय ७ (१,४७,६०७) को बिन्दुमा रहेको सेयर बजार अहिले ६ लाख अठसठठी हजार नौ सय चउन्न (६,६८,९५४) को बिन्दुमा रहेको छ । यो लगभग ३५३ प्रतिसतको बढोत्तरी हो ।

ब्याजदरको कुरा गर्दा, सन २०२० मा २० प्रतिसत हाराहारी रहेको ब्याजदर सन २०२२ मा ३७ प्रतिसत हाराहारी रहेको थियो त्यसपछी ब्याजदर निरन्तर बढ्दै हाल ११८ प्रतिसत हाराहारी देखिन्छ । त्यसरी निरन्तर ब्याजदर बढ्दा सेयर बजार पनि उस्तै गतिमा बढेको अनौठो वास्तविकताले सबैलाई अचम्मित बनाएको छ ।

बेदेशी हेज फण्डले सस्तो मुल्यमा अर्जेन्टिनाको ईक्विटी किनेकाले त्यहाको सेयर बजार बढेको अनुमान गरिएको छ ।

यो हेर्नुस्

अर्जेन्टिनाको ब्याजदरको बढाइ चित्रमा हेर्नुस् (Deposit interest rate )

त्यही समयमा अर्जेन्टिनाको सेयर बजार उकालो लागेको पनि चित्रमा हेर्नुस्

यो सामाग्री तयार पार्दा ट्रेडिङ ईकोनोमिक्सको सहयोग लिईएको छ ।

सेयर बजारमा एनआरएनलाई ५०० डलरसम्म लगानी खुला गर्न सिफारिस, अब डलर खातामै डिम्याट

0

नेपाल धितोपत्र बोर्डले एनआरएनलाई दोस्रो बजारमा ल्याउनका लागि अध्ययन गर्न गठन गरेको समितिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गर्दै गैरआवासीय नेपाली(एनआरएन)लाई सेयर बजारमा न्यूनतम ५ सय डलरसम्म लगानी खुला गर्न सुझाव दिएको छ ।

हाल कायम रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीकर्ताले लगानीका लागि न्यूनतम २ लाख डलर अनिबार्य ल्याउनु ओअर्ने नियम छ । ऐनमा एनआरएनको परिभाषा र एनआरएनको लगानीबारे स्पष्ट नभएकाले त्यसलाई संशोधन सिफारिस गरेको छ ।

यसैगरी, डिम्याट खाता तथा केवाइसी फारम अनलाइनबाटै भर्न पाउने ब्यबस्था गर्न सुझाव समितिले दिएको छ। डलर खाताबाटै डिम्याट खोल्न पाउने बनाउन पनि भनिएको छ ।

सुझाबमा वाणिज्य बैंकहरुलाई कस्टोडियन मेम्बर बैंक(सम्पत्तिको संरक्षक बैंक) तोकी नेपालमा भएका सबै वाणिज्य बैंकलाई सो बैंकको सदस्य बनाउन सुझाव दिएको छ।

एनआरएनले सेयर बजारमार्फत आर्जित नाफा एकैपटक लान नपाउने बनाउन सुझाएको छ ।

एनआरएनले दोस्रो बजारबाट आर्जित नाफा एक वर्षमा २० प्रतिशत वा नियामक निकायले तोके बराबर मात्र लैजान पाउने गरी आबस्यक ब्यबस्था गर्न सुझाब दिएको छ ।

ट्‍वीटर (एक्स)बाट अब छिट्टै भिडियो र अडियो कल गर्न मिल्ने

0

एक्स (ट्वीटर)बाट अब छिट्टै अडियो र भिडियो कल गर्न मिल्ने भएको छ । इलन मस्कले एक्स (ट्वीटर)मा अडियो र भिडियो कल सुबिधा ल्याउने बताएका हुन ।

एक्सबाट आइओएस, एन्ड्रोइड, एप्पलको म्याक बुक र माइक्रोसफ्टको पिसीमा भिडियो र अडियो कल उपलब्ध हुने छ ।

यो फिचरका लागि फोन नम्बर आवश्यकता पर्दैन ।

ट्वीटरलाई उनले ‘एक्स’ नामबाट संचालन गर्न थालेका हुन्। एक्सलाई मस्कले सुपर एप बनाउने योजना बनाएका छन्।

भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने मितिबारे केही यकिन गरिएको छैन ।

१ अर्ब रुपैयाँ तिर्न नतिरेपछी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलामीमा

0

सुधीर बस्नेतले १ अर्ब रुपैयाँ तिर्न नतिरेपछी कोहिनुर हिल्स हाउजिङ कर्मचारी सञ्चय कोषले लिलामीमा गर्ने भएको छ ।

कोषले बस्नेतलाई पटक पटक ॠण चुक्ता गर्न ताकेता गरेको थियो तर बस्नेतले लामो समय आनाकानी गरेपछी ललितपुरको इमाडोलमा रहेको १० रोपनी ९ आना २ पैसा जग्गा सहित कोहिनुर हिल्स हाउजिङ लिलामीका लागि कोषले ३५ दिने बोलपत्र आह्वान गरेको छ ।

ऋण मात्रै २३ करोड ७० लाख रुपैयाँ भएपनी कोहिनुर हिल हाउजिङले कोषको करिब १ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

जसको नामबाट बोलपत्र फाराम खरिद गर्यो उसैको हस्ताक्षर सहित उसैको नामबाट भरी बोलपत्र फाराम कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोक, ललितपुरबाट एक हजार (फिर्ता नहुने) नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खाता नं. ००४०१०१०२५४३७३ मा जम्मा गरेको सक्कल भौचर बुझाई ३५औं दिनको १ बजेभित्र खरिद गर्न सकिने सूचनामा उल्लेख छ । बोलपत्रदाता फर्म/कम्पनी भए त्यसको आधिकारिक व्यक्तिको हस्ताक्षरसहित छाप लागेको हुनुपर्नेछ ।

खामबाहिर ‘श्री कोहिनुर हिल हाउजिङ प्रालिको ललितपुर जिल्ला, इमाडोल गाविस वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको कुल क्षेत्रफल १० रोपनी ९ आना २ पैसा जग्गा र सोमा निर्माणाधीन आवासीय भवन खरिदका लागि शिलबन्दी बोलपत्र’ लेखी बोलपत्रदाताको नाम, ठेगाना र फोन नम्बरसमेत राखी कोषलाई सम्बोधन गरी बोलपत्र पेस गर्नु पर्नेछ ।

बोलपत्रदाता फर्म वा कम्पनी भए फर्म/कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र ( नवीकरणसहित) को प्रतिलिपि पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने फर्म/कम्पनीले आफ्नो सञ्चालक समितिमा लिलामीमा भाग लिनेसम्बन्धी निणर्य गराई त्यसको प्रमाणित प्रतिलिपि बोलपत्रसाथ पेस गर्नुपर्ने कोषको सूचनामा भनिएको छ ।

लिलाम बिक्री हुने धितोको जानकारी कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभागमा सम्पर्क गरी लिन सकिनेछ ।

सामान्य अङ्कले घट्यो सेयर बजार,सिटी होटलको सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार २.८२ अङ्कले घटेको छ । आज ०.१४ प्रतिसतले घट्दै सेयर बजार १९९०.५९ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ७९ कम्पनिको मुल्य बढेको छ भने १३१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम सिटी होटल,सानीमा डिबेन्चर २०८७ , माया खोला हाइड्रो, लक्ष्मी सनराइज बैंक लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा सिद्धार्थ ईक्विटी फण्ड, मिथिला लघुबित्त, कुथेली बुखरी हाइड्रो, आशा लघुबित्त, नेपाल एसबीआइ बैंक लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा माछापुछ्रे बैंक, आइएमई लाइफ इन्सुरेन्स, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, नेपाल टेलिकम लगायतका कम्पनिहरु रहेका छन ।

कर्जा दुरुपयोग गरे, सम्पत्ति बेचेर ऋण तिर्नुपर्ने कडा ब्यबस्था- सेयरको मूल्य घट्न सक्ने

0

नेपाल राष्ट्र राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरी निर्मम भएर कर्जा असुली गर्न भनेको छ ।

दक्षिण एसियामा ७ प्रतिशतभन्दा बढी रहेको खराब कर्जा नेपालमा २.८ प्रतिशत हाराहारि मात्रै देखिएपछी यो तथ्याङ्क वास्तविक नभएको आशङ्का गर्दै राष्ट्र बैंकले कडा ब्यबस्था ल्याएको हो ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा (इसीएफ) लिँदा बैंकिङ क्षेत्रमा बढिरहेको एभरग्रिनिङ (ऋण तिर्न थप ऋण लिने विकृति) घटाउने प्रतिवद्धता जनाएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी असोजमा नेपाल सरकारले प्रतिवद्धताअनुसार काम गरे/नगरेको विषयमा तेस्रो अनुगमन गर्दैछ । त्यसैले पनि राष्ट्र बैंकले कसिलो व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकको शङ्का : डाटा लुकाइयो

राष्ट्र बैंकले दक्षिण एसीयाली देशको औषत खराब कर्जा ७ प्रतिशतभन्दा माथि रहदा नेपालमा खराब कर्जा करिब २.८ प्रतिशतमात्रै देखिनुलाई डाटालाई शङ्कास्पद भएको र डाटा तोडमोड वा डाटा लुकाइएको हुन सक्ने आकलन गरेको छ । तथ्याङ्क वास्तविक तथ्यांक नभएको निष्कर्ष सहित कर्जा असूलीमा निर्मम बनेका हो ।

व्यवहार बिग्रेर कर्जा तिर्नै नसक्ने अवस्थामा पुग्दा पनि कर्जालाई खराब कर्जा नदेखाइ बैंकहरुसमेत मिलेर खराब कर्जामा राख्नुपर्नेमा असल कर्जामा राखिएको अनुमान गरेको छ ।

त्यस्तै, यदी ६ जना मिलेर साझेदारी व्यवसाय गर्न कम्पनिका नाममा लिएको ऋणको सावाँ ब्याज व्यवसायको आम्दानीले तिर्न नसक्दा कुनै एक साझेदारको नामबाट व्यक्तिगत ओभरड्राफ्ट लिने र उक्त रकम ॠण तिर्न प्रयोग गरेको पाईएको छ ।

६ महिना नियममित ॠण तिरेमात्र असल कर्जा
अब देखी ६ महिना नियमित सावा तथा ब्याज भुक्तान गरेमात्र त्यो कर्जा असल कर्जा हुने ब्यबस्था गरिएको छ । कुनै पनि त्रैमाशको अन्त्यमा एक किस्ता तिर्दैमा अब असल वर्गको कर्जामा राख्न पाइने छैन ।

सम्पत्ति बेचेर भएपनी ॠण तिर्नुपर्ने
राष्ट्र बैंकको यो सर्कुलरले ॠणिले नियमित सावाँ र ब्याज तिर्नुपर्ने र तिर्न नसकेमा सम्पत्ति बिक्री गरेर भए पनि बैंकको दायित्व चुक्ता गर्नु पर्ने सङ्केत गरेको देखिन्छ ।

ॠण तिर्न फेरी अर्को शिर्षकमा ॠण लिन नपाईने

राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘जस्तोः समुहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नु पर्नेछ । तथापि, कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन ।’

यसले साझेदारी व्यापारका लागि लिएको ऋणको सावाँ ब्याज तिर्न फेरी व्यक्तिगत ओभर डाफ्ट लिने कार्य रोक्नेछ ।

त्यस्तै, पहिला निष्क्रिय कर्जामा वर्गिकरण भएका ऋणी व्यक्ति र संस्थालाई फेरी बैंकहरुले मिलाएर नयाँ शिर्षकमा कर्जा दिएर सावाँ र ब्याज उठाईरहेको थाहा पाएपछी राष्ट्र बैंकले यसरी ॠण उठाउन नपाउने बरु आफ्नो सम्पत्ति बेचेर ॠण तिर्नुपर्ने ब्यबस्था गरेको छ ।

यो सर्कुलर आगामी माघदेखि लागू हुने छ ।

यो ब्यबस्था पूर्ण कार्वान्वयन भएपछी घरजग्गा र सेयर बजारमा असर पर्ने छ । घर जग्गा र सेयर बेचेर ॠण सल्टाउन लाग्दा यिनिहरुको बिक्रीचाप पर्नेछ र शेयर र घरजग्गाको मुल्यमा ठुलो गिरावट आउन सक्ने बिस्लेषण गरिएको छ ।

एसिया कप हेर्नका लागि जनकपुरमा २ बजेपछि विद्यालय बिदा दिईयो

0

जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि एसिया कप क्रिकेट हेर्नका लागि बिदा दिने घोषणा गारेको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले निकालेको सूचनामा बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालयमा बिदा दिन भनिएको छ ।

नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ।

यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। सन् २०१४ को टी-२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो।

टी-२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन।