Home Blog Page 203

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कती छ बोनस ?

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९-८० को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ् ।

जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने छ । यो प्रस्ताव माछापुछ्रे बन्ले नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागी पठाएको छ । नेपाल राष्ट्र बैंक स्विक्रित गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सवा १३ लाख बढी कित्ता नेसनल हाइड्रोपावरको सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १००

नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख ३६ हजार ७४२ कित्ता कित्ता सेयर आज भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

आबेदन दिने अन्तिम मिति भदौ २४ गतेसम्म रहेको यस सेयरमा आबेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आबेदन दिन सक्नेछन ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

आज माण्डु हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन, ६.५८ गुणाले ओभरसब्स्क्राइब्ड

0

माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले अङ्कित मुल्य रु १०० मा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आइपिओ जारी गरेको हो ।

सीडीएससीका अनुसार यो आईपीओमा हिजो साँझसम्म ७ लाख २२ हजार १५९ आवेदकबाट ७९ लाख ३१ हजार कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.५८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

श्रीनगर एग्रिटेकको १३ लाख कित्ता आईपीओ आउँदै

0

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ ल्याउने भएको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँको कुल १३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

श्रीनगर एग्रिटेक कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा बिधिवत दर्ता भएको नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो।

कम्पनिले श्रीनगर एग्रो फार्मअन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्ने कार्य गर्छ । त्यस्तै सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट दाना तथा आहारको उत्पादन गर्छ । कम्पनीको शुद्धोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म रहेको छ । त्यस्तै पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा गरिरहेको छ।

बुटवलमा वधशालाको स्थापना गर्ने कम्पनिको योजना गरेको छ। त्यस्तै प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकलाई कृषिखेती, पशुपन्छी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउछ ।

सीडीएससीले एसएमएस एलर्ट सेवा परिक्षण शुरु

कम्पनिहरुले हकप्रद शेयर निष्काशन गर्दा लगानिकर्तालाई सीडीएससीले एसएमएस एलर्ट पठाउन शुरु गरेको छ । हाल सबैलाई अनिबार्य गरिएको छैन तर जुन कम्पनिले हकप्रद निष्काशन गरेको हो ,त्यो कम्पनीले अनुरोध गरेमा सीडीएसीले एसएमएस एलर्ट पठाउन सहयोग गर्ने गरी ब्यबस्था मिलाइएको छ ।

त्यसका लागि एसएमएस गर्दा लाग्ने खर्च पनि सम्बन्धित कम्पनीले व्यहोर्नुपर्छ । आज पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट पठाएको छ ।

माण्डु हाइड्रोपावरकाे आईपीओमा आजसम्म साढे ६ गुणा बढी आवेदन

0

माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(MANDU)को आईपीओमा आज सम्म माग भन्दा साढे ६ गुणा भन्दा बढी आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार आजसम्म ६.५८ गुणा आवेदन परेको हो।

कम्पनिको आइपिओमा १२ लाख पाँच हजार ३२० कित्ताको लाग आबेदन माग हुँदा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ता शेयर खरिदका लागि आबेदन प्राप्त भएको छ ।

कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोली अन्तिम दिन हो । सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

राजस्व चुहावट गर्ने १० जनाविरुद्ध एक करोड ३४ लाख बिगो माग सहित मुद्धा दायर

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

आ.व. २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम विपरीत छुट दिएको पाइएको छ ।

महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्कामा सम्झौता पछि नगर कार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने ठेक्का रकममा कुनै किसिमको छुट वा मिनाहाको लागि दाबी गर्न पाइँदैन । तर, विष्टको अध्यक्षतामा नगर सभाले गलत मनसायले ५ सदस्यीय कार्यदल बनाएर त्यसैले दिएको सिफारिसको आधारमा मु.अ. करसमेत एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ रकम छुट दिने निर्णय गरिएको थियो ।

एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ भीमदत्त नगरपालिका र नेपाल सरकारले पाउने राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध जनही एक करोड चौतीस लाख सन्तानब्बे हजार चार सय त्रिपन्न रुपैयाँ पैसा सतासी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

५ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम घट्यो

0

आज सेयर बजार ५.०५ अङ्कले घटेको छ । आज ०.२५ प्रतिसतले घट्दै सेयर बजार १९९३.४२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ६९ कम्पनिको मुल्य बढेको छ भने १४४ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ८६ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, आशा लघुबित्त ,डोल्टी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा स्वाभिमान लघुबित्त,साम्लिङ पावर कम्पनी,अप्पर सोलु हाइड्रो, धौलागिरी लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा माछापुछ्रे बैंक, आइएमई लाइफ इन्सुरेन्स, नेपाल टेलिकम , सिभम सिमेन्ट, घोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

अर्थतन्त्र लयमा फर्किन थाल्यो: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन्।मंगलबार प्रतिनिधिसभामा सांसदहरुकाे प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकारले चालेका बिभिन्न सुधारका कामबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको जनाएका हुन्।

उनले राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको बताए। त्यस्तै उनले असार मसान्तसम्म सोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको भन्दै यसलाई सकारात्मकरुपमा लिन आग्रह गरेका छन ।

रेमिट्यान्सबाट हुने आय २१.२ प्रतिशतले बढेको र हाल यो आय १२ सय २० अर्ब ५६ करोड पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

नेप्सेको सबै भन्दा ठूला टप १० कम्पनी कुन कुन ?

0

हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।

धेरै पूँजीकरण भएका १० कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन् ।

हाल नेप्सेमा सुचिक्रित भएर कारोबारमा रहेका कम्पनिहरुमध्ये बजार पुजिकरणमा आधारमा हेर्दा पहिलो स्थानमा नबिल बैंक रहेको छ भने दोश्रो स्थानमा नेपाल टेलिकम रहेको छ । त्यस्तै दशौ स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको देखिन्छ ।

1.नबिल बैंक

नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ६३ करोड छ ।

2.नेपाल टेलिकम

बजार पुजिकरणमा आधारमा हेर्दा दोश्रोमा सबै भन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ५७ अर्ब बजार पूँजीकरण छ ।

3.नागरिक लगानी कोष

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा तेश्रोमा नागरिक लगानी कोषको १ खर्ब ८ अर्ब बजार पूँजीकरण रहेको छ ।

4.एनआईसी एशिया बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा चौथोमा एनआईसी एशिया बैंकको ९१ अर्ब २४ करोड बजार पूँजीकरण रहेको देखिन्छ ।

5. नेपाल पुनर्बीमा कम्पनी

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा पाँचौमा नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ८३ अर्ब ४७ करोड रहेको छ ।

6. ग्लोबल आइएमई बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा छैठौमा ग्लोबल आइएमई बैंकको बजार पूँजीकरण ७४ अर्ब ६ करोड रहेको छ ।

7. एभरेस्ट बैंक लिमिटेड

त्यस्तै बजार पुजिकरणमा आधारमा हेर्दा सातौमा एभरेस्ट बैंक लिमिटेडको बजार पूँजीकरण ६४ अर्ब ९३ करोड रहेको छ ।

8. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक

बजार पुजिकरणमा आधारमा हेर्दा आठौमा नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंकको बजार पूँजीकरण ६० अर्ब ४० करोड रहेको छ ।

9. नेपाल लाइफ इन्सुरेन्स

त्यसैगरी नबौमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको बजार पूँजीकरण ५६ अर्ब ५५ करोड रहेको छ ।

10. स्ट्यान्डर्ड चार्टर्ड बैंकको

दशौमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बजार पूँजीकरण ५२ अर्ब ४२ करोड रहेको छ ।