Home Blog Page 201

भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने, १० लाख बढीको हात खाली हुँदै

0

भोलि भदौ १८ गते (सोमबार) भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड हुने भएको छ।

बिहान साढे ९ बजे धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड गर्ने निर्णय भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो।

कम्पनिले स्थानिय र बैदेशिक रोजगारिमा रहेका नेपालीहरुलाई आइपिओ बाडफाड गरिसकेको छ ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म १० लाख ९० हजार ९५३ आवेदकबाट १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन परेकोमा भाग्यमानी ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने १० लाख बढीको हात खाली हुनेछ ।

डिम्याट खाता नवीकरण नगरेकाहरुले आज बाट आईपीओ भर्न नमिल्ने, मेरो सेयर नखुल्ने

0

आज भदौ १७ गतेबाट डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नचल्ने भएको छ।

गत साउन १६ गते एक सूचना जारी गर्दै सीडीएससी एन्ड क्लियरिङले डिम्याट खाता नवीकरण गर्न लगानिकर्तालाई भदौ १५ गतेसम्मको म्याद दिएको थियो। यस अबधिमा डिम्याट खाता नबिकरण गरिसक्नु भन्ने सुचना जारी गरेको थियो ।

सीडीएससीले तोकिएको अबधिमा डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ खोल्न नमिल्ने बनाएको छ । डिम्याट खाता नवीकरण नभएका सेयरधनीहरुले ‘मेरो सेयर’ खोल्ने प्रयास गर्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश आउन थालेको छ ।

अब आफ्नो डिम्याट खाता नवीकरण नगरदासम्म मेरो सेयर खुल्ने छैन , त्यस्तै लगानिकर्ताले आईपीओ, हकप्रदलगायतका साधारण सेयर भर्ने अधिकारबाट पनि बन्चित हुनेछन ।

यदी तपाईंको पनि, ‘मेरो सेयर’ खोल्ने प्रयास गर्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश आउछ भने तुरुन्तै डिम्याट खाता नबिकरण गर्नु होला ।

डिम्याट खाता अनलाइनबाट नबिकरण गर्न सकिन्छ । यसका लागि तिर्नुपर्ने शुल्क अनलाइन बाट भुक्तानी गर्नु होला ।

३ कम्पनीका हकप्रद आवेदन खुल्ला छन्, भर्न छुट्ला है!

0

हाल ३ कम्पनीहरु , अरुण काबेली पावर कम्पनी लिमिटेड , अपि पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद खुला रहेको छ।

हेर्नुस् ,कम्पनिहरु

अरुण काबेली पावर कम्पनी लिमिटेड (१:१)
अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद सेयर भदौ ११ गते देखि खुला रहेको छ। कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनिको हकप्रद सेयर भर्नका लागि अन्तिम मिती भदौ ३१ गतेसम्म रहेको छ ।

मल्टीपर्पस फाइनान्स लिमिटेड (१:०.३५)
मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन खुला गरेको छ ।अर्थात फाइनान्सको १०० कित्ता सेयर भएका लगानीकर्ताले ३५ कित्ता सेयरका लागि आवेदन दिन पाउने छन्। फाइनान्सको अहिलेको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ। साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।कम्पनिको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

अपि पावर कम्पनी लिमिटेड (१:०.४०)
अपि पावर कम्पनी लिमिटेडले चौथो पटक हकप्रद निस्काशन गरेको छ । यस पटक अपिले ४० प्रतिशत हकप्रद सेयर निष्कासन हो । हकप्रद सेयर निष्काशन साउन ३१ गते बाट कम्पनीले १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यस कम्पनिको हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने काठमाडौं मेयर बालेनको चेतावनी

0

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिबाट महानगरको कुनै पनि गाडी केन्द्र सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै बालेनले हालको सरकारलाई ‘चोर’को संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको लागि केही भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने । सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

ठुला चोकका आकाशे पुलमा लिफ्ट जडानको योजना अघी बढ्यो , यही बर्ष सक्ने महानगरको तयारी

0

काठमाडौं महानगरपालिकाले तीन ठुला चोकमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा अत्याधुनित लिफ्ट जडान गर्न आबस्यक प्रकृया अगाडि बढाएको छ । अपांग तथा वद्धवृद्धाका लागि आकासे पुल असहज भएको निस्कर्ष सहित अपांग तथा वद्धवृद्धाका लागि सहज होस भनेर पहिलो चरणमा धेरै भिडभाड हुने क्षेत्रमा लिफ्ट जडान गर्न लागिएको हो ।

महानगरले आकाशेपुललाई हरेक किसिमले पैदलयात्री मैत्री बनाउनका लागि लिफ्टको जडान गर्न लागेको हो।

ह्विलचियर प्रयोगकर्ता, बृद्धबुद्धा, बालबािलकाहरुले पनी अरु कसैको सहयोग नलीई आकाशे पुललाई प्रयोग गर्न मिल्ने बनाउने निती अन्तर्गत यि लिफ्ट बनाइदै छ ।

यस कार्यका लागि लागत ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल बजेट ५ करोड छुट्याइएको भएतापनी ४ करोड रुपैयाँ लिफ्ट जडान गर्न र अन्य बाँकी रहेको रकमबाट पुलमा सजावट, सुरक्षालगायतका कार्यहरु गर्ने योजना महानगरको रहेको छ ।

आकाशे पुलको एक पट्टिको भागमा लिफ्ट जडान हुनेछ । एउटा पुलमा दुई लिफ्ट (एक सेट लिफ्ट) जडान गरिनेछ । चाबहिलमा रहेको आकाशे पुल र विद्युत प्राधिकरणको कार्यालयअघि रहेको आकाशे पुलको एकापट्टिको भाग खाली नै रहेकाले त्यहाँ लिफ्ट जडान गर्नका लागि ल्याडिङ हटाउन पर्दैन । बानेश्वरमा रहेको आकाशे पुलमा भने एकपट्टिको ल्याण्डिङलाई हटाएर लिफ्ट जडान हुने छ ।

हाल डिपिआर तयार भईरहेको यो योजना दशैंभन्दा अघि नै ठेक्का प्रकृया सुरु गर्ने योजना सहित काम भईरहेको छ । यो लिफ्ट जडान गर्ने कार्य यही आर्थिक बर्ष सकिने छ ।

यो लिफ्ट सन्चालन गर्न सुरुमा महानगर प्रहरी खटाउने महानगरको तयारी रहेको छ ।

लिफ्ट बनिसकेपछी बालबालिका, बृद्धबृद्धा, अपांगलगायतका मानिसहरुले पनि सजिलै आकासे पुल प्रयोग गर्न सक्नेछन । हाल यस्ता मानिसका लागि यो आकासे पुल प्रयोगमा कठिनाई हुने गरेको छ ।

आज दिनभर काठमाडौं र ललितपुरका यी ठाउँमा लोडसेडिङ

0

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकु तथा के-थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने छ ।

के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म साढे ८ घन्टा बिजुली अवरुद्ध हुने भएको हो ।

भोलि सूर्यमा अन्तरिक्ष यान पठाउँदैछ भारत, खर्च कति लाग्छ ?

0

भारतले भदौ ६ गते चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान अवतरण गराएको थियो । चन्द्रयान सफल अबतरण गराएको ठीक एकसातापछि सूर्यमाथिको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । यस यानले सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ ।

यसअघी नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले पनि सुर्यमा यान पठाएको भएपनी भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि रहेको बीबीसीले जनाएको छ ।

आदित्य-एल १ नाम दिइएको उक्त अन्तरिक्ष यान शनिबार अर्थात दुई सेप्टेम्बरमा स्थानीय समय अनुसार विहानको ११:५० मा प्रक्षेपण गर्ने कार्यक्रम छ । भारतको चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ । आदित्यको अर्थ संस्कृतमा सूर्य हो ।

अन्तरिक्षमा पठाइने यान खासमा पृथ्वीको सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने भने होइन । यसको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो र त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ ।

आदित्य-एल१ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

उक्त यान ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल-१ भनिने अन्तरिक्षको स्थानसम्म पुग्नेछ ।

आदित्य-एल१ को नाममा उल्लेख भएको एल १ ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ । त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ-लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औँ शताब्दीमा पहिलो पटक त्यसबारे अध्ययन गरेका थिए ।

आदित्य-एल१ मिसनका उद्देश्य

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ‘पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ । र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ । यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् ।
एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।’ इसरोले भनेको छ, “यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ ।”

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ ।

यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन् । बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू एल १ मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन् ।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

यस परियोजनाको लागत करिब ४ करोड ६० लाख डलर रहेको जनाइएको छ ।

चन्द्रमामा अवतरण भएकोचन्द्रयान–३ को सम्पूर्ण खर्च ७०० करोड भारतीय रुपैयाँ रहेको जनाइएको थियो । सूर्यमाथिको अनुसन्धानका लागि भने (४ करोड ६० लाख डलर) ३ सय ८० करोड भारु लाग्नेछ ।

बीबीसीको सहयोगमा

‘हिमालयन ८०-२०’का इकाइहरु ओभरसब्सक्राइब्ड

0

हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढी आवेदन परेको छ।

यस ‘हिमालयन ८०–२०’ को कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका छन । आज आबेदन दिने अन्तिम दिन रहेको यो योजना साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो।

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरेकोमा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको थियो ।

सीडीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो योजनामा ४६ हजार १४१ आवेदकबाट कुल ९ करोड १४ लाख ६१ हजार ८२० इकाइ माग भएको छ। जुन मागभन्दा १.०८ गुणाले बढी हो।

हिमालयन ८०–२० बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्षको रहेको छ।

यस योजनाको कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी र २० प्रतिसत सक्रिय लगानी गर्ने गरी सञ्चालन गर्ने योजना रहेको छ ।

डेढ अर्बको आईपीओ ल्याउदै बीमा संस्थान

0

राष्ट्रिय बीमा संस्थानले नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ ।

संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गरी आईपीओ निष्कासन गर्ने तयारी संस्थानको रहेको छ।

आईपीओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।

बीमा प्राधिकरणले तोकेबमोजिम संस्थानले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ। आइपिओपछी अपुग ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ संस्थापक सेयरधनीबाट उठाउनेछ ।

हाल यस कम्पनिमा राष्ट्र बैंकको ५५.५६ प्रतिशत, अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत हिस्सा रहेको छ।

सुनको मुल्य घट्यो

0

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।