Home Blog Page 200

भगवती हाइड्रोपावरको आइपिओ बाडफाड , १२ लाख बढीको हात खाली

0

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँम सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका खुल्ला गरेको थियो ।

कम्पनिले स्थानिय बासिन्दा र बैदेशिक रोजगारमा रहेकाहरुलाई आइपिओ बाडफाड गरिसकेको छ ।

यो कम्पनीको आइपीओ खरीदका लागि १३ लाख ९ हजार ६६ आवेदकले आवेदन परेतापनी सदर आबेदन १३ लाख ६ हजार ६७७ बाट १ करोड ४२ लाख ४० हजार ५५० कित्ता सेयर माग गर्दै आवेदन परेको थियो ।

कम्पनीले कुल आवेदकमध्ये ७१ हजार २२२ जनालाई आइपिओ परेको छ । बाँकी १२ लाख ३५ हजार ४५५ आवेदक रित्तो हात भएका छन् ।

रिजल्ट सिद्धार्थ क्यापिटलबाट तथा https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ

आजबाट अपर तामाकोशीको राइट सेयरमा आवेदन खुल्ला

0

आजबाट अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले १०० प्रतिसत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुल्ला गरेको छ ।

हकप्रद भर्ने अन्तिम दिन आगामी असोज ७ गतेसम्म रहेको छ ।

यस हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनिले १०० रुपैया दरका कुल १० करोड ५९ लाख कित्ता बिक्रीबाट १० अर्ब ५९ करोड रुपैया उठाउने छ ।

जनकपुरमा आज पनि एसिया कप हेर्न २ बजेपछि विद्यालयलाई बिदा दिईयो

0

नेपाल र भारतबीचको क्रिकेट म्याच खेल हेर्न आज दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदाको घोषणा गरिएको छ । आज एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतगत नेपालको दोश्रो खेल हुँदै छ ।

एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आज दिउँसो २ बजेदेखि उपमहानगरभित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ।

‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि बिदा दिईएको थियो ।

उक्त खेल नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजेदेखि हुनेछ।

एमालेले भन्यो- ‘४/१२ करोडको निती खारेज हुनुपर्छ , राष्ट्र बैंकले गर्दा लगानिकर्ताको १४ खर्ब डुब्यो’

0

पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता सुरेन्द्र पाण्डेले राष्ट्र बैंकले तोकेको ४/१२ को निती खारेज हुनुपर्ने बताएका छन । आइतबार एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले गरेको कार्यक्रम उनले बैंकरहरुले राष्ट्रबैंकले सेयर धितो कर्तामा अधिकतम १२ करोड भन्दा बढी ॠण लिन नपाउने नितीले लगानिकर्ताको १४ खर्ब डुबेको र यसले समग्र राष्ट्रलाई असर परेको बताएका हुन ।

राष्ट्र बैंकले ठुला निती बनाउनुपर्ने तर यस्ता खुद्रा व्यवस्थापनमा अल्झिनु नहुने उनको तर्क थियो। साथै सेयर बजार घट्दा बैंकले गर्ने मार्जिन कलले कि पैसा थप्नुपर्ने नत्र सेयर नै बेच्नुपर्ने स्थितिले झन प्यानिक बनाएर सेयरको मुल्य घट्न गएको पनि औल्याएका छन ।

उनले बिशेष गरी १२ को क्याप हटाउन पर्नेमा जोड दिए ।

सहकारीमार्फत अर्बौ कालोधनको कारोबार भएको शंका, धितोपत्र मुल्याङ्कन गर्दा मनपरी गरेको सीआईबीको निष्कर्ष

0

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारी संस्थाको धितो मूल्यांकन गर्दा मिलेमतो हुने गरेको बताएको छ । नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा बैंकिङ कसुर अनुसन्धानसम्बन्धी प्रस्तुति दिएका सीआईबीका अधिकारीले सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा मिलेमतोमा एक दिनमै धितोको मूल्यांकन गर्ने गरिएको बताएका हुन् ।

चिनजान , भनसुन र कमिसनका लागि सहकारी सस्थाले धितो मुल्याङ्कन गर्दा बेइमानी गरेको आकलन प्रहरिको रहेको छ । ‘विधि र प्रक्रिया मिच्दै फास्ट ट्याकबाट स्वीकृत भएका कर्जाहरु शंकास्पद छन्, कर्जाको गुणस्तर कमजोर भएकाले निक्षेपकर्ताको पैसा जोखिममा छ । त्यसैले सहकारीमा प्रभावकारी नियमनको व्यवस्था हुनुपर्छ ।’ सीआईबीका अधिकारीकारी आफ्नो अध्ययनको हवला दिएर यस्तो भनेको हुन ।

सिआइबिले सहकारीमा कालो धन जम्मा भएको भएको सङ्का गरेको छ । ‘विभिन्न स्रोतबाट एवं निक्षेपकर्ताबाट सहकारी संस्थाहरुमा जम्मा हुने रकमको स्रोत खुलेको देखिँदैन । स्रोत नखुलाई जम्मा भएको रकम आतंकवादी क्रियाकलापमा समेत लगानी हुनसक्ने जोखिम छ,’ सीआईबीको भनेको छ , ‘उक्त जोखिम कम गर्न नेपाल राष्ट्र बैंक र अन्य नियमनकारी निकायले सहकारीमा जम्मा हुने रकमको अनिवार्य स्रोत खुलाउनुपर्ने व्यवस्था अविलम्ब रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ ।’

सीआईबीले सहकारीमा हुने शंकास्पद कारोबारको निगरानी गर्न एकीकृत सूचना प्रणालीको विकास गर्न पनि सुझाब दिएको छ ।

सीआईबी भन्छ, ‘कर्जा लगानी गर्दा सञ्चालक वा तिनका आफन्तको नाममा सम्पत्ति राख्ने तर ऋणी तथा बचतकर्ताको रकमको साँवाब्याज तिर्ने दायित्व संस्थामा रहने व्यवस्थामा सुधार हुनुपर्छ,सहकारी विभाग र स्थानीय निकायले प्रभावकारी नियमन गर्दै यस्तो विकृतिमा रोक लगाउने प्रयास गर्नुपर्छ ।’

ठूला सहकारीका सञ्चालकले आफन्त र आफन्तका कम्पनी तथा परीयोजनामा बिना धितो वा कम धितोमा धेरै ॠण लगानी गरेको देखिएको बताएको छ । सिआइबी भन्छ , ‘सहकारीले कर्जा लगानी गर्दा धितोको अधिक मूल्यांकन गर्ने गरेका छन्, तर ऋणीले साँवाब्याज तिर्न नसक्दा धितोको कम मूल्यांकन गरी सम्पत्ति हडप्ने जस्ता विकृति पनि देखिएका छन् ।’

अनुसन्धानका लागि बैंक र बित्तिय सस्थाको विवरण सजिलै प्राप्त हुने भएतापनी सहकारी संस्थासम्बन्धी त्यस्ता विवरण प्राप्त हुन नसकेको सीआईबीको भनाइ रहेको छ ।

सहकारी संस्थाहरुमार्फत ठूलो परिमाणमा अवैध रकमको कारोबार भएको हुन सक्ने आकलन गर्दै अधिकारसम्पन्न नियमनकारी निकाय बनाउन सिआइबिले सुझाएको छ ।

२९ अङ्कले घट्यो सेयर बजार, थ्री स्टारले हान्यो सर्किट

0

आज सेयर बजार २९.८१ अङ्कले घटेको छ । आज १.४९ प्रतिसतले घट्दै सेयर बजार १९६०.७८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ८ कम्पनिको मुल्य बढेको छ भने २१२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावर,सिकल्स हाइड्रोपावर ,बुद्ध भुमी नेपाल हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लिबर्टी ईनर्जी कम्पनी, सिटी होटल, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी हाइड्रो , साम्लिङ पावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल,आइएमई लाईफ इन्सुरेन्स ,सिटी होटल, माछापुछ्रे बैंक , एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

२० अर्ब विद्युत महसुल नतिरेपछी सार्वजनिक सुचना, १५ दिनमा नतिरे कडा कारबाही

0

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्नेहरुका लागि १५ दिनभित्र तिर्नु भन्दै सार्वजनिक सुचना निकालेको छ । मिलेमतो गरी चौबीसै घण्टा बिजुली लिने तर महसुल पनि नतिर्ने उद्योगी व्यापारीलाई बिध्युत प्राधिकरणले कारबाहिको चेतावनी दिएको छ ।

‘महसुल नतिर्न पाउनुपर्ने’ भन्दै अदालत पनि उनिहरुले मुद्धा दायर गरेको भएतापनी अदालतले उनिहरुको बिपक्षमा फैसला सुनाएपछी प्राधिकरणले आज (आइतबार) महसुल तिर्न सार्वजनिक सूचना जारी गरिदिएको हो ।
प्राधिकरणका अनुसार झण्डै दशक अघिदेखि डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका, तर महसुल नतिरेका ग्राहकको संख्या ६७ भन्दा बढीले २० अर्ब रुपैयाँभन्दा बढी महसुल बुझाउन बाँकी छ ।

सूचनामा अनुसार १५ दिनभित्र अर्थात् असोज १ गतेसम्म उद्योगी/व्यापारीहरूले २० अर्ब रुपैयाँभन्दा बढी विद्युत महसुल बक्यौता नेपाल विद्युत प्राधिकरणलाई बुझाईसक्नु पर्नेछ ।

उक्त समयभित्र महसुल नबुझाएमा प्राधिकरणले विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० मा उल्लेखित प्रावधान बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ‘मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत महसुल नवुझाएमा बिना सूचना जनुसुकैसमयमा पनि विद्युत लाईन काटिनेछ,’ भन्ने नियम भएपनी राजनैतीक आड र अदालतमा बिचराधिन मुद्धा रहेको भन्दै हालसम्म महसुल नतिरी बिजुली चलाइरहेकाहरुले अब महसुल तिर्नु पर्ने नत्र कारबाहीमा पर्ने अवस्था आएको छ ।

सबैको लघुवित्त र साधना लघुवित्त मर्ज हुने

0

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने भएका छन । भदौ १५ गते शुक्रबार यी दुई लघुवित्त कम्पनीले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

अब यि दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का हुने छ । प्राप्त जानकारी अनुसार साधना लघुवित्तमा ७ जना आधारभुत सेयरधनी र सबैको लघुवित्तमा २० जना आधारभुत सेयरधनीमा रहेका छन्।

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर लिलाम बिक्रीमा

0

कामना सेवा विकास बैंक र जानकी फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

कामना सेवा विकास बैंकको ५७ हजार २५ कित्ता र जानकी फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर गरी जम्मा १ लाख ७ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

कामना सेवा विकास बैंकको सेयरमा ३५ दिनभित्र जोसुकै नेपाली व्यक्ति तथा संस्थाले काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

यसैगरी जानकी फाइनान्सको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र धनुषाको जनकपुरधामस्थित कम्पनीको कार्यालयमा आबेदन दिन सक्नेछन ।

सोमबार बोलकबोल मार्फत रु. २० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

भोली सोमबार राष्ट्रबैंकले बोलकबोल मार्फत रु. २० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले भदौ १९ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने तयारी गरेको छ ।

यसका लागि भोली दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने यस ट्रेजरी बिल सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिदका लागि बोली लगाउन सक्ने छन ।