Home Blog Page 199

आयोजना प्रभावित र विदेशमा काम गर्ने नेपालीका लागि भिजन लुम्बिनीको आइपीओ निश्कासन

0

भिजन लुम्बिनी उर्जा कम्पनी लिमीटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा काम गर्ने नेपालीहरुका लागि आइपीओ निश्कासन गरेको छ ।

यो आइपीओमामा आबेदन दिने अन्तिम मिती आगामी असोज २ गते तोकिएको छ।

यि दुबै समुहले ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । तर त्यसका लागि यसको आइपिओमा कती आबेदन पर्छ , त्यसमा भर पर्छ ।

कम्पनिले १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावितका लागि र १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको न्यूनतम १० देखि अधिकतम १९ हजार १२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

सिटिजन्स लाइफको आइपीओ खरीद गर्ने आज अन्तिम दिन

0

आज सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ जारी गरेको यस कम्पनिको आइपिओ यस अघी नै ओभरसब्सक्राइब्ड भइसकेको छ ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आइपीओ निश्कासन गरेको हो । कम्पनिले अंकित मुल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर कुल रु. २४४ प्रतिकित्ताका दरले आइपिओ निस्कासन गरेको हो ।

कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको कम्पनीले ११ लाख २५ हजार कित्ता विदेशमा काम गर्ने नेपालीका लागि, ५ लाख ६२ हजार ५०० कम्पनीका कर्मचारीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता नै म्युचुअल फण्डहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सर्वसाधारणका लागि निश्कासन गरेको हो ।

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबारसम्म ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता माग गर्दै आवेदन दिएका छन् । यसरी यो आइपिओ १.३८ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ ।

१० हजारको लगानी ३०० करोड भयो, यस्तो पो प्रतिफल !

0

नयाँदिल्ली । कोटक महिन्द्रा बैंकको सेयरको मुल्य केही समयमा २२ हजार प्रतिसतले बढेको छ । फेब्रुअरी ६, २००३ देखि हालसम्म २२,००० प्रतिशतले बढेको छ। उक्त दिन यस निजी सस्थाले बैंकिङ लाइसेन्स पाएको थियो।

बैंकिङ इजाजतपत्र प्राप्त गर्ने पहिलो भारतीय एनबीएफसी कम्पनी बनेको यस बैंकको त्यतिबेला बजार पुँजीकरण ९४७ करोड रुपैयाँ थियो । हाल यसको बजार पुजिकरण अहिले बढेर रु ३५०२६२ करोड पुगेको छ।

एसीई इक्विटीको तथ्याङ्क अनुसार हेर्दा त्यस समयमा कोटक महिन्द्राको समायोजित सेयर मूल्य रु ७.९९ थियो। तर अहिले आएर त्यसको मुल्य प्रतिकित्ता रु १७६२ अक्षरेपी एक हजार सात सय बैसठ्ठी (सेप्टेम्बर ४, २०२३ मा) रुपैयाँ रहेको छ ।

एसीई इक्विटीका अनुसार कोटक बैंकले लगानीकर्तालाई ४ पटक बोनस सेयर दिसकेको छ ।

१० हजार बन्यो ३०० करोड

कोटकले भनेका छन, “यदि तपाईंले १९८५ मा कोटक महिन्द्रा बैंकमा १० हजार रुपैयाँ लगानी गर्नुभएको थियो भने, तपाईं आज ३०० करोड रुपैयाँको मालिक हुनुहुन्थ्यो।” कोटक उक्त कम्पनिका सिईओ तथा एमडी रहेका थिए । उनले केही समय अघी नै राजिनामा दिएका छन ।

कोटकको आफ्नै कुल सम्पत्ति १४.५ बिलियन डलर छ। यसको अधिकांश कारण बैंकमा उनको २६ प्रतिशत सेयर हो ।

कोटकले ट्वीटरमा लेखेका छन -‘हामी अब विश्वास र पारदर्शिताको मूल सिद्धान्तमा आधारित अग्रणी बैंक तथा वित्तीय संस्था हौं। हामीले हाम्रा सरोकारवालाहरूको लागि मूल्य सिर्जना गरेका छौं। हामीले एक लाख प्रत्यक्ष रोजगारी दिइरहेका छौं। हाम्रो कम्पनीमा सन् १९८५ मा भएको १०,००० रुपैयाँको लगानी आज ३०० करोड रुपैयाँ भएको छ ।’

तपाईं पनि लगानी गर्दा हल्लाको भरमा , कसैको लहैलहैमा भन्दा कुनै राम्रो कम्पनी जसले राम्रो प्रतिफल दिन्छ , त्यसमा लगानी गर्नोस र आफ्नो लगानीबाट राम्रो प्रतिफल पाउनुहोस् । लगानी गर्दा मुल्य तल आएको बेला गर्नुस् र पर्खनुस् । पिक प्राइसमा कहिल्यै सेयर नकिन्नुस् । हल्ला मान्छेले त्यतिखेर गरेका हुन सक्छ्न , जतिखेर उनिहरुले बेच्ने बेला भएको हुन सक्छ , त्यसैले त्यस्ता हल्ला बाट बच्नुस् ।

एजेन्सीको सहयोगमा

एकमहिनामा जीवन बीमा कम्पनीको झण्डै दस हजार पोलिसी सरेण्डर, जिबन बिमाको ब्यापार खस्किने क्रम जारी…

0

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार साउन महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेण्डर भएका छन् ।

यस अबधिमा बिमितले १ अर्ब २८ करोड रुपैयाँ बढीको बीमा पोलिसी सरेन्डर गरेका छन ।

बीमितले बीमा गरेको न्यूनतम ३ वर्षपछि पोलिसी बन्द चाहेमा बीमितले तिरेको बीमाशुल्क र बोनस रकम एकमुष्ट बीमितलाई दिने गरेको छ ।

यस अबधिमा आर्थिक सङ्कटका कारण अवधि नसकिदैं सरेन्डर ठुलो सङ्ख्याको र ठुलो रकमको पोलिसी सरेन्डर हुन थालेको छ ।

गत आर्थिक वर्ष २०७९–८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ ।

यस अबधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर भएका छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेको पाइएको छ ।

यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।

साउनमा सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।

त्यस्तै सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन ।

साउनमा सन नेपाल लाइफका बिमितले सबै भन्दा कम अर्थात १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् ।

बीमितले निश्चित अवधिमा तोकेर बीमा गरेतापनी उक्त अबधीभन्दा पहिला नै पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

शानदार ब्याटिङ गर्दै भारतलाई नेपालले दियो २३१ रनको लक्ष्य

0

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गर्दै नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो ।

यस खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए भने ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौका सहीत ५८ रन बनाए ।

दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछानेको साझेदारीमा अलराउण्डर सोमपाल कामीले दुई छक्का र एक चौका सहित ४८ रन जोड्दै महत्वपूर्ण इनिङ खेले ।

ओपनर कुशल भुर्तेलले ३८ रन , दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमा आउट भए ।

रूटीन अफ नेपाल बन्दको पेज भिक्टर पौडेलले फेसबुकमा नदेखिने बनाए

0

रूटीन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले रूटीन अफ नेपाल बन्दको पेज अनपब्लिस गरेका छन् ।

आफ्नो फेसबूकमा उनले लेखेका छन् :

अब Attack गर्नु पर्दैन….

स्वार्थले खोलेको थिएन तै भएर बाल छैन… बाकि कुरा पछि गरौला!!

Now I am Free.. LEAVE ME ALONE

७ अङ्कले बढ्यो सेयर बजार , ५ कम्पनिको सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार ७.०४ अङ्कले बढेको छ । आज ०.३५ प्रतिसतले बढ्दै सेयर बजार १९६७.८३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १२६ कम्पनिको मुल्य बढेको छ भने ८९ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावर,डोल्टी हाइड्रो ,रुरु हाइड्रो ,ग्रीन भेन्चर,आशा लघुबित्त लगायतका कम्पनी रहेका छन । यि कम्पनीहरुको सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लिबर्टी ईनर्जी कम्पनी, कुमारी धनब्रिद्धी योजना, सिकल्स हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा आइएमई लाईफ इन्सुरेन्स ,सिभम सिमेन्ट , सोल्टी होटल, नबिल बैंक , एनआइसी एसिया बैंक लगायतका कम्पनिहरु रहेका छन ।

एशियाकै सबैभन्दा कमजोर गभर्नर बने राष्ट्र बैंकका गभर्नर , भारतका गभर्नर विश्वकै उत्कृष्ट गभर्नर

0

एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सबैभन्दा कमजोर गभर्नर भएका छन् । विश्वका गभर्नरहरुलाई ग्रेडिङ गरिएको ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको रिपोर्टमा उनले ‘सी’ ग्रेड पाएका छन् , यो भनेको सबैभन्दा कमजोर ग्रेडिङ मानिएको छ ।

पत्रिकाले सार्वजनिक गरेकाे सन् २०२२ काे केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडकाे तथ्याङ्कमा एशिया प्यासिफिक जोनमा नेपालका गभर्नर सबैभन्दा कम ग्रेड पाएका हुन् । सन् २०२१ मा गभर्नर अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका थिए ।

त्यस्तै भारतका गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर घोषित भएका छन् । अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासलाई ‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सुचिमा शीर्ष स्थानमा राख्दै पत्रीकाले उनलाई विश्वकै उत्कृष्ट गभर्नर घोषित गरेको हो ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।

१००% हकप्रद जारी गर्ने माईखोला हाइड्रोको तयारी

0

माई खोला हाइड्रोपावर लिमीटेडले सत प्रतिसत हकप्रद निश्कासनको तयारी गरेको छ ।

यसका लागि कम्पनीले आगामी असोज ९ गते चुक्तापूँजीको सत्प्रतिशत हकप्रद सेयर निश्कासन लगायतका अजेण्डाहरु काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा हकप्रदको एजेन्डासहित आर्थिक वर्ष २०७९-८० को वासलातमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने लगायतका अजेण्डाहरु पेश हुनेछन ।

कम्पनिले असोज १ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

सिटिजन्स बैंकले ९% लाभांश बाड्ने तयारी, वासलातलाई राष्ट्रबैंकमा पेश गरिदै

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले ९ प्रतिसत हाराहारी लाभांश बाड्ने तयारी सुरु गरेको छ ।

वासलात सम्भवतः अर्को सातासम्म केन्द्रीय बैंकमा पेश गर्ने गरी तयारी गरिएको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफा तथा रिजर्भबाट समेत गरी ९ प्रतिशत हाराहारीमा लाभांश बाँड्नसक्छ , तर त्यसका लागि केन्द्रीय बैंकका अधिकारीहरुले बैंकलाई केही फेबर गर्नु पर्नेछ ।

बैंकको गत वर्षको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड हाराहारीमा रहेको छ । त्यसबाहेक लाभांशको रुपमा वितरण गर्ने मिल्ने क्यापिटल रिडम्पसन रिजर्भको रकम २७ करोड ७७ लाख जति रहेको छ ।

यि दुईलाई जोडेर हेर्दा यो बैंकको लाभांश क्षमता ९ प्रतिशत हाराहारी हुन आउँछ ।

यदि बण्ड रिडम्पसनको रकमलाई चलाउन नपाए सिटिजन्स बैंकले ६ प्रतिशत हाराहारीमा मात्र लाभांश दिने देखिन्छ ।