Home Blog Page 198

एनआरएन डेभलपमेन्ट फन्डले गैरआवासीय नेपालीका लागि रु. १० अर्बको आईपीओ ल्याउने तयारी

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)को धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० सरकारले स्वीकृत गरेसँगै गैरआवासी नेपाली (एनआरएन)ले नेपालको सेयर बजारमा लगानी गर्न पाउने भएका छन ।

यही ब्यबस्था पछी एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडले १० अर्ब रुपैयाँबराबरको आईपीओ एनआरएनका लागि जारी गर्ने तयारी गरेको छ । यसमा बिभिन्न देशमा रहेका एनआरएनएले लगानी गर्न सक्नेछन ।

यस आईपीओमार्फत एनआरएन नेपाल डेभलपमेन्ट फन्डले ४–५ लाख एनआरएनको लगानी नेपालमा ल्याउने योजना बनाएको छ ।

आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण जानकारी दिन ‘डायस्पोरा इन्भेस्टमेन्ट इन्फर्मेसन म्यनेजमेन्ट सिस्टम नेपाल’ नामक वेबसाइट बनाइने भएको छ ।

यो फन्डको सेयर कारोबार एनआरएनले मात्रै गर्न पाउछन । यसका लागि छुट्टै धितोपत्र बोर्डले आबस्यक व्यवस्था गर्नेछ ।

यो आईपीओमा विश्वभर रहेका एनआरएनले राष्ट्र बैंकले सटही सुविधा प्रदान गर्ने जुनसुकै मुद्राबाट पनि आवेदन दिन पाइने ब्यबस्था गर्न लागिएको छ

यस आइपिओ मार्फत जम्मा भएको रकम एउटा परियोजनामा न्यूनतम १० करोड लगानी गर्ने निती अनुरुप नेपालभित्र सञ्चालित जुनसुकै भौतिक पूर्वाधारसम्बन्धी परियोजनामा कम्पनिले आबस्यक अध्ययन गरेपछी लगानी गर्ने छ ।

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले आफुले १९९० कित्ता ५७९ मा किनेर अन्तिम ५ मिनटमा १० प्रतिसतभन्दा बढी बढाएर ६४७ पुर्यायो

0

ब्रोकर नम्बर ६२ , क्यापिटल म्याक्स सेकुरिटि लिमिटेडले हिजोको सेयर बजारमा कारोबार गर्दा चलखेल गरेको पाइएको छ ।

क्यापिटल म्याक्सले आफुले १९९० कित्ता सस्तोमा ( रु ५७९ ) मा किनेपछी अन्तिम ५ मिनटको समयमा उक्त कम्पनिको मुल्य १० प्रतिसत भन्दा बढी बढाएर ६४७ पुर्याएको देखिन्छ ।

कारोबार भएको उक्त कम्पनिको नाम नेरुडे लघुबित्त बित्तिय सस्था लिमिटेड (NLBBL) रहेको छ । आफुले सुरुमा प्रतिकित्ता रु ५७९ मा किनेको उक्त सेयर फेरी त्यही ब्रोकर ६२ ले अन्तिम ५ मिनटको समयमा मुल्य बढाउदै ६४७ सम्म मुल्यमा किन्नुले चलखेल गरेर मुल्य बढाएको प्रस्ट हुन्छ ।

एकैछिनलाई उक्त कम्पनीमा बेच्ने कोही थिएनन होला भन्ने मान्ने हो भने पनि उक्त ब्रोकरले १९९० कित्ता प्रतिकिता रु ५७९ मा किनिसकेको प्रस्ट देखिन्छ । फेरी त्यही ब्रोकरले अन्तिम ५ मिनटमा प्रतिकित्ता ५९२ देखी ६४७ मुल्यमा किन किन्छ ?

एकैछिनलाई यसरी पनि मान्दिउ न , उक्त ब्रोकरलाई किन्न मन लाग्यो किन्यो त भन्ने हो भने पनि उसले पहिला नै सस्तो मुल्यमा १९९० कित्ता किनिसकेको हुनाले बजार बढाउने शुद्ध मनसायले किनेको देखिदैन । यसमा आफुले किनेपछी अरु सोझा लगानिकर्तालाई फसाउने दुशित मनसाय नै झल्किन्छ ।

यसरी सबै तरिकाले हेर्दा आफुले सस्तोमा (५७९ ) मा ठुलो किता किने पछी अन्तिम ५ मिनटको समय जतिबेला प्राय लगानिकर्ता सकृय हुँदैनन , त्यही समयको मौका छोपी १० प्रतिसत भन्दा बढी मुल्य बढाउनुले चलखेल गरेको प्रस्ट देखिन्छ । त्यो पनि बजार बढाउने शुद्ध मनसायले नभई मुल्य बढाएर सोझा लगानिकर्तालाई टोपी लगाइदिने उदेश्य समेत राखेर ।

हिजै मात्र एनएमबी माइक्रोफाइनान्स बित्तिय सङ्स्था लिमिटेडको पनि अन्तिम ५ मिनटको समयमा चलखेल गरेर लगभग ११ प्रतिसत मुल्य बढाईएको थियो ।

सेयर बजारका जानकार तथा खेलाडी यसरी अन्तिम समयमा मुल्य बढाउने तरिकाका बारे जानकार हुन्छन र यस्तोबेला किन्दैनन तर फस्छ्न सोझा लगानिकर्ता । यसरी चलखेल गरेर सस्तोमा किनेको हुनाले ५ प्रतिसत घटेको बेला बेच्दा पनि यि चलखेल गर्नेलाई ५ प्रतिसत फाईदा हुन्छ , छोटो समयमा । तर सोझा लगानिकर्ता सर्किट हानेको कम्पनी अझै बढ्छ भन्ने सोचेर किन्छ्न्न र त्यतिबेला नै फस्न पुग्छन ।

सुरुमा हेर्नुस् अन्तिम ५ मिनटमा मुल्य बढाएको र

त्यसपछी हेर्नुस् ४७ नम्बर क्रममा ब्रोकर ६२ ले किनेको सेयर , त्यसको मुल्य र त्यसको कित्ता ।

यो हेर्नुस
एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

प्रिमियमका नाममा जनताको ढाड सेक्दै सेबोन, अब १ अर्ब पुँजीका कम्पनीले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रीमियमका नाममा जनताको ढाड सेक्ने काम गरिरहेको छ । सेबोनले अहिले धेरै कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न दिईरहेको छ ।

चाखलाग्दो कुरा त के छ भने प्रिमियममा जारी गरेका कम्पनिले भन्दा अङ्कित मुल्य (१००) मा जारी गरेका कम्पनिले राम्रो पर्ममेन्स गरिरहेका छन। सेकेन्डरी मार्केटमा प्रिमियममा जारी भएका कम्पनीको मुल्य भन्दा अङ्कित मुल्यमा आइपिओ जारी गरेका कम्पनीहरुको मुल्य धेरै छ ।

१०० रुपैयामा आइपिओ जारी गरेका कम्पनिको मुल्य ९०० सम्म पुग्दा प्रिमियममा ४३५ मा आइपिओ जारी भएको कम्पनी दोश्रो बजारमा आएको दिन नेगटिभ सर्किट हान्यो भने त्यस दिन देखी घटेको घट्यै छ ।

१०० रुपैया अङ्कित मुल्यमा आइपीओ जारी भएका कम्पनी ५००० प्रतिकिता सम्म पुगेको ईतिहास छ । तर सेबोनले राम्रो भनेर प्रिमियममा आइपिओ जारी गर्न अनुमती दिएका कम्पनीहरु दोश्रो बजारमा आएको दिन देखी घट्नु र ठिकैको भनेर अङ्कित मुल्यमा आइपिओ जारी भएका कम्पनीको मुल्य राम्रो भनेर प्रिमियममा आइपिओ जारी भएका कम्पनीको भन्दा बढी मुल्य हुनुले कही न कही सेबोनको नेत्रित्व माथि प्रश्न उठीरहेको छ ।

अब सेबोनले फेरी अर्को नियम ल्याएको छ । यो नियम सङ्गै १ अर्ब पुँजी भएका कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुलेको छ । यस नियमलाई नराम्रो मान्न नसकेपनी सेबोनले जसरी अहिले प्रिमियमको अनुमती दिरहेको छ , त्यसले पक्कै पनी सङ्का गर्ने ठाउ भने देखिन्छ । यसलाई पनि लगानिकर्ताको बिरुद्द प्रयोग नगरियोस ।

अमुक ब्याक्ती वा अमुक कम्पनिलाई फाईदा पुर्याउन कमिसनको खेलमा परेर सोझा लगानिकर्तालाई दिउसै रात पार्ने काम नहोस् ।

सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८०मा सातौँ संशोधन गर्दै यस्तो व्यवस्था गरिदिएको हो। योसँगै अब १ अर्ब चुक्ता पुँजी भई पछिल्लो २ वर्ष खुद मुनाफामा रहेको संगठित संस्थाले प्रिमियममा आईपीओ निष्कासन गर्न सक्नेछ।

संशोधित नियमावलीमा गरिएको व्यवस्थाअनुसार कम्तीमा १ अर्ब रुपैयाँ चुक्तापुँजी भएको संगठित संस्थाको हकमा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनका आधारमा पुँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र प्रचलित नेपाल कानुनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रचलनका आधारमा मूल्यांकन विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्यलाई प्रिमियम मूल्य मान्नुपर्नेछ।

प्रिमियम मूल्यलाई प्रत्याभूतकर्ताले प्रमाणित गरि पेस गर्नुपर्ने संशोधित नियमावलीमा भनिएको छ।

यस नियमावलिलाई फेरी अर्को लूपहोलको रुपमा प्रयोग गर्दै लगानिकर्ताको ढाड सेक्ने काम नगरिओस ।

अहिले सेबोनले कागजी विवरण देखाउदै प्रिमियम आइपिओको खोलो बगाइरहेको देख्दा भित्र केही खिचडी पाकेर बाहिर आइरहेको छ भन्ने जस्तो देखिन्छ । केही समय अगाडि मात्र आइपिओ जारी गरेको एउटा हाईड्रो कम्पनी डिफल्ट भएर कम्पनी बन्द हुन सक्ने अवस्था आएको खबर बाहिरिएको छ ।

त्यस्तै, दोश्रो बजारमा आएको दिनदेखी घटेको घटेइ गर्ने कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्दा सेबन प्रमुख हमालले आर्थिक प्रलोभनमा परेको खबरहरु बाहिरिएका थिए ।

त्यस्तै , दोश्रो बजारमा प्रिमियममा आइपीओ जारी गरेका कम्पनी भन्दा अङ्कित मुल्यमा आइपिओ जारी भएका कम्पनिको मुल्य बढी हुनुले प्रिमियम जारी गर्दा आर्थिक प्रलोभनमा परेको आरोपलाई कही न कही मलजल गर्छ ।

बाराही हाइड्रोपावरले ॠण नतिरेपछी डिफल्टको सुचिमा , के कम्पनी बन्द हुन लागेको हो ?

भर्खरै आइपीओ जारी गरेको बाराही हाइड्रोपावर पब्लिक लिमीटेड कम्पनीले ॠण तिर्न नसकेपछी डिफल्टको सुचिमा परेको छ । यो कम्पनीको बित्तिय अवस्था हाल एकदमै खराब बनेको छ ।

हाल बजारमा ३५० हाराहारिमा कारोबार भईरहेको यो कम्पनी ॠणमा चुर्लुम्म डुबेको छ ।

आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरणअनुसार यस कम्पनीको कुल दायीत्व २३ करोड ६९ लाख रहेको थियो । त्यस्तै २५ करोड चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ १० करोड ३४ लाखले नेगेटिभ(घाटामा) छ । यस कम्पनिको नेटवर्थ पनि ५८.६३ रुपैयाँ रहेको देखिन्छ ।
कम्पनिले ॠणको पछिल्लो किस्ता बुझाउन नसक्दा कम्पनीलाई डिफल्टको सूचीमा राखिएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि पछील्लो किस्ता बुझाउन नसकेपछी आफ्नो रेटिङ ‘बी’ माइनसबाट डाउनग्रेड गरी ‘डी’मा झारिदिएको छ ।

कम्पनि श्रोत अनुसार हाल बाढीका कारण आयोजनाले विद्युत उत्पादन प्रभाबित भएसङ्गै आम्दानी नहुँदा पछील्लो किस्ता तिर्न नसकिएको हो ।

कम्पनिको व्यवस्थापनले आयोजनालाई ब्यबस्थित बनाउन ध्यान दिएको छैन । आइपिओ जारी गरेपस्चात अहिले व्यवस्थापनले लत्तो छाडीसकेको छ । कम्पनिको अवस्था एकदमै दयनिय र विकराल रहेको छ । यो आयोजना जुनसुकै बेला बन्द हुनसक्छ – आयोजना निकट श्रोतले भन्यो ।

कम्पनीको इपीएस पनि ७.०३ रुपैयाँले नेगेटिभ रहेको देखिन्छ ।

एनआरएनएले अब कम्पनी खोलेर सेयर बजारमा लगानी गर्न सक्ने, आइपीओ पनि निश्कासन गर्न पाउने

0

गैरआवासीय नेपालीहरुले सेयर बजारमा लगानी गर्नका लागि कम्पनी खोल्न सक्ने भएका छन । गैरआवासीय नेपालीले नेपाल सरकारसँग मिलेर छुट्टै इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने ब्यबस्था ब्यबस्था गरिएको हो । त्यसरी खोलेको कम्पनिले आइपिओ निस्कासन गर्न पनि पाउने छ ।

त्यस्तो आइपीओ खरीद तथा कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ ।

अर्थ मन्त्रालयले धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा सातौं संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

पूर्वाधारसम्बन्धी परियोजनाहरुमा शेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्नेगरी नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनीले राष्ट्रबैंकको स्वीकृति लिई कारोबार गर्न पाउनेछ । त्यस्तो कम्पनिमा विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र पाएका गैरआवासीय नेपालीकाले मात्र लगानी गर्न पाउनेछ्न ।

‘यसप्रकारको विदेशी मुद्राको सेयर, बण्ड र डिवेञ्चरमा लगानी गर्ने गरी निश्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकताप्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिप्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ ।’–मूल नियमावलीको दफा ९ को नियम ४१(ख)मा संसोधन गर्दै भनिएको छ ।

हेर्नुस्, सातौं संसोधन :

नयाँ ११ वटा नयाँ ब्रोकर कम्पनी थपिए , नेप्सेले दियो सदस्यता

0

थप ११ वटा नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)के यि ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । आज नेप्सेले ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता दिएसङ्गै नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ ।

नेप्सेबाट सदस्यता पाउने थप ११ वटा नयाँ ब्रोकर कम्पनीहरू यस प्रकारका छन् :

एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

0

आजको सेयर बजारमा दुई कम्पनिको मुल्यमा चलखेल भएको पाइएको छ । यो एकदम योजनाबद्ध रुपमा भएको हुन सक्छ ।

नत्र दिनभरजसो घटेको यि दुई कम्पनिको सेयर अन्तिम पाच मिनटमा कसरी अचक्ली बढ्न सक्छ ?

अन्तिम ५ मिनटमा लगानिकर्ता त्यती सकृय हुँदैनन । त्यही मौकाको फाईदा खेलाडिले उठाउछन ।

आज दिनभर घटेको यि दुई कम्पनिको सेयर मुल्य अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म बढाएको देखिन्छ ।

नेरुडे लघुबित्तको सेयर मुल्य अन्तिम पाच मिनटमा ५८५ देखी ६४७ पुर्याएको देखिन्छ । यो भनेको अन्तिम ५ मिनटमा लगभग १०.५ प्रतिसतको बढोत्तरी हो ।

त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको मुल्य पनि अन्तिम ५ मिनटमा ५०४.९७ देखी बढाएर ५६१ पुर्याएको देखिन्छ । यो भनेको लगभग ११ प्रतिसतको बढोत्तरी हो , त्यो पनि ५ मिनटको समयमा ।

यसरी हेर्दा , आर्थिक कागजले यि दुई कम्पनिको मुल्यमा खेलाडिले चलखेल गरेको आकलन गरेको छ । सामान्य अवस्थामा यस्तो हुदैन ।

हेर्नुस्, चित्रमा एनएमबी माइक्रोफाइनान्स

नेरुडे लघुबित्तको मुल्य

झिनो अङ्कले घट्यो सेयर बजार, एनएमबी माइक्रोफाइनान्सको सर्किट

0

आज सेयर बजार ६.४५ अङ्कले घटेको छ । आज ०.३२ प्रतिसतले घट्दै सेयर बजार १९६१.३७ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ७१ कम्पनिको मुल्य बढेको छ भने १५१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आजको दिन ७९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा एनएमबी माइक्रोफाइनान्स, नेरुडे माइक्रोफाइनान्स , सान्जेन जलबिद्युत, इङ्वा हाइड्रो ,अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा आरबिबी म्युचुवल फन्ड२, लिबर्टी ईनर्जी कम्पनी, आशा लघुबित्त,आत्मनिर्भर लघुबित्त, बाराही हाइड्रो पब्लिक कम्पनी लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा हिमालयन एभरेस्ट इन्सुरेन्स, साल्ट ट्रेडिङ कर्पोरेसन,आइएमई लाईफ इन्सुरेन्स, घोराही सिमेन्ट, एभरेस्ट बैंक लगायतका कम्पनिहरु रहेका छन ।

कालोसूचीमा परे १३ कम्पनी

0

विभिन्न १३ कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचिमा राखेको छ ।

१ वर्षका लागि कालोसूचिमा पर्ने कम्पनीहरुमा काठमाडौंको इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेर कन्स्ट्रक्सन प्रा।लि, बाँकेको बाबा इन्फ्रा प्रोजेक्ट प्रा।लि, पोखराको नव निर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, काठमाडौंको यु।डी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, दोखलाको पुतलीकाठ निर्माण सेवा प्रा लि र चितवनको अर्विन्द्र कन्स्ट्रक्सन रहेका छन् ।

काठमाडौंको चुलीडाँडा निर्माण सेवा नामक कम्पनीलाई १ वर्ष ६ महिनाका लागि ,मकवानपुरको शिवालय बिल्डर्स र बिराटनगरको आज्ञा एण्ड कम्पनी प्रा।लिलाई दुई वर्षका लागि कालोसूचिमा राखिएको छ ।

यसै गरी,लागि कञ्चनपुरको गणपति कन्स्ट्रक्सनलाई तीन वर्षको लागि कालोसुचिमा राखिएको छ । त्यस्तै, भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट प्रा लि र काठमाडौंको जोशी बिज हाउस प्रा।लिलाई कालोसूचिमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा राखेका यी कम्पनीहरुले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्कामा भाग लिन पाउने छैनन् ।

मिड सोलु हाइड्रोपावरको ६ लाख कित्ता आईपीओ आउँदै

0

मिड सोलु हाइड्रोपावर लिमिटेडले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने निर्णय गरेको छ। कम्पनिले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिसकेको छ ।

त्यस्तै, कम्पनिले ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि , ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आबेदन दिने ब्यबस्था मिलाईएको छ । त्यस्तै बिक्री प्रबन्धकको वेभसाइटमार्फत पनि आवेदन दिन सकिनेछ। त्यसका लागि वेबसाइटमा गएर रितपूर्वक विवरण भर्नु पर्नेछ ।

कम्पनिको आइपिओ निष्काशन बन्द हुने अन्तिम मिती असोज १ गते तोकिएको छ तर माग अनुसार आवेदन नपरेमा असोज ११ गते सम्म समय थप गरिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।