Home Blog Page 183

विकास बैंकको नाफा पौने १ अर्ब भन्दा बढी, गरिमा बिकासले कमायो सर्बाधिक नाफा

0

चालु आर्थिक बर्ष २०८०-८१को साउन महिनामा राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले पौने १ अर्ब भन्दा बढी कमाएका छन । तिनिहरुले एक महिनामा ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन ।

गरिमा विकास बैंकले यस अबधिमा सर्बाधिक कमाएको छ । गरिमा विकास बैंकले साउन महिनामा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । दोश्रो धेरै कमाउनेमा मुक्तिनाथ विकास बैंक देखिएको छ । यस बैंकले उक्त अबधिमा १६ करोड ८० लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यसै गरी कामना सेवा विकास बैंकले यस अबधिमा ८ करोड १३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको विवरण बाहिरिएको छ ।

यस्तै लुम्बिनी विकास बैंकको सोही अबधिको नाफा ७ करोड ९१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार, सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार रुपैयाँ र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

रिचेत जलविद्युतले आईपीओ ल्याउदै, अनुमति माग्दै सेबोनमा निबेदन

0

काठमाण्डौ । रिचेत जलविद्युत कम्पनीले आईपीओ ल्याउने निर्णय गरेको छ । कम्पनिले यसका लागि आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा कम्पनिले आईपीओ जारी गर्न अनुमती माग गर्दै निबेदन दिएको छ । यो सँङ्गै आबस्यक प्रकृया अगाडि बढाएको छ ।

कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको आईपीओ ल्याउने निर्णय गरेको छ । सोही अनुसार कम्पनिले सेबोनमा निबेदन दिएको छ । सेबोनले अनुमति दिएपछी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। अब एनआईएमबि एस क्यापिटलले कम्पनिलाई आइपिओ जारी गर्ने प्रकृया पुरा गर्न आबस्यक सहयोग गर्नेछ ।

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनले दियो अनुमति

0

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने भएको छ । त्यसका लागी नेपाल धितोपत्र बोर्डले आइपिओ निस्कासनको अनुमती दिएको छ ।

अब कम्पनीले १४ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

अब कम्पनिले आइपिओ निकासनका लागि आबस्यक बाँकी प्रकिया पुरा गरेर छिट्टै आइपिओ भर्न पाउने ब्यबस्था मिलाउनेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डले यस कम्पनीलाई अन्य समूह अन्तर्गत बर्गिकरण गरेको छ ।

कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।

१९ बीमा कम्पनीले झुटो विवरण पेश गरे, बिमा प्राधिकरणले कारबाही गर्दै

0

नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ।

नियमअनुसार बीमा कम्पनीहरुले प्रत्यक आर्थिक वर्षको असार मसान्तमा प्राधिकरणलाई आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी विवरण बुझाउनु पर्दछ । तर उक्त बुझाईएको विवरण झुटो रहेको देखिएपछी प्राधिकरणले आबस्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

आईआरएमआईएसमा सबमिट गरिएको विवरण र साउन १ गतेको स्थलगत निरीक्षणका गर्दा विवरण फरक परेकोले प्राधिकरणले गत साउन २९ गते १९ वटै बीमा कम्पनीलाई पत्र लेख्दै यसबारे एक हप्ताभित्र स्पष्टीकरण पेस गर्नु भन्दै पत्र काटेको थियो ।

कम्पनीहरुले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि प्राधिकरणले कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरण श्रोतका अनुसार १९ वटा कम्पनिले झुठा विवरण बुझाएको देखिएकोले ढिलोचाडो अबस्य कारबाही हुनेछ । यस अघी पनि गलत काम गर्दा प्राधिकरणले कम्पनीहरुलाई कारबाही गर्दै आएको छ ।

सिलवालका अनुसार झुटो विवरण बुझाउने १९ कम्पनीलाई के–कस्तो खालको कारबाही गर्ने भन्ने कुराको निर्णय बोर्डले गर्नेछ।

कसले बुझाए झुठा विवरण ?

झुटो विवरण बुझाउने कम्पनिहरुमध्ये जीवन बीमा कम्पनीरुमा हिमालयन लाइफ, सूर्यज्योति लाइफ, एसियन लाइफ, नेपाल लाइफ, नेसनल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ , आइएमई लाइफ रहेका छन । त्यस्तै प्रभु महालक्ष्मी पनि कारबाहीमा पर्ने छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी छन्।

यि कम्पनीले वास्तविक कारोबारभन्दा धेरै अंक उल्लेख गर्दै प्राधिकरणमा तथ्यांक पठाएका थिए ।

‘नबिल ब्यालेन्स्ड फन्ड-२’को लाभांश घोषणा गर्‍यो

0

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ ले २०७९–८०को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिले बैठक बसी यस म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनिले योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

बैठकले लाभांश वितरणार्थ यही असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ

नेपाल वेयरहाउजिङले साँढे १३ लाख भन्दा बढी कित्ता आईपीओ ल्याउने, बोर्डले दियो अनुमति

0

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपिओ आउने पक्का भएको छ । यसका लागि कम्पनिले धितोपत्र बोर्डबाट आईपीओ ल्याउने अनुमति पाएको छ।

सेबोनले नेपाल वेयरहाउजिङलाई १३ करोड ६५ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६५ हजार कित्ता आईपीओ ल्याउन अनुमती दिएको हो ।

यस कम्पनिले पहिलो चरणमा नियमानुसार कुल सेयर संख्याको १० प्रतिशत सेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्नेछ। त्यसपछि बाँकी आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिकटन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको छ र सोसमेत पुस महिनासम्ममा सञ्चालनमा आउनेछ।

यो कम्पनीको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।

त्यस्तै कम्पनीले देशका तीनवटा महत्वपूर्ण स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई भण्डारण सुबिधा प्रदान गर्ने छ। साथै भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धतिलाई व्यवस्थित योजना कम्पनिको रहेको छ ।

कम्पनीका परियोजनाहरुको कुल लागत रु. १६२.७५ करोड रहेकोमा रु. ९४ करोड ऋणबाट र बाँकी स्वपुँजीबाट लगानी परिचालन गरिने छ ।

कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टलगायतका लगानीकर्ताको लगानी रहेको छ।

कम्पनीको हालको चुक्तापुँजी रु. ५५ करोड रहेकोमा साधारण निष्कासनबाट रु. १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।

यती एयरलाइन्सको ४९% सेयर किन्दै एसियन लाइफ, बीमा प्राधिकरणले दियो अनुमति

0

एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको ४९ प्रतिसत सेयर खरिद गर्ने भएको छ । त्यसका लागि बिमा प्राधिकरणले अनुमति दिएको छ।

एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो । नेपाल बीमा प्राधिकरणले सबै मापदण्ड हेरेर एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको छ ।

एसियन लाइफले अधिकतममा प्रतिकित्ता १७० रुपैयाँसम्म यतिको सेयर किन्न अनुमति पाएको हो । एसियन लाइफले केही महिनाअघि यती एयरलाइन्सको डीडीए तयार सेयर किन्नका लागि अनुमती मागेको थियो ।

कम्पनिको आर्थिक संकट गहिरिएपछी व्यवसायलाई चलायमान बनाउन र बिस्तार गर्न यती एयरलाइन्सले आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको थियो। सेयर बिक्रीबाट प्राप्त रकम यतिले थप व्यवसाय विस्तार गर्न प्रयोग गर्नेछ ।

अब यती एयरलाइन्सले आईपीओ पनि ल्याउदै छ। आईपीओ ल्याउने उदेस्यले ३ महिनाअघिमात्रै कम्पनी प्रालिबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।

हाल यती एयरलाइन्सको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणले एसियन लाइफलाई अधिकतममा १ अर्ब ७५ करोड रुपैयाँसम्म यतीमा लगानी गर्न स्विक्रिती दिएको छ ।

नेपाल रिपब्लिक मिडियाले लाभांश नबाँड्ने

0

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश नबाड्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो।

कम्पनीले वार्षिक साधारणसभा कात्तिक ३ गते काठमाण्डौको जडीबुटीस्थित जडीबुटी इन्द्रेणी ब्यांक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेगरी बोलाएको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

साधारण सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारीत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेन : अध्यक्ष नेपाल

0

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्न प्रयत्न नगरेको बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न राम्रो प्रयत्न नगरेको आरोप लगाएका हुन्।

दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको जनाए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै कारण नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन। अन्धाधुन्ध भाउ एकैचोटी बढाउने। कुनै औचित्य छैन त्यसमा,’ उनले थपे, ‘थोरै-थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौं।’

चिरख्वा हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि असोज २३ देखी आउँदै

0

चिरख्वा हाइड्रोपावर लिमिटेडले आउदो असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ ।

कम्पनिले कुल ८ लाख ५९ हजार ३०० कित्ता १०० अंकित सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। यो सेयरमा आयोजना प्रभावित स्थानीयकाले नकिनेको १ लाख ९५ हजार ३०० कित्ता सेयर थपिएको हो ।

कम्पनीले आफ्नो कर्मचारीलाई १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको अवस्था छ।

लगानिकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिद आवेदन दिन सक्ने ब्यबस्था मिलाइनेछ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

चिरख्वा हाइड्रोपावरको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।