Home Blog Page 182

सिद्धार्थ बैंकले लाभांश घोषणा गर्‍यो

0

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

यो लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछी आगामी वार्षिक साधारणसभाबाट पारीत गरिने छ ।

अघिल्लो वर्ष २०७८–७९मा सिद्धार्थ बैंकले कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

बिभिन्न ५ वटा कम्पनीको आइपिओ आउँदै,जगदम्बा स्टिलले प्रिमियममा आइपिओ जारी गर्ने

बिभिन्न पाँच ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन । त्यसका लागी यि कम्पनिले बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

जगदम्बा स्टिल कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने भएको छ , त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनिले आइपिओ निस्कासनका लागि बोर्डमा निबेदन दिएको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने निर्णय गर्दै आबस्यक प्रकृया अगाडि बढाएको छ। कम्पनिले बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ।

सेयर बजारमा सामान्य सुधार, सिटी होटलको सर्किट

0

आज सेयर बजार ५.१६ अङ्कले बढेको छ । आज ०.२७ प्रतिसतले घट्दै सेयर बजार १८९४.७६ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १३९ कम्पनिको मुल्य बढेको छ भने ८५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सिटी होटल, मान्डु हाइड्रो, हाथवे इन्भेस्ट्मेन्ट, समता घरेलु लघुबित्त, सयपत्री हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा सानीमा जिआइसी इन्सुरेन्स, बुद्ध भुमी हाइड्रो, सुपर मादी हाइड्रो, बिपीडब्लु लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

शाइन रेसुंगा बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

आर्थिक वर्ष २०७९–८०का लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।

यस बैंकले आफ्नो सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जम्मा लाभांश मध्ये १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश छन्।

बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाख बढीले पाए सेयर

0

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे गरिएको हो ।

सोनापुर मिनिरल्सले कर्मचारीलाई छुट्याएको पौने ६ लाख बढी कित्ता सेयर कर्मचारीले नकिनेको पाएपछी उक्त सेयर पनि सर्वसाधारणलाई नै वितरण गरिएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

आबेदन परेकोमध्ये १ करोड १९ लाख ७५ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ५ हजार ६८९ आवेदकबाट परेको ९४ हजार ३७० कित्ता रद्द तथा बदर भएका छन्।

यो आईपीओमा गोलाप्रथाबाट बाँडफाँट गर्दा १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। जसअनुसार सदर आवेदकमध्ये ८ हजार ६३८ को हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

माण्डू हाइड्रो र हाथवे इन्भेष्टमेन्टको ओपनिङ रेञ्ज कती ? आजबाट कारोबार हुँदै

0

माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् ।

यी दुई कम्पनीका सेयर सूचीकरण भएपछी ओपनिङ रेन्ज तोकिएको छ ।

माण्डू हाइड्रोले पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज तोकिएको छ ।

कारोबारका लागि माण्डू(MANDU) सिम्बोल पाएको यस कम्पनिको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

यसैगरी, हाथवे इन्भेष्टमेन्टले दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम रु. २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज पाएको छ ।

यो कम्पनीले ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । यो कम्पनीको दोश्रो बजारमा कारोबारका लागि हाथी(HATHY) सिम्बोल दिईएको छ ।

यि दुबै कम्पनीको सेयर कारोबार दोश्रो बजारमा आजबाट कारोबार हुँदैछ ।

सवा ५ लाख बढी कित्ता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य २८०

0

आजबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर लीलाम बिक्रीमा राखिएको छ।

यस कम्पनीले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकेछन ।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ।

१९ अङ्कले घट्यो नेप्से , बजार १८००को लाइनमा

0

आज सेयर बजार १९.०६ अङ्कले घटेको छ । आज ०.९९ प्रतिसतले घट्दै सेयर बजार १८८९.५९ को बिन्दुमा बन्द भएको छ । यो सङ्गै बजार १८०० को लाइनमा झरेको छ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३१ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा अप्पर लोहोरे खोला हाइड्रो, इन्फिनिटी लघुबित्त, गुराश लघुबित्त, इङ्वा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बाराही हाइड्रोपावर, रावा ईनर्जी डिभलप्मेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स, श्वेत गंगा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सानीमा जिआइसी इन्सुरेन्स, नबिल बैंक, एनआइसी एसिया बैंक, शिभम सिमेन्ट, सिटिजन लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

0

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यसो भनेका हुन ।

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै अवस्थालाई राजनीतीकरण नगर्न समेत आग्रह गरेका छन ।

‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतीकरण नगरौं ।’

सिनर्जी पावर डेभलपमेन्टको अवितरित हकप्रद सेयर कात्तिक १ गतेदेखि लिलाम खुल्ने

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको छ ।

कम्पनीले कात्तिक १ गतेदेखि सेयर लिलाम खुलाउन लागेको छ । कम्पनिले यस अघि कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २: १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयर लिलाम प्रक्रिया मार्फतबाट बिक्री गर्न लागेको हो ।

लिलाम सेयरका लागि कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। जसमध्य आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर, असोज १६ गते बाँडफाँड गरी बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।

यस कम्पनिको स्सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५ लाख ६३ हजार २६१ कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।