Home Blog Page 179

बाह्यक्षेत्र सुधारेको भन्दै आईएमएफले राष्ट्रबैंकको प्रशंसा गर्‍यो

0

अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपालको बाह्य स्थिति सुदृढ भएको भन्दै मौद्रिक नीति बनाउने र कार्यान्वयन गर्ने राष्ट्रबैंकको प्रशंसा गरेको छ ।

टिडियान किन्डाको नेतृत्वमा आईएमएफको टोलीले सेप्टेम्बर २१ देखि अक्टोबर ५ सम्म काठमाडौंको भ्रमण गरेको थियो ।

आइएमएफको विस्तारिक क्रेडिट सुविधाको कार्यान्वयनको अवस्था बारे बुझ्न यस टोलीले बिभिन्न ब्यक्तीसङ्ग भेटेपछी जारी गरेको प्रेस नोटमा अर्थतन्त्रको बाह्य स्थिति सुदृढ भएकोमा प्रशंसा गरिएको हो ।

‘नेपालको बाह्य स्थिति सुदृढ भएको छ, विवेकपूर्ण वित्तीय र मौद्रिक नीतिहरूको कार्यान्वयनका कारण रेमिट्यान्स राम्रो भएको छ । क्षेत्रीय खाद्य मूल्यमा वृद्धि भए पनि पर्यटन महामारी पछि पुनः लयमा फर्किएको छ । यद्यपि, घरेलु मोर्चामा, गत वर्षको आयात प्रतिबन्ध र भूमि बजार र निर्माण इजाजतपत्रमा नियामक अनिश्चितता, कम ऋण प्रवाह, र ठूलो कोभिड पछि बसाइको सन्दर्भमा कमजोर घरेलु माग झल्काउँदै आर्थिक वर्ष २०२२-२३ मा वृद्धि सुस्त भएको अनुमान गरिएको छ।’

आर्थिक वर्ष २०२२-२३ को वित्तीय घाटा बढ्नुको मुख्य कारण राजश्वमा आएको कमी भएको आइएमएफले दाबी गरेको छ ।

उसले आर्थिक वर्ष २०२३-२४ मा नेपालको वृद्धि दर ३.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

अगस्टमा ७.५ प्रतिशतको उच्च विन्दूमा रहेको मुद्रा स्फिति घट्ने अपेक्षा गरिएको छ । ‘पूर्वाधार, विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानीले सम्भावित बृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएकाले नेपालको मध्यमकालीन दृष्टिकोण अनुकूल छ।’ प्रेस नोटमा भनिएको छ।

रियल स्टेट कर्जामा राष्ट्रबैंकले लियो नरम नीति, कस्तो छ नयाँ व्यवस्था?

0

नेपाल राष्ट्रबैंकले रियल स्टेट कर्जामा नरम निती लिएको छ ।

केन्द्रिय बैंकले आज एकीकृत निर्देशन जारी गर्दै रियल स्टेट कर्जामा लचकता देखाएको हो ।

एकीकृत निर्देशनमा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालूबीचको अनुपात(लोन टू भ्यालू रेसियो) बढीमा ५० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको हो ।

यसअघि यो रेसियो ४० प्रतिशत मात्र थियो ।

यस्तै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको यस्तो अनुपात बढीमा ६० प्रतिशत कायम गरिएको छ ।

घलेम्दी हाइड्र्रो पावरले २००% हकप्रद जारी गर्ने, बोर्डले अनुमति दियो

0

घलेम्दी हाइड्र्रो पावरले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

अब कम्पनीले १ : २ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्न यो हकप्रद जारी गर्न लागेको हो । यो आयोजना सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित रहेको छ । यसमा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न लागेको छ ।

राष्ट्रबैंकले सेयर धितो कर्जाको सिमा संसोधन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड बनायो

नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा आज संसोधन गरेको पहिलेको सिमालाई बढाएको छ ।

केन्द्रीय बैंकले आज एकीकृत निर्देशन जारी गरेर सेयर धितो कर्जाको सीमामा संसोधन भएको जानकारी दिएको हो ।

यो संसोधनसँगै अबदेखी व्यक्तिगततर्फको अधिकतम सिमा १५ करोड पुगेको छ भने संस्थागततर्फको सिमा बढेर २० करोड पुगेको देखिन्छ ।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ एकीकृत निर्देशनमा भनिएको छ ।

दोहोरो अङ्कले घट्यो सेयर बजार, १७२ कम्पनिको मुल्य घट्यो

0

आज सेयर बजार ११.०४ अङ्कले घटेको छ । आज ०.५६ प्रतिसतले घट्दै सेयर बजार १९५६.९२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ४८ कम्पनिको मुल्य बढेको छ भने १७२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १० करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा बाराही हाइड्रोपावर, ईस्टर्न हाइड्रो, हिमालयन लघुबित्त, प्रोगेसिभ फाइनान्स, अप्पर स्याङ्गे हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा इन्फिनिटी लघुबित्त, मध्य भोटेकोसी हाइड्रो, सिवाईसी नेपाल लघुबित्त, सामुदायिक लघुबित्त, दिव्यसवरी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाईफ इन्सुरेन्स , नबिल बैंक , सोटी होटल, सन नेपाल लाइफ इन्सुरेन्स, हिमालयन लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

सोनापुर मिनरल्सको आइपिओ आज साझ बन्द हुने

0

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । यस आइपिओमा आज बैंकिङ समयम्म मात्र आबेदन दिन सकिनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

यो आईपीओको निष्कासन बन्द छिटोमा हिजो असोज १७ गते बैंकिङ समयसम्म रहेको भएतापनी यस अबधिमा सबै कित्ता नबिक्ने अनुमान गर्दै समय थपिएको थियो ।

तर हिजो नै यस कम्पनिको आइपिओ ओभरसब्स्क्राइब्ड भएको हुँदा कम्पनिले थपिएको समय भन्दा अगाडि नै आइपिओ निस्कासन बन्द गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले एक सूचना प्रकाशित गरी आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने बह्नेको छ ।

सीडीएससीका अनुसार बुधबार साँझसम्म १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरिदका लागि आवेदन परेको छ, जुन मागभन्दा १.२१ गुणाले बढी हो।

नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई

0

नेपाल बैंकले कामु सीईओको जिम्मेवारी समता पन्तलाई दिएको छ।

असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएपछी सोही दिन बसेको समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्।

सिनर्जी पावरको साढे ५ लाख बढी कित्ता सेयर लिलाम बिक्री हुने

आफ्नो साढे ५ लाख बढी कित्ता सेयर सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलाम बिक्री गर्ने भएको छ ।

कम्पनीले अबितरित रुपमा रहेको हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले चुक्तापुँजीको ५० प्रतिशतले हुने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म खुला गरेको थियो।

यस कम्पनिले आबेदनपछी रितपुर्बक भरेका ४४ हजार ७९४ जना सेयरधनीलाई ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाडफाड गरेपनी ५ लाख ६३ हजार २६१ कित्ता सेयर बिक्री भएको थिएन ।

यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ कात्तिक १० बाट आउँदै

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीको आइपिओ कात्तिक १० गतेदेखि खुला हुने भएको छ । कम्पनिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्नेछ।

यस कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरिसकेको छ।
कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ।

यो आइपिमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

उनीहरुले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द आउँदो कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

चुप बस्दा अफबाहहरु फैलाएको भन्दै गभरनरले भने अब त अत्ति भयो, म पनि बोल्छु

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू चुपचाप बस्दा बजारमा विभिन्न खालका अफबाहहरु फैलाएको भन्दै अब चुप नलाग्ने बताएका छन ।

बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब आफु पनि सार्वजनिक रुपमा बोल्न थाल्ने बताएका हुन ।

म लामो समयदेखि चुपचाप बसेको छु, मान्छेहरुले यसलाई कुन अर्थमा बुझे मलाई थाहा छैन, अत्ति भयो अब २/४ दिनदेखि म पनि बोल्छु।

अहिले राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीकालाई धेरैले आलोचना गरिरहेका छन । सेयर लगानिकर्ताले त १२ करोडको सिमामा गभरनरलाई धेरै नै आलोचना गरिरहेका छन ।

गभर्नरले आफु चुप बस्दा अरुले यसलाई कमजोरिको रुपमा लिएको भन्दै बैंकक सिईओ सँग भने ‘अब तपाईंहरुमात्रै बोल्नु पर्दैन, म पनि बोल्छु, चुपचाप बस्नुलाई कमजोरीकोरुपमा लिनु हुँदैन, हामीले लिट्रेसी बढाउनै पर्छ,’ ।

गभर्नरले केन्दिय बैंकको नीति निर्देशनको अक्षरश पालना गर्न निर्देशन दिएका छन ।

कठिन परिस्थिती रहेको भन्दै अधिकारिले कर्जा असुलिमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘परिस्थिति कठिन छ भन्ने कुरा तपाईंहरुले बुझ्नुभएकै छ, कम्प्लायन्स कति पनि कम्प्रोमाइज नगरी कर्जा असूली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ’ ।

अर्का डेपुटी गभर्नर निलम तिम्सीनाले वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंक र बैंकहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको निधनका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।

पछिल्लो समयमा वित्तीय क्षेत्रमा अराजकता बढेको भन्दै यस्को समाधानका लागि सबैले ध्यान दिनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ थियो । साथै, भ्रामक सूचनाका विरुद्ध सबैले मिलेर आवाज उठाउनुपर्ने र त्यस्ता भ्रामक कुरालाई चिर्नुपर्ने उहिहरुको भनाइ रहेको थियो ।