Home Blog Page 180

अपर तामाकोसीको हकप्रद ७५ प्रतिसत बिक्री हुन बाँकी, हालसम्म २५ प्रतिसतमा मात्र आबेदन

कुनै बेला हकप्रद भन्ने बित्तिकै हकप्रद भर्न लगानिकर्ताहरु तछाडमछाड गर्थे । हकप्रद जारी गर्ने बित्तिकै कम्पनिको सेयर मुल्य आकासिने गर्थ्यो ।

तर अहिले धितोपत्र बोर्डले कमोजोर कम्पनिलाई पनी कम्पनिलाई हकप्रद जारी गर्न दिन थालेपछी लगानिकर्ताहरु हकप्रद भर्न छाडेका छन । धितोपत्र बोर्डका अध्यक्ष लाजै पचाएर हकप्रद जारी गर्ने नै कमजोर कम्पनीले बन्न थालेका छन । तर यसमा केही मात्र सत्यता छ । कम्पनिले ब्यवसाय बिस्तार गर्न पनि हकप्रद जारी गर्छन् ।

नियामकको यही व्यबहार र बोलिको प्रभाब अहिले कम्पनिहरुमा देखिन थालेको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद खुला छ । तर लगानिकर्ताले यसको हकप्रदलाई रुचाएका छैनन । मागबमोजिम आवेदन नपरेर यस कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको थियो । अब हकप्रद भर्ने म्याद सकिन ५ दिन मात्र बाँकी छ तर आबेदन न्युन मात्रामा परेको छ ।

हालसम्म कम्पनिको कुल हकप्रदमध्ये २५ प्रतिशत हाराहारी खरीदका लागि मात्रै आबेदन परेको देखिन्छ ।

सिडीएससीका अनुसार यो समाचार तयार पार्दासम्म २ करोड ७० लाख हाराहारी हकप्रद खरीदका लागि मात्र आवेदन परेको देखिन्छ ।

हालसम्म कुल निश्कासित कित्ताको २५.५० प्रतिशत हकप्रद बिक्री भयो अब ७४.४९ प्रतिशत हकप्रद बिक्री हुन बाँकी छ । । अब आजसहित ५ दिन मात्र आबेदन दिने समय बाँकी रहेको छ ।

यो कम्पनीले सेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद जारी गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।

कम्पनीले गत भदौ १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो। यसमा आवेदन दिने म्याद असोज ७ गतेसम्म थियो। तर, मागबमोजिम आवेदन नपरेकै कारण यो हकप्रद भर्ने म्याद बढाएर असोज २२ गतेसम्म पुर्याइएको हो ।

दोश्रो बजारमा कम्पनिको अन्तिम कारोबार मूल्य २११ रुपैयाँ प्रतिकित्ता रहेको देखिन्छ ।

कतिपयले यो कम्पनीको वित्तीय अवस्था कमजोर भएकोले, कतिपयले आर्थिक मन्दीको स्थिती रहेकोले, कतिपयले बजार डाउनट्रेन्डमा रहेको आदी कारण देखाउदै हकप्रद भरेका छैनन ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला

0

आजदेखी माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ छुट्याएको थियो।

कम्पनिले १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कम्पनीले ७५ हजार कित्ता सामूहिक लगानी कोषका लाग छुट्याएको छ।

त्यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरिसकेको छ ।

हाल स्थाननिय बासिन्दाले नकिनेको ९ हजार २०० कित्ता समेत थपेर सर्वसाधारणलाई कुल १२ लाख ८४ हजार २०० कित्ता बिक्री खुला गरेको हो ।

यस आइपिओमा लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्कासन बन्द छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गते बैंकिङ समयपछि हुनेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

मिर्मिरे लघुवित्तले असोज २५ बाट एफपीओ ल्याउँदै

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आउदो असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ ।

यस लघुबित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गर्नेछ।

कम्पनिको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन मिल्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो एफपीओको निष्कासन बन्द छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते बैंकिङ समयपछि हुनेछ।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

९ अंकले बढ्यो सेयर बजार, १७४ कम्पनिको मुल्य बढ्यो

0

आज सेयर बजार ९.२४ अङ्कले बढेको छ । आज ०.४७ प्रतिसतले बढ्दै सेयर बजार १९६७.९७ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १७४ कम्पनिको मुल्य बढेको छ भने ५२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा मध्य भोटेकोसी जलबिध्युत, बुद्ध भुमी हाइड्रो, इन्फिनिटी लघुबित्त, सिवाईसी नेपाल लघुबित्त, दिब्यसवरी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा समता घरेलु लघुबित्त, हिमालयन लघुबित्त, आशा लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट, एनआइसी एसिया बैंक, सन नेपाल लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

वाणिज्य बैंकका सीईओहरुसँग राष्ट्र बैंकको छलफल गर्दै, बिभिन्न आर्थिक बिषयमा छलफल हुने

0

नेपाल राष्ट्र बैंकले बिभिन्न आर्थिक विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकले छलफल कार्यक्रम बुधबार दिउँसो सवा ३ बजे होटल अलफ्टमा राखिएको छ ।

चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्नु अघी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा बुझ्नका लागि यो छलफल कार्यक्रम राखिएको बुझिएको छ ।

नियमित प्रकृतिको यो छलफलमा पछिल्लो आर्थिक अवस्था, राष्ट्र बैंकले नियमले पारेको असर, कर्जा असुलीको अवस्था लगायतका विषयमा जानकारी लिन यो छलफल राखिएको बुझिएको छ ।

छलफलमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर , रेगुलेसन विभाग प्रमुख, सुपरभिजन विभाग प्रमुख लगायतका राष्ट्र बैंकका उच्च अधिकारी सहभागी हुन लागेका छन । ।

५८ लाख बढी कित्ता सेयर नेप्सेमा सुचिक्रित

0

नेपाल स्टक एक्सचेन्जमा ५८ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको कुल ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

अपी पावरको करिब १२ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १००

0

अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखेको छ।

यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन सकिने गरी कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सर्बसाधारण तर्फको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको हुँदा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सेयर सबै कित्तामा आबेदन दिन सकिने कम्पनीले जनाएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आबेदन पेस गर्न सकिनेछ।

आबेदन पेस गर्ने अन्तिम मिति असोज २४ गतेसम्म रहेको छ।

लगानिकर्ताको सम्पती तहसनहस पार्न धितोपत्र बोर्ड लाग्यो : सांसद ढकाल

0

सांसद हरी ढकालले धितोपत्र बोर्ड नाम परिवर्तन गरेर अहिले ढिलोपत्र बोर्ड राख्नुपर्ने सुझाएका छन र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई भकाभक आईपीओ बाँड्न दिएर आपुर्ती बढाएको भन्दै सम्सदमा आक्रोश ब्यक्त गरेका छन ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नियामक निकाय सेयर लगानीकर्ताको सम्पत्ति तहसनहस पार्न लागेको दावी गर्दै यसको मुख्य कारण गलत नियुक्ती भनेका छन ।

उनले भनेका छन , ‘धितोपत्र बोर्डलाई मैले ढिलोपत्र बोर्ड भन्ने गरेको छु । लगानीकर्ताका लागि काम गर्न बनेको धितोपत्र बोर्डले केही पनि काम गर्दैन,’ उनले भने, ‘भरथेग सप्लाई छोड्नका लागि, नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई भकाभक आईपीओ बाँडनका लागि धितोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको छ । त्यसमा केही न केही भएर नै ढिलोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको हो ।’

ढकालले नियामक निकायल अनियन्त्रित भएर गलत काम गर्न उद्धत रहेकोतर्फ सन्केत गर्दै यसलाई राज्यको नियन्त्रणमा राख्न सरकारलाई आग्रह गरेका छन । धितोपत्र बोर्डमा सरकारले गरेको गलत नियुक्ती गलत भएको बताएका छन । उनको सङ्केत धितोपत्र बोर्ड प्रमुख रमेश कुमार हमालप्रती थियो । हमालले नेगटिभ नेटवर्थ भएका कम्पनिलाई आइपिओ निस्कासन गर्न दिएको र कमजोर कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै आक्रोश पोखेका छन ।

अर्थमन्त्री मैले भनेको गभर्नरले मानेनन् भनेर अर्थमत्री समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन । यस्तो जवाफ सुनेपछी अहिले अर्थमन्त्रालय ठूलो हो की राष्ट्र बैंक ठूलो हो भन्ने प्रश्न रहेको उनले बताए ।

उनले अगाडि भने ‘राज्यलाई एकै महिनामा ३ अर्ब २५ करोडसम्म कर बुझाएको पुँजीबजार ध्वस्त हुँदा अर्थमन्त्री, नियामक नियकालाई कुनै चासो छैन, यसमा सरकारको गम्भिर ध्यानाकर्षण हुन आवश्यक छ ।’

सेयर बजारमा १२ करोडको सीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगाएको र त्यो हटाउनु भन्न सबै लागि परेको ढकालले बताए । १२ करोडको सीमा लागू भएको २ वर्षपछि बल्ल नेकपा एमाले पनि यसको बिरोधमा देखिएको उनको तर्क छ ।

१७ अङ्कले घट्यो सेयर बजार

0

आज सेयर बजार १७.५६ अङ्कले घटेको छ । आज ०.८८ प्रतिसतले घट्दै सेयर बजार १९५८.७२ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ४४ कम्पनिको मुल्य बढेको छ भने १८७ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब १९ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनिहरुमा समता घरेलु लघुबित्त, घलेम्दी हाइड्रो, हिमालयन लघुबित्त, आशा लघुबित्त, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा सामुदायिक लघुबित्त, सिवाइसी नेपाल लघुबित्त, हुर्जा, रिभर फल्स पावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सिटिजन लाईफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, सिभम सिमेन्ट, सन नेपाल लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

नेपालको आर्थिक वृद्धिदर ३.९% हुने, अर्को बर्ष ५% सम्म पुग्नसक्ने : विश्व बैंक

0

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ।

सरकारले भने ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष लिएको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत थियो।

विश्व बैंकको नेपालको आर्थिक वृद्धिको लागि सहज बातावरण बन्दै गईरहेको जनाएको छ। मौद्रिक नीति खुकुलो बन्दै जानु, पर्यटन क्षेत्रमा सुधार आउनु, आयातमा लागेको प्रतिबन्ध हट्नुले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक हुने विश्व बैंकको बिस्लेषण रहेको छ।

विश्व बैंकले प्रतिबेदन सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान गरेको छ।

आर्थिक बर्ष ०८०-८१ मा मूल्यवृद्धि भने ७.५ प्रतिशत पुग्ने विश्व बैंकले अनुमान गरेको छ। राष्ट्र बैंकले यो बर्ष ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ।