Home Blog Page 178

दसैँ बिदामा पनि खुल्ने बैंकहरुका यि शाखाहरु, हेर्नुस् कहा कहाँ खुल्ला हुन्छन ? (सूचीसहित)

दसैँको बिदामा पनि बैंकहरुले आफ्ना शाखा कार्यालयहरु खुला गर्ने भएका छन्।

बैंकहरुले बिदाका दिन कात्तिक ४ गते (फूलपाती), कात्तिक ५ गते (अष्टमी), कात्तिक ६ गते (नवमी), कात्तिक ८ गते (एकादशी) र कात्तिक ९ गते (द्वादशी)का दिन दसैँ काउन्टर सञ्चालन गर्ने निर्णय गरेका छन्।

दसैंको टीकाका दिन भने सबै बैंकहरुको कार्यालयहरु खुल्ने छैनन ।

यस्ता छन् बैंकहरुको शाखा खुल्ने स्थान र समयतालिका

हालसम्मको जानकारी अनुसार

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ दसैंअघि नै भुक्तानी दिने तयारी

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी सरकारले दसैं अघि नै गर्ने निर्णय गरेको छ ।

गत बर्षको भुक्तानी दिन बाँकी ६ अर्ब रुपैया निर्माण व्यवसायीहरुलाई दसैं अघी नै भुक्तानी गरिने अर्थमन्त्रालयले जनाएको छ ।

निर्माण व्यवसायीको भुक्तानी दिन भनी आबस्यक निर्णय गरी अर्थ मन्त्रालयले मातहतका निकायलाई पत्र काटिसकेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैंअघिनै भुक्तानी गर्ने व्यवसायीहरुलाई वचन दिएका थिए ।

सरकारले निर्माण ब्यबसायिको ७ अर्ब रकम भुक्तानी दिन बाँकी रहेको छ ।

सोलु र टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

0

सोलु हाइड्रोपावर र टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न भएका छन । त्यसका लागि कम्पनिले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् ।

सोलु हाइड्रोले २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले गत असोज २३ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीले अनुमति पाएपछि १०० रुपैयाँ अंकित मूल्यमा २ करोड कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यस्तै, टक्सार पिखुवाखोलाले १०० रुपैयाँ अंकित दरमा ४२ लाख ३० हजार ६६८ कित्ता सेयर जारी गर्न लागेको छ ।

यस कम्पनीले गत असोज २६ गते आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएको यस कम्पनिले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

दशै अघिको अन्तिम दिन ४ अङ्कले घट्यो सेयर बजार

0

आज सेयर बजार ४.०५ अङ्कले घटेको छ । आज ०.२१ प्रतिसतले घट्दै सेयर बजार १९०३.८४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ८० कम्पनिको मुल्य बढेको छ भने १५० कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ९७ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा बिपीडब्लु लघुबित्त, सानीमा जिआइसी इन्सुरेन्सका साथमा केही म्युचुवल फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा अप्पर सोलु ईलेक्ट्रिक, ईनफिनिटी लघुबित्त, आशा लघुबित्त, सयपात्री हाइड्रो, ज्योति बिकास बैंक लगायतका कम्पनीहरु रहेका छन ।

पाँच महिनाको अबधिमा ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात

0

नेपाल विद्युत प्राधिकरणले पाच महिनामा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा पठाउन थालेको थियो ।

गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

सुनको मुल्य बढ्यो

0

नेपाली बजारमा बिहीबार पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा

0

एनआइसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ ५ बजे बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित पछी सेयरधनिले यो लाभाम्स पाउनेछन ।

हिमालयन रिलाई प्रिमियम मूल्यमा ६ अर्ब बढीको आईपीओ ल्याउन बोर्डको अनुमति, बोर्डमाथी लगानिकर्ताको आसङ्का

प्रिमियम मूल्यमा आईपीओ जारी गर्नका लागि हिमालयन रिइन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार हिमालयन रिलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिएको हो।

हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति जानकारी प्राप्त भएको छ । हिमालयन रिले गत भदौ २६ गते अंकित मूल्यमा १०८ प्रिमियम थपी २०८ रुपैयाँमा आईपीओ ल्याउन माग गर्दै धितोपत्र बोर्डमा आबेदन दिएको थियो ।

अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ।

हिमालयन रिको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ।

यस कम्पनिलाई प्रिमियम आइपिओ जारी गर्न दिएकोमा लगानिकर्ताले भने आर्थिक प्रलोभनमा परेको आसन्का गरेका छन । एक लगानिकर्ता भन्छन , ” हिमालय रिलाई लाइसेन्स अनुमती दिदा पनि राजनैतीक र आर्थिक दबाब र प्रभाबमा परेर लाइसेन्स दिएको सुनिएको थियो , फेरी अहिले आइपिओ ल्याउदा पनि आर्थिक प्रभाबमा पारेर प्रिमियममा आइपिओ जारी गर्ने निर्णय गराएछ । ” उनी थप्छन ” सेबोनको अहिलेको नेत्रित्वले प्रिमियम आतंक मच्चायो, सप्लाई मात्र बढायो , माग बढाउने तफ सिन्को भाचेन “

हुन त धितोपत्र बोर्डले यही कम्पनिलाई लक्षित गर्दै धितोपत्र दर्ता तथा निष्काशन सातौं नियमावली संशोधन गरेको थियो ।

अहिले लगानिकर्ताले प्रिमियममा आइपिओ जारी गर्न दिएको बारे धेरै लगानीकर्ताले अहिलेको सेबोनको नेत्रित्वप्रती आक्रोश पोखिरहेका छन ।

भिजन लुम्बिनी उर्जाको आईपीओ सर्बसाधारणका लागि कात्तिक १६ गतेदेखि निस्कासन हुने

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले यस अधि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरिसकेको छ ।

यस जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस कम्पनिको आइपिओमा न्यूनतम १० कित्ता अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आबेदन दिन सकिन्छ ।

यस कम्पनिको आइपिओ निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते हुनेछ ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यस कम्पनिलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

१० प्रतिशत ब्रोकर कमिसन घटाउने बोर्डको निर्णय

0

नेपाल धितोपत्र बोर्डको संचालक समितिको बुधबार सम्पन्न बैठकले ब्रोकर कमिसन १० प्रतिशत घटाउने गरी निर्णय गरेको हो ।

अब यो निर्णयलाई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइनेछ । अर्थ मन्त्रालयले स्विक्रिती दिएपछी मात्र कार्यान्वयनमा आउने छ ।

हालको कमिसनको माथिल्लो सिमा ०.४० प्रतिशत रहेको छ भने तल्लो सिमा ०.२७ प्रतिशत रहेको छ। अर्थमन्त्रालयले बोर्डको निर्णय स्वीकृति भए माथिल्लो सिमा घटेर ०.३६ प्रतिशत रहने र तल्लो सिमा घटेर ०.२४३ प्रतिशत हुनेछ ।