Home Blog Page 177

के सेयर बजार सरकारलाई चाहिदैन ?

0

अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ। मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो।

सम्माननीय प्रधानमन्त्रीज्यू, यो संकटमा आफू सँगै आफ्ना सानातिना व्यवसायहरु अब उठाउन सकिन्छ कि भन्ने आत्मबल चाहिँ बटुलिरहेका हौँ। त्यसैले महासंघको कार्यकालको छ महिनामा हामी व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रमहरु गरिरहेका छौँ।

महासंघ ७७ वटै जिल्लामा पुगेको छ र यो परिवारका सदस्य करिब ६ लाख पुगेका छन्। उहाँहरुको आशा र भरोसालाई हामीले अगाडि बढाउनु छ। उहाँहरुको समृद्धि कुनै न कुनै रुपमा महासंघसंग जोडिएको छ। अध्यक्षको नाताले त्यसको जिम्मेवारी म र हामी कार्यसमिति पदाधिकारीको काँधमा आएको छ।

म नेतृत्वमा आएलगत्तै निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि राष्ट्रियसभाले विधेयक पारित गरेको थियो। हतार हतार सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै राजनीतिक दलका अध्यक्षज्यूहरु, तथा उच्च पदाधिकारीहरुसमक्ष पुग्यौ। यहाँहरु सबैको सदासयताले यो व्यवस्था रोकिएको थियो तर हिजो देखि हामीलाई कुनै जानकारी नै नदिई पुन: यसमा छलफल सुरुभएको छ। यसले निजी क्षेत्रलाई फेरि हतोत्सायी बनाएको छ।

त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका समयमा निक्कै मिहिनेत गरेर नेपाल भारत बिजनेस समिट गर्यौँ। हामीले विदेशी लगानी बढाउने वाचा त गर्यौ, तर गत आर्थिक बर्षमा अघिल्लो बर्षभन्दा ६० प्रतिशत कम अर्थात् करिब ७ अर्ब मात्र लगानी भित्रियो।

नेपालमा संचालित प्राय सबै वहुराष्टिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन। अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ। कतै हाम्रो कार्य प्रणाली भित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ।

यो अर्थतन्त्रमा निराशाको एउटा सूचक हो। यस्ता सूचक हरु बढदै गएर अर्थतन्त्र मन्दीमा जाने हो। नेसनल व्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो।

सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ बर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो केहि घटनाक्रम सम्झन चाहन्छु।

यसपटकको बजेटमा पनि हामीले आशा गरेका थियौं। हामीले आग्रह गरेका थियौ। अर्थतन्त्र मन्दीमा गैसक्यो, सरकारको विशेष सहयोग बजेट मार्फत चाहिन्छ भनेर। केहि दिर्घकालीन सकारात्मक प्रभाव पर्ने बिषय बजेटमा समेटिए। जस्तो कि जग्गा र वातावरणीय प्रभाव सम्बन्धि बिषय। खनिजजन्य पदार्थको उत्खनन र निर्यातका बिषय। जसलाई हामीले स्वागत गर्यौं। तर मन्दीलाई सम्बोधन गर्ने बिषय बजेटमा समेटिने अपेक्षा हामीले गरेका थियौँ। तर समेटिएन।

त्यसपछिको हाम्रो आशा मौद्रिक नीतिमा थियो। ठूलो अपेक्षा सहित निजी क्षेत्रका तिनवटै संस्थाले संयुक्त सुझाव पेश गर्यौ। मौद्रिक नीति सार्वजनिक हुनु एक महिना अघि हामी र अन्तर्राष्ट्रिय वित्त निगमले एउटा प्रतिवेदन सार्वजनिक गरेका थियौ। जस अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ८१ प्रतिशत देखिएको थियो।

निजी क्षेत्रमा करिब ६० लाखले रोजगारी पाएका छन्। ९५ प्रतिशत भन्दा बढि निर्यात निजी क्षेत्रको छ। ८० प्रतिशत भन्दा बढि राजश्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका छन्। हामीलाई आशा थियो यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्राय सबै संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ। तर भएन।

मैले राम्रोसँग बुझेको छु, सबै पेशाको विशेष महत्व छ। डाक्टरले हाम्रो ज्यान बचाउने क्षमता राख्छन। त्यसैले हामी भगवान पनि भन्छौ। तर डाक्टरका लागि अस्पताल कि त सरकारले बनाइदिनुपर्यो कि निजी क्षेत्रले।

इन्जिनियरले अदभूत संरचना निर्माण गर्न सक्छन्। तर लगानी त कि सरकारले गर्नुपरो कि निजी क्षेत्रले। पत्रकारले समाजलाई सुसूचित गर्ने र डोर्याउने काम गर्न सक्छन। तर मिडिया त कि सरकारले खोलिदिनुपर्यो कि निजी क्षेत्रले।

सरकारले यसरी लगानी गर्न कहाँबाट पैसा ल्याउछ त यो पनि एक पटक हेरौ। सरकारी बजेटका मुख्य चार स्रोत हुन्छन्। राजश्व, विदेशी ऋण, विदेशी अनुदान र स्वदेशी ऋण। अब के मैले भनिरहनुपर्छ यसमा सबैभन्दा बढि योगदान कस्को छ। अवश्य राजश्वको छ। त्यो कहाँबाट आउँछ त ? त्यसैले म भन्न चाहन्छु, लगानी, उत्पादन, रोजगारी, राजश्व र वृद्धिको मुख्य स्रोत निजी क्षेत्र हो। तर यो निजी क्षेत्र मौद्रिक नीतिमा पनि निराश भयो।

त्यसपछि गत बर्ष निजी क्षेत्रको विरोधका वावजुद जारी भएको चालु पूँजी मार्गदर्शनमा संसोधन हुने भयो। हामी खुशी भयौ। संसोधन भएर पनि आयो। निजी क्षेत्रको आंशिक माग संसोधन पनि भयो। तर त्यही दिन एकिकृत निर्देशनमा संसोधन भएर आयो। त्यसमा के भनियो भने एउटा साझेदार निष्कृय कर्जाको सूचीमा पर्यो भने अर्को पनि पर्यो। बक्यौता किस्ता तिरे पनि वाच लिष्टबाट हट्न ६ महिना लाग्छ। अब के भन्ने ?

निजी क्षेत्रलाई किन सहुलियत नदिइएको भनेर सोध्यौ भने, अहिले नै कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत कर्जा गैसक्यो तर पनि आर्थिक वृद्धि भएन त्यही भएर नदिएको भन्ने जवाफ आउँछ। हो ९० प्रतिशत कर्जा प्रवाह भएर पनि किन वृद्धि भएन अध्ययन गरौं न। यत्तिकै दोष जति उद्यमी व्यवसायीलाई दिएर उम्किन मिल्छ ?

सहज हुँदा बैंक वित्तिय संस्थाले पनि कर्जा दिएकै हुन्। केन्द्रिय बैंकले पनि त्यो ऋण अनुगमन गरिरहेकै हो। अनि दोषजति उद्यमी व्यवसायीलाई मात्र लगाउनु राम्रो भएन। यसरी सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेरै निकालौं भन्ने मेरो भनाई हो।

त्यो ९० प्रतिशत भित्र कति उत्पादनमूलक क्षेत्रमा र कति अन्यत्र गएको छ हेरौँ। आर्थिक वृद्धिका लागि के कर्जामात्रै आवश्यक हुन्छ वा अन्य पनि। सरकारले खर्च गर्नुपर्छ कि पर्दैन ?

म अर्थशास्त्रीज्यूहरुलाई पनि भन्न चाहन्छु। यहाँहरुले निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, शेयर र व्यापार मात्रै लगानी गरेका छन भनेर लेख्ने बोल्ने गर्नु भएको छ। के यी क्षेत्र चाहिँदैनन र ? संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो। फेरि अन्यत्र भएको लगानी पनि त हामीले हेर्नुपर्छ।

लगानीका अवसर नभएपछि कर्जाको केहि रकम जग्गा र सेयरमा गएको होला। यहाँहरुले के बुझिदिनुपर्यो भने अन्यत्र भएको लगानी पनि बजारमा माग नहुँदा खुम्चिदै गएको छ। बैंक वित्तिय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरुको खराब कर्जा (एनपिए) बढदै गएको छ।

अहिले बिजुली उत्पादन भएको छ तर बेच्न पाइएको छैन। उत्पादनमूलक उद्योग संचालन गर्न झन कठिन छ। त्यसै कारण व्यापारमा रुची हुन्छ। तै पनि हामी काम गरिरहेका छौ।

समस्या यथावत नै रहेका बेला डेडिकेटेड फिडर र टंकलाइनको बिषय आयो। अध्ययन नगरि सबैले रकम बुझाउन सूचना जारी भयो। हामी फेरि सम्माननीय प्रधानमन्त्रीज्यु कहाँ गयौ। यहाँले तत्काल लाइन नकाट्न निर्देशन दिएपछि केहि राहत भएको छ।

सम्माननीय प्रधानमन्त्रीज्यू यहाँले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ। हामी निक्कै आभारी छौ र धन्यवाद पनि दिन चाहन्छौ।

हामीले यहाँकै उपस्थितिमा चीनमा पनि नेपाल चीन लगानी सम्मेलन गर्यौ। सिसिपिआइटीले सम्मानसाथ नेपालसंग सहकार्य गर्ने गरि कार्यक्रम आयोजना गर्यो। लगानीका लागि रुचि पनि देखाएका छन्। तर हामी उहाँहरुलाई बोलाएर के अफर गर्ने।

हाम्रा मूलभूत समस्या अझै समाधान भएका छैनन्। लगानीकर्ताले निक्कै सकस भोग्नु परिरहेको छ।

सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यु, श्रीमान मुख्य सचिवज्यू, यहाँ उपस्थित विद्धत वर्ग सहित विकास साझेदार अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि म भन्न चाहन्छु, के निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ ? नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी व्यवसायीको संस्था हो। त्यसैले हामीले सरकार र सरकारका निकायलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति, व्यवसायी या संस्था विशेषको होइन। तर पनि कतिपय निर्णय व्यक्ति र संस्था हेरेर गर्ने गरिएको पनि छ, जुन दुर्भाग्यपूर्ण छ।

बिकास साझेदारहरुसंग पनि समदुरी आवश्यक छ। अर्थतन्त्र संचालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, अप्ठेरोका लागि होइन।

अहिले विदेशी दात्री निकायको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको छ। यदि हाम्रा सबै सूचक ठिकठाक छन र मिल्छ भने त्यो ऋण तिरिदिए पनि हुन्छ।

निजी क्षेत्र चलायमान हुन नसक्दा राजश्व घटिरहेको विदितै छ। सरकारी खर्च चलाउन आर्थिक बर्षको शुरु देखि नै आन्तरिक ऋण उठाउन थालिएको छ। उच्च मुल्यवृद्धि छ।

हामी चाहन्छौ एउटा पारदर्शी र निजी क्षेत्र मैत्री प्रणालीको बिकास होस। साना उद्यमी जसको पहुँच छैन उहाँहरुलाई सहयोग बढि चाहिन्छ। उहाँहरुले सहज रुपमा व्यवसाय गर्ने वातावरण वनाइदिनुपर्छ। त्यसतर्पm हामी सबै प्रयास गरौं।

किनभने अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन्। सेयर बजार लक्षित केन्द्रिय बैंकको नीति लगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ। हामीले समयमा सही नीति लिन सकेनौ। अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन।

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ। बैंक वित्तिय संस्थाहरुसंग करिब ५ खर्ब रुपैया लगानी गर्न सक्ने रकम छ। आपूर्ति अधिक हुँदा ब्याज घटनुपर्ने हो र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो। त्यसो हुन सकेको छैन्। विदेशी विनिमय संचिति सम्भवत: हालसम्मकै उच्च छ। भारतसंग स्थिर विनिमयदरका कारण कुनै ठूलो विनियम जोखिम पनि छैन।

रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रुपैया भित्रिएको छ। यसले न बजारमा माग बढाएको छ न औपचारिक रुपमा आयात नै उच्च भएको छ। यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको छ। यो मूलत: सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घटेको छ भने बजार भाउ निरन्तर बढिरहेको छ। यसलाई अहिले पनि हल गरेनौ भने जोखिम गहिरिँदै जानेछ।

अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ। अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी देखिएको छ। उक्त आयोगको अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यू नै रहने र निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रुपमा समावेश हुनुपर्नेछ। आयोगमा अर्थ तथा उद्योग मन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायका उच्च नेतृत्व रहनु सान्दर्भिक हुनेछ।

यस्तो आयोग बनाउँदा खर्च बढ्ने हुँदा आयोगका पदाधिकारीहरु अवैतनिक रुपमा नियुक्त हुनुका साथै मितव्ययी रुपमा कामगर्ने गरी कार्यविधि निर्माण गर्न सकिन्छ। यसको संचालनका लागि आवश्यक मात्रामा निजी क्षेत्रले पनि योगदान दिन सक्नेछ।

हामी सबै पक्ष मिलेर काम गर्यौ भने सबै समस्याको समाधान सम्भाव छ। नेपालको निजी क्षेत्र दरिलो छ। नेपालको निजी क्षेत्र कोभिड लगत्तै झण्डै ६ प्रतिशतको आर्थिक वृद्धि दिनसक्ने क्षमताको हो। त्यसैले निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्छ। हामीले निजी क्षेत्रको मर्यादाक्रमको बिषय पनि उठाएका छांै। सम्माननीय प्रधानमन्त्रीज्यू मुख्य सचिवज्यू सकारात्मक हुँदाहुँदै पनि काम हुन सकेको छैन।

यी र यस्ता कैयौँ विषयप्रति सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरु, श्रीमान् मुख्य सचिवज्यू तथा सचिवज्यूहरुले नै सार्वजनिक रुपमै प्रतिबद्धता गर्नुभएको भए पनि कार्यान्वयनमा नआउँदा हामीलाई दुख लाग्नु स्वभाविकै हो। यहाँसम्म कि कतिपय अवस्थामा त मन्त्रिपरिषदका निर्णय नै कार्यान्वयन हुन नसकेको अनुभव पनि हामीसँग छ। सम्माननीय प्रधानमन्त्री ज्यू, यस्ता कार्यन्वयनमा हुने ढिलासुस्ती हटाउन पर्छ भन्ने हाम्रो भनाई हो।
त्यसैले पनि अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एक ठाउँमा आएर सामुहिक रुपमा अहिलेको अवस्थाबाट बाहिर आउनको लागि पहल गरौँ। निजी क्षेत्रको तर्फबाट महासंघले यसको सुरुवात गरेको छ। सुधारको लागि सबै पक्षको सहकार्य जरुरी हुन्छ।

अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्यू लगायत हाम्रो निमन्त्रणा स्वीकार गरेर पाल्नु भएको सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु।

(राजधानीमा बिहीबार आयोजित ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा राखिएको विचार)

सिद्धार्थ बैंकले लाभांश घोषणा गर्‍यो

0

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

यो लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछी आगामी वार्षिक साधारणसभाबाट पारीत गरिने छ ।

अघिल्लो वर्ष २०७८–७९मा सिद्धार्थ बैंकले कुल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

बिभिन्न ५ वटा कम्पनीको आइपिओ आउँदै,जगदम्बा स्टिलले प्रिमियममा आइपिओ जारी गर्ने

बिभिन्न पाँच ओटा कम्पनीले आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन । त्यसका लागी यि कम्पनिले बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

जगदम्बा स्टिल कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने भएको छ , त्यसका लागि आबस्यक प्रकृया कम्पनिले अगाडि बढाएको छ । यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनिले आइपिओ निस्कासनका लागि बोर्डमा निबेदन दिएको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने निर्णय गर्दै आबस्यक प्रकृया अगाडि बढाएको छ। कम्पनिले बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ।

सेयर बजारमा सामान्य सुधार, सिटी होटलको सर्किट

0

आज सेयर बजार ५.१६ अङ्कले बढेको छ । आज ०.२७ प्रतिसतले घट्दै सेयर बजार १८९४.७६ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १३९ कम्पनिको मुल्य बढेको छ भने ८५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सिटी होटल, मान्डु हाइड्रो, हाथवे इन्भेस्ट्मेन्ट, समता घरेलु लघुबित्त, सयपत्री हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा सानीमा जिआइसी इन्सुरेन्स, बुद्ध भुमी हाइड्रो, सुपर मादी हाइड्रो, बिपीडब्लु लघुबित्त लगायतका कम्पनिहरु रहेका छन ।

शाइन रेसुंगा बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

आर्थिक वर्ष २०७९–८०का लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।

यस बैंकले आफ्नो सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जम्मा लाभांश मध्ये १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश छन्।

बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाख बढीले पाए सेयर

0

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे गरिएको हो ।

सोनापुर मिनिरल्सले कर्मचारीलाई छुट्याएको पौने ६ लाख बढी कित्ता सेयर कर्मचारीले नकिनेको पाएपछी उक्त सेयर पनि सर्वसाधारणलाई नै वितरण गरिएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

आबेदन परेकोमध्ये १ करोड १९ लाख ७५ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ५ हजार ६८९ आवेदकबाट परेको ९४ हजार ३७० कित्ता रद्द तथा बदर भएका छन्।

यो आईपीओमा गोलाप्रथाबाट बाँडफाँट गर्दा १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। जसअनुसार सदर आवेदकमध्ये ८ हजार ६३८ को हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

माण्डू हाइड्रो र हाथवे इन्भेष्टमेन्टको ओपनिङ रेञ्ज कती ? आजबाट कारोबार हुँदै

0

माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् ।

यी दुई कम्पनीका सेयर सूचीकरण भएपछी ओपनिङ रेन्ज तोकिएको छ ।

माण्डू हाइड्रोले पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज तोकिएको छ ।

कारोबारका लागि माण्डू(MANDU) सिम्बोल पाएको यस कम्पनिको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

यसैगरी, हाथवे इन्भेष्टमेन्टले दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम रु. २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज पाएको छ ।

यो कम्पनीले ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । यो कम्पनीको दोश्रो बजारमा कारोबारका लागि हाथी(HATHY) सिम्बोल दिईएको छ ।

यि दुबै कम्पनीको सेयर कारोबार दोश्रो बजारमा आजबाट कारोबार हुँदैछ ।

सवा ५ लाख बढी कित्ता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य २८०

0

आजबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर लीलाम बिक्रीमा राखिएको छ।

यस कम्पनीले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकेछन ।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ।

१९ अङ्कले घट्यो नेप्से , बजार १८००को लाइनमा

0

आज सेयर बजार १९.०६ अङ्कले घटेको छ । आज ०.९९ प्रतिसतले घट्दै सेयर बजार १८८९.५९ को बिन्दुमा बन्द भएको छ । यो सङ्गै बजार १८०० को लाइनमा झरेको छ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ३१ कम्पनिको मुल्य बढेको छ भने १९३ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब २८ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा अप्पर लोहोरे खोला हाइड्रो, इन्फिनिटी लघुबित्त, गुराश लघुबित्त, इङ्वा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बाराही हाइड्रोपावर, रावा ईनर्जी डिभलप्मेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स, श्वेत गंगा हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सानीमा जिआइसी इन्सुरेन्स, नबिल बैंक, एनआइसी एसिया बैंक, शिभम सिमेन्ट, सिटिजन लाइफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

0

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यसो भनेका हुन ।

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै अवस्थालाई राजनीतीकरण नगर्न समेत आग्रह गरेका छन ।

‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतीकरण नगरौं ।’