आज असोज २९ गतेबाट दसैँका लागि नयाँ नोट साट्न पाइने भएको छ।
गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले सुबिधा दिएको भएपनी नयाँ नोटको सहटी सुबिधा यो बर्ष भने आजबाट मात्र उपलब्ध हुनेछ ।
राष्ट्र बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरु, वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत, यसैगरी काठमाण्डौ उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार यसपालि सधाजस्तै एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल गरेर जम्मा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्।
यसपालि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआरको पनि सुविधा उलब्ध गराइएको छ।
भोलिबाट मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लीलाम बिक्रीमा राखिने भएको छ ।
कम्पनिले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता गरी कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लीलाम बिक्रिमा राख्ने भएको हो ।
यस सेयरको न्यूनतम १०० रुपैयाँ राखिएको छ भने बोलपत्र पेस गर्ने अन्तिम मिती आउँदो कात्तिक १३ गतेसम्म रहेको छ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।
सेयर मार्केटका एक लगानीकर्ता दीपेन्द्र अग्रवालले नयाँ स्टक एक्सचेञ्ज ल्याउन ५ अर्ब रुपैयाँको चलखेल हुँदै गरेको गम्भिर आरोप लगाएका छन् ।
नेपाल सेयरधनी संघको प्रथम वार्षिक साधरण सभामा बोल्दै अग्रवालले यस्तो आरोप लगाएका हुन । उनले धितोपत्र धितोपत्र बोर्ड अध्यक्ष हमालले लगानिकर्तालाई धोका दिईरहेको भन्दै भन्छन , ‘हमालले ब्रौकरेज फि कम गर्छु, हकहित रक्षा गर्छु भन्छन् तर त्यो काम आजसम्म भएको छैन । अव उनको कार्यकाल २ महिना मात्रै रहेको छ । उनले अब केही गर्नेवाला छैनन् हामी सतर्क हुनुपर्छ ।’
उनले ठूलाले नै नियामकसँग मिलेर इन्साइडिङ ट्रेडिङ गरेको आरोप लगाउदै भने, ‘यही कारणले अहिले ६० लाख लगानीकर्ता सडकमा पुगेका छन् । नयाँ स्टक एक्सचेञ्जमा चलखेल गर्नु भन्दा टीएमएसमा लगानी गर्न उपयुक्त हुन्छ ।’
कार्यक्रममा अर्का लगानिकर्ता छोटेलाल रौनियारले सेयर लगानीकर्ताले ३२००को बिन्दुबाट बजार झर्दा १८ खर्ब रुपियाँ गुमाएको बताएका छन्
नेपालको पुरानो सँस्था नेपाल धितोपत्र सँघका प्रकाश रजौरेले पनि पूँजीबारमा सवैतर्फबाट व्यवधान खडा भएकोले सबै लगानीकर्ता सजग र सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले टीएमएस र मेरो सेयरमा सिन्क्रोनाइज नहुँदा टी प्लस टु सेयर कारोबार गर्न समस्या भएको भन्दै भने, ‘बरु टी प्लस टू भन्दा पहिले आजको भोलि नै सेयर बेच्न मिल्थ्यो तर अहिले नमिल्ने अवस्था भयो ।’
सेयर लगानीकर्ता तिलक कोइरलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालै लगानीकर्ताहरुले हालेको मुद्दामा सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल सेयर धनी संघका उपाध्यक्ष कमलराज अधिकारीले नेपाल सेयर धनी संघ १० महिनामा नै हरेक वर्ष साधारण सभा गरेर नेतृत्व चयन गर्नेमा पहिलो बनेको र यसलाई सवैको साथ र सहयोग आवश्यक रहेका बताए ।
प्रिमियम आतंक मच्याएको भन्दै अख्तियारमा लगानिकर्ताहरुले उजुरी दिएका छन ।
लगनिकर्ताहरुले नियमबिपरित नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल (जो जो संलग्न छनु समेतको मिलेमतोमा लगानिकर्तालाई मार पार्ने काम गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन ।
उजुरिमा भनिएको छ , बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौ
बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा रहेको प्राबधानअनुसार बिमा कम्पनिले सर्बसाधारणबाट सेयर खरिदकालागि दरखास्तआब्हानगर्दा सेयरको अंकितमुल्यको शतप्रतिशत रकममागगर्नुपर्नेछ भनिए पनि त्यसबिपरित मिलोमतोमा प्रिमियममा आइपिओ जारी गर्न दिने बिमा प्राधिकरण र धितोपत्र बोर्ड अध्यक्ष लगायत संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
उजुरिमा निम्नलिखित मागदावी गरिएको छ ।
१. नेपालधितोपत्रबोर्डकाअध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेललगायत (जो, जो संलग्न छन् ) ले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र रिलायवल लाईफसहित चार वटा बीमा कम्पनीहरुलाई अंकित मूल्य भन्दा बढी रकम सर्बसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानून विपरितको कार्य र अख्तियार दुरुपयोग गरेका छन् । निजहरुले हिमालयन रि ईन्स्योरेन्सलाई अंंकित मूल्य भन्दा बढी सर्बसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकोले यसअघि भए गरेका गैरकानुनीकार्यहरु बदर गराउन, हुुनलागेका गैरकानूनी कार्य रोकिपाउन र जो जो संलग्न छन्, दोषीउपर प्रचलिच कानून अनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौं ।
२. नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकुल र अपारदर्शी रुपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मुल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भईरहेकाले सो को छानविन गर्न, आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड. कार्यविधि अनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूर्ण प्रक्रिया रोक्नलगाई पाउँ ।
३. उल्लेखित बीमा कम्पनीहरुलाई संचालन स्वीकृति ( लाईसेन्स ) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुतकर्ता, रेटिड. ऐेजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानविन गरिपाउँ ।
४. कानूनको बर्खिलाप अख्तियार दुरुपयोग भईरहेका कार्यहरु रोकि पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिईएका उजुरीहरुको वेवास्ता गरिन्छ भन्ने आरोपहरुको स्वतःखण्डन हुने गरी हाम्रो यस उजुरीको तत्काल सुनुवाई भई ६० लाख लगानीकर्ताहरुको हितमा काम हुनेछ भन्ने पूर्ण विस्वास लिएका छौं ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ८ लाख बढी कित्ता सेयर लीलाम बिक्रीमा राखेको छ।
यस बैंकले आफ्ना विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु ३५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।
यो सेयर खरिद गर्न बैंकको काठमाण्डौ लाजिम्पाटस्थित सेयर शाखामा आबेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले आइपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनिले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ ।
सेयर निष्कासन गर्ने प्रायोजनका लागि पाएको अहिलेको रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ ।
कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।
सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यका साथ आईपीओ निष्कासन गर्न लागेको कम्पनिको भनाइ छ । करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको यो कम्पनी चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनी हो ।
चेस्कोले इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन र मर्मत, वातावरणीय अध्ययन तथा आयोजनाको लागि विभिन्न सेवाहरू दिंदै आएको छ ।
घोराही सिमेन्ट इन्डस्ट्रीको सेयरको मुल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । यसैक्रममा यस् कम्पनिको सेयर आईपीओको मूल्य भन्दा पनि कम मुल्यमा पाईने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्दा अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आइपिओ जारी गरेको थियो।
यो कम्पनीको सेयरको अन्तीम कारोबा आज ४३४.८० मा भएको थियो। ४३९ रुपैयाँमा कारोबार खुलेको घोराही सिमेन्टको सेयर मुल्य आज आइपिओओ मुल्य भन्दा तल झरेर बन्द भएको छ ।
यो कम्पनीको सेयरभाउ ५२ साताको अधिकतम मुल्य ५८१.४० रुपैयाँ र न्यून मुल्य ४३० रुपैयाँ रहेको छ।
दोश्रो बजारमा कारोबर भएको दिननै नेगटिभ सर्किट लागेको यस कम्पनिको सेयरको मुल्य निरन्तर घटिरहेको छ । यस कम्पनिले आइपिओ जारी गर्दा नियम बिपरित गरिएको रेटिङ देखाएर प्रिमियममा आइपिओ जारी गरेको थियो ।
यस कम्पनिले प्रिमियममा आइपिओ जारी गर्दा धितोपत्र बोर्डका प्रमुख हमाल आर्थिक प्रलोभनमा परेको भनेर धेरै लगानिकर्ताले आरोप लगाउने गरेका छन ।
नियामक निकाय धितोपत्र बोर्डले नियमबिपरित गराएको रेटिङ देख्दा देख्दै पनि प्रिमियममा आइपिओ जारी गर्न दिनुले र अर्बौ ॠण भएको र करोडको लगानिमा हजार कमाउने कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिनुले मिलोमतो र आर्थिक प्रलोभनमा परी हमालले प्रिमियममा आइपिओ जारी गर्न दिएको प्रस्ट हुने एक लगानिकर्ता बताउछन ।
हुन पनि सामान्य रुपमा हेर्दा नियमबिपरितको रेटिङ देखाएर आइपिओ जारी गर्ने घोराही सिमेन्टलाई कारबाही हुनुपर्ने हो , तर अहिलेसम्म दबाब र प्रभाबमा परी कारबाहीबाट जोगिएको देखिन्छ ।
आइपिओ जारी गर्दा पनि फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्ता फसाउने खेल घोराही सिमेन्टले गरेको देखिन्छ । उक्त फर्जी आबेदनको बारे अहिलेसम्म कुनै कारबाही भएको छैन ।
घोराहीमा प्रिमियमको खेल सफल भएपछी अन्य धेरै कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न धितोपत्र बोर्डले दिएको छ । अहिले लगानिकर्ताले धितोपत्र बोर्ड बिरुद्द अदालतमा मुद्दा दाँयर गर्ने तयारी गरेका छन ।
फर्जी आबेदन र नियमबिपरितको रेटिङ पेस गरी लगानिकर्ता भ्रमित पारी लगानिकर्तालाई फसाउने घोराहिलाई चाडो भन्दा चाडो कारबाही हुन जरुरी देखिन्छ ।
घोराही सिमेन्टले नियम बिपरितको स्वार्थ बाझिने रेटिङ देखाएको र फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्तालाई भ्रमित पार्दै फसाएर उठाएको प्रिमियमबापतको रकम लगानिकर्तालाई फिर्ता गर्नु पर्छ – एक लगानिकर्ता भन्छन ।
बिरामी अर्थतन्त्रको उपचार गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन । उनले अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका हुन ।
काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री भन्दा पहिले महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै पक्षको सहभागितामा उच्चस्तरीय संयन्त्र बनाउनु उपयुक्त हुने भन्दै यसका लागि आव्हान गरेका थिए । उनको यो प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री प्रचण्डले धिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका हुन ।
त्यस्तो संयन्त्रमा प्रधानमन्त्री कार्यालय, सरकार, अर्थमन्त्रालय, उद्योग मन्त्रालय, निजी क्षेत्रका सवै संगठन, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र अर्थशास्त्रीको सहभागिता रहने उनले बताएका छन । अर्थमन्त्री र अर्थसचिव विदेशमा रहेकाले उनीहरु स्वदेश फर्किए लगत्तै त्यस्तो उच्चस्तरीय संयन्त्र गठनको निर्णय गरिने पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा मेजर अप्रेसनको जरुरि रहेको र अहिले अपनाउँदै आएको नीतिले काम नगर्ने बताएका छन ।
‘बजेट बनाउने सन्दर्भमा हामी अब बोल्ड डिसिजन गर्छौं, क्याबिनेटमा समेत यो विषयमा छलफल सुरु भएको छ’, उनले भने, ‘अर्थतन्त्रमा केहि समस्या रहेको स्पष्ट गर्दै टालटुले सुधारले दिगो समाधान हुँदैन ।’
उनले अगाडि भने, ‘नेपाली अर्थतन्त्रको समस्या नेपाली प्रकृतिकै छ, अर्थतन्त्रमा परेको दबाबको सामना पनि नेपालीपारबाटै गर्न आवश्यक छ, समस्याको समाधान हुन्छ, झुट्टा कुरा गरेर कसैले पनि जनतालाई आतंकित पार्नु हुँदैन ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा कम्पनीलाई कारबाही गरेको छ ।
अनुगमन गर्दै जादा उपभोक्तालाई विभिन्न बाहनामा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका भन्दै चार कम्पनीलाई विभागले कारबाही गरेको हो ।
विभागका अनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार , सुन्दर बस्तीको किराना पसललाई १० हजार, भक्तपुरको ब्यासीस्थित अर्को किराना पसललाई २० हजार , काठमाण्डौको अर्को किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जानकारी प्राप्त भएको छ ।
विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।
विभागले अनुगमनलाई जारी राखेको छ । त्यसैक्रममा गत बुधबार मात्रै २१ वटा पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा धेरैजसो पसललाई सामान्य निर्देशन दिइएको छ ।