Home Blog Page 175

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत मालीगाउँलाई सहयोग

0

महालक्ष्मी विकास बैंकले प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्गले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो ।

कम्पनीले यो कार्यबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

एक कार्यक्रमका बीच प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द«, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई कम्पनीका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कम्पनीले बताएको छ।

साढे ५ लाख बढी कित्ता सिनर्जी पावरको सेयर भोलिबाट लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

0

सिनर्जी पावर डेलभपमेन्टले सर्वसाधारण समूहको अवितरित ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामी बिक्री गर्ने निर्णय गरेको छ । यो सेयर भोलि कात्तिक १ गतेबाट बिक्रिमा आउनेछ ।

कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म चुक्तापुजिको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्दा बिक्री नभएको सेयर लीलाम बिक्रिमा राख्न लागेको हो ।

कम्पनिले सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर बिक्री राख्दा प्रतिकित्ता न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।

यो सेयर खरिद गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तामा आबेदन दिन सकिनेछ ।

लगानीकर्ता बोलपत्र काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा (न्युरोड) तथा गरिमा विकास बैंकको बागलुङ शाखामा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १५ गते बैंकिङ समयसम्म तोकिएको छ।

२०.१४ लाख कित्ता अरुण काबेली पावरको सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

0

अरुण काबेली पावर लिमिटेडले आफ्नो २० लाख १४ हजार बढी कित्ता सेयर आजबाट लीलाम बिक्रीमा राखिएको छ।

कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म सतप्रतिशत हकप्रद सेयर खुलाउदा सेयरधनीहरुले खरिद नगरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी बिक्रिमा राखिएको हो ।

यस कम्पनिको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ , त्यसैले यो सेयर किन्न चाहनेले १०० वा सो भन्दा बढी मुल्य राखेर आबेदन दिनुपर्नेछ ।

यस कम्पनिको सेयर किन्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयर खरिद गर्न सकिनेछ ।

बोलपत्र काठमाण्डौको नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर (रंगेलीरोड), जलेश्वर (महोत्तरी), सातदोबाटो (ललितपुर), सूर्यविनायक (भक्तपुर), पोखरा (कास्की), कोहलपुर (बाँके), सुर्खेत र महेन्द्रनगर (कञ्चनपुर)मा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १४ गतेसम्म तोकिएको छ।

२३.१६ अंकले घट्यो बजार

0

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ।

आज सोमबार २३.१६ अंकले घटेर १ हजार ८५१.४३ को विन्दुमा आइपुगेको छ।

आज सर्बाधिक बढ्ने कम्पनिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर रहेको छ, जसको मुल्य ७.८७ प्रतिशतले बढेको छ । सिद्धार्थ ग्रोथ स्किमकाको भने ७.३१ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ । यसैगरी यो दिन सुपर माई हाइड्रोपावरको सेयरभाउ ४.०४ प्रतिशतले उकालो लागेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट तथा सयपत्री हाइड्रोपावरका सेयरभाउमा नकारात्मक सर्किट हानेको छ ।

यसैगरी नविल ब्यालेन्स फण्ड- २ का इकाई धनीको इकाई मूल्य ९.३१ र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.०६ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज प्रभु बैंकका संस्थापक सेयर, हाथवे इन्भेष्टमेन्ट कम्पनी साथै सिटिजन्स लाइफ इन्स्योरेन्स लगायत लम्पनिको कारोबार सर्बाधिक भएको देखिन्छ ।

राष्ट्र बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई म्याद थप्यो

0

बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सार्वजनिक गर्नका लागी समय थप गरेको छ ।

यो निर्णय सँङ्गै अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा हुनेछ ।

नियमा अनुसार बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको १५ दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएपनि यसबिचमा दसैँको बिदा भएको हुँदा समय थप गरिएको हो ।

यसअघी नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा त्रैमासिक अवधि सकिएको १५ दिनभित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यबस्था थियो।

अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेसम्म पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्न पाउनेछन ।

नेपाल विद्युत् प्राधिकरणले ६० अर्बको आईपीओ ल्याउदै

0

प्रिमियम मुल्यमा आइपिओ ल्याउन लागेको नेपाल विद्युत् प्राधिकरणलाई इक्रा नेपालले ‘डबल ए प्लस क्रेडिट रेटिङ दिएको छ ।

गत साल समेत प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायहरुमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताए ।

प्राधिकरणको चुक्तापूँजी करिब ३ खर्ब रुपैयाँ बनाउदै चुक्तापुजिको १० प्रतिशतले हुने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको छ ।

प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा १२५ थपेर प्रिमियम थप गरी सेयर निश्कासन गर्ने तयारी प्राधिकरणको रहेको छ ।

अब प्राधिकरणले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।

युनिलिभर नेपालको लाभांश घोषणा

0

आर्थिक वर्ष २०७९–८०का लागि युनिलिभर नेपालले आफ्नो सेयरधनिलाई लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछी सेयरधनीहरुलाई वितरण गरिनेछ। अब साधारणसभाले अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने तयारी कम्पनिले गरेको छ ।

यस कम्पनिले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हुँदा कम्पनिको लाभांश पाउन योग्य हुन मंसिर १२ गतेअघिसम्म कम्पनिको सेयरधनी भईसक्नुपर्ने छ ।

आईपीओ निष्कासन गर्नका लागि होटल फोरेष्ट इन लिमिटेडले बोलायो विशेष साधारण सभा

0

होटल फोरेष्ट इन लिमिटेडले आइपिओ निस्कासन गर्नका लागि भन्दै आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

बिशेष साधारण सभाको मुख्य प्रस्तव सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने रहेको छ ।

काठमाण्डौको बूढानीलकण्ठमा यस कम्पनीले पाँचतारे स्तरको होटल चाडै नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले इन्टरकन्टिनेन्टल होटल्स ग्रूप (आईएचजी) सँग अन्तरराष्ट्रिस्तरको होटल सञ्चालनका लागि लाइसेन्स सम्झौता गरेको छ।

एनआईसी एसियाका दुई म्युचुअल फन्डले गरे लाभांश घोषणा

0

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाले लाभांश घोषणा गरेको छ।

आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एनआईसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले १० प्रतिशत नगद लाभांश दिने भएको हो ।

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ ल्याउदै

मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने निर्णय गरेको छ।

यसका लागि कम्पनिले विशेष प्रस्ताव पारित गर्न आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीमा हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिने छ , सोही सभाले यो प्रस्ताब पनि पारीत गर्नेछ ।

अग्राधिकार सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारीत गर्नेछ।