Home Blog Page 174

२१ अङ्कले बढ्यो सेयर बजार, दुई कम्पनिको सर्किट लेभलमा कारोबार

0

आज सेयर बजार २१.३० अङ्कले बढेको छ । आज १.१६ प्रतिसतले बढ्दै सेयर बजार १८४७.५४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १९९ कम्पनिको मुल्य बढेको छ भने ३२ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ९३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा हाथ्वे इन्भेस्ट्मेन्ट, सिद्दार्थ प्रिमियर इन्सुरेन्स, आशा लघुबित्त, दिब्यस्वरी हाइड्रो, माइ खोला हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी लघुबित्त, विन नेपाल लघुबित्त, एनआइसी एसिया लघुबित्त, माया खोला हाइद्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल, सोनापुर मिनरल्स, हाथ्वे इन्भेस्ट्मेन्ट, मन्जुश्री फाइनान्स लगायतका कम्पनिहरु रहेका छन ।

आइएमई लाइफद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु. १० लाख सहयोग

0

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीले गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो।

भूकम्पपीडित परिवारप्रति समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरी सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए।

जाजरकोट भूकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकले ५१ लाख सहयोग गर्ने

0

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एनआई सी एशिया बैंकले ५१ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख जम्मा गर्ने घोषणा गर्ने भएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको उद्दार तथा राहत वितरणका लागी प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम उपलब्ध गराउने घोषणा गरेको कम्पनीले बताएको छ ।

साथै कम्पनीले उक्त विनासकारी भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

चाँदीको मूल्य बढ्यो

0

आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ १ लाख १५ हजार ९०० रुपैयाँ कायम रहेको हो । तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ३५० रुपैयाँ छ ।

चाँदीको भाउ बढेर २५ रुपैयाँले १४ सय १५ रुपैयाँ भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ रहेको थियो ।

भूकम्पका घाइतेलाई उपचार निःशुल्क

0

भूकम्पमा परी घाइते भएकाहरुको सरकारले उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पबाट घाइते भएकाहरुको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो । भूकम्पमा परी ज्यान गुमाएकाका प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिन निःशुल्क सेवा दिने

0

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा नेपाल टेलिकमले पाँच दिनका लागि सेवा निःशुल्क दिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको छ ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने कम्पनिले जनाएको छ ।

एनसेलले भूकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने घोषणा

0

मोबाइल सेवा प्रदायक एनसेलले हिजो राती गएको भुकम्पका प्रभाबितको उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीले ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्‍चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराएको छ ।

यसबाट देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने छ भने इन्टर्नेट फ्हलाउन र एसएमएस गर्न सकिने छ ।

‘एनसेल आजियाटा शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

भूकम्पमा पारी हालसम्म १५७ जनाको मृत्यु, २०२ जना घाइते

0

जाजरकोटमा हिजो राती गएको भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भईसकेको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यो संख्या शनिबार अपराह्नसम्मको हो।

प्राप्त जानकारी अनुसार जाजरकोट जिल्लामा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको खबर आएको छ। हिजो राती गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन् ।

हाल यि क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सर्वसाधारणहरु पीडितहरुको उद्धार तथा राहतमा खटिएका छन् ।

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने

0

जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो ।

यसका साथै कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि सहयोग गर्ने कम्पनिले जनाएको छ ।

भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंकले भूकम्प पीडितका लागि २५ लाख सहयोग गर्ने

0

सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।

कम्पनीले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि कम्पनीले बताएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा पनि उल्लेख गरेको छ ।

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट १६लाख ६४हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।