Home Blog Page 173

साना किसान विकास लघुवित्तको नाफा २९.४८%ले बढ्यो

0

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २९.६९ प्रतिशतले बढेर ४३ करोड ५ लाख रुपैयाँ भएको छ।

पहिलो त्रैमासमा संस्थाले ५१ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ०.८१ प्रतिशत रहेको छ ।

कम्पनिले इम्पेयरमेन्ट चार्ज १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ।

संस्थाको वार्षिकीकृत ईपीएस भने घटेर ३६.१९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५९.५२ रुपैयाँ थियो। पीई रेसियो २४.०४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६८.८० रुपैयाँ रहेको छ।

दोहोरो अङ्कले घट्यो सेयर बजार, कारोबार रकम ८३ करोड माथि

0

आज सेयर बजार ११.८५ अङ्कले घटेको छ । आज ०.६३ प्रतिसतले घट्दै सेयर बजार १८५२.०८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ५७ कम्पनिको मुल्य बढेको छ भने १७५ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज ८३ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा सयपत्री हाइड्रो, ओरियन्टल होटल, समाज लघुबित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा माउन्टेन ईनर्जी, नेपाल एसबीआइ बैंक, माया खोला हाइड्रो, बुद्ध भुमी नेपाल हाइड्रो, मेन्चियाम हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोनापुर मिनरल्स, सोल्टी होटल, हाथ्वे इन्भेस्ट्मेन्ट, तारागाउ रेजेन्सी होटल, सानीमा जिआइसी इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

सरकारले इन्धन करको ५ रुपैयाँ पुन : बुढीगण्डकीलाई छुट्याउने

सरकारले फेरी इन्धनमा लाग्दै आएको करबाट ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई छुट्याउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने गरेको थियो तर २०७६ फागुनदेखि सरकारले बुढीगण्डकीको सट्टा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

मन्त्रिपरिसद बैठकले पूर्वाधार विकास करको नाममा उठ्ने रकमबाटै ५ रुपैयाँ बुढीगण्डकीलाई पनि छुट्याउने भएको हो ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णय भएको जानकारी दिइन्।

मौद्रिक नीति खुुकुलो बनाउनुपर्ने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डा प्रकाशसरण महतले अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने भनाइ राखेका छन । उनले एशिया प्रशान्त क्षेत्रका बैंकरहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक नीति खुुकुलो बनाउँदै लैजानुपर्ने धारणा राखेका हुन ।

अर्थमन्त्री महतले उच्च ब्याजदरका कारण नेपाल जस्ता देशको आर्थिक बृद्धिदर सुस्त बनेको र यसले निजी क्षेत्रको मनोबल गिराउने काम गरेकोमा चिन्ता व्यक्त गरे ।

उनले अगाडि भने,‘नेपालमा उत्पादित १० हजार मेगावाट विद्युत् भारतले खरिद गरिदिने सम्झौता भइसकेको छ,यसमा लगानीको वातावरण बनेमा तपाईं बैंकरहरुको लगानीले पनि राम्रो प्रतिफल पाउने छ ।’

अर्थमन्त्री महतले बढ्दो डिजिटल बैकिङसँगै चुनौतीहरु पनि थपिरहेको भन्दै यस्ता साझा समस्याको डटेर समाधान गर्ने गरी सम्मेलनले ठोस रोडम्याप तय गर्नुपर्ने बताए ।

नेप्सेमा सूचीकृत भयो माथिल्लो मैलुङ खोला, ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ।

कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख कित्ता गरी कुल १ करोड सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनिका लागि नेप्सेले पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।

कम्पनीको सेयर कारोबार एमएमकेजेएल स्टक संकेतमा हुनेछ।

कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको सेयर कारोबार तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनपछि हुने छ ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ साढे ३९ गुणाले ओभरसब्सक्राइब्ड

आज दोस्रो दिनसम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ साढे ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्दा दोश्रो दिनसम्म ६ लाख २६ हजार १५७ जनाबाट ७० लाख ६६ हजार ५६० कित्ता सेयर माग भएको छ । यसरी हेर्दा यो एफपिओ मागभन्दा ३९.६० गुणाले ओभरसब्सक्राइब्ड देखिन्छ ।

अब यस कम्पनिको एफपिओमा भाग्यमानी १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन् भने बाकिको हात खाली हुनेछ ।

लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

एफपीओ कर विवाद सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

0

१६ वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आज हेर्दाहेर्दैमा राखिएको छ।

बैंकहरुले दायर गरेको संयुक्त रिटमा आज कात्तिक २२ गते सुनुवाइ हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको छ भने अब अर्को पेसी अदालतले तोक्नेछ।

यसअघि असोज १७ गते सर्वोच्च अदालतले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो।

निफ्राद्वारा नगद लाभांश घोषणा

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।

निफ्रा सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफासमेतबाट २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ।

सेबोनले वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई स्पष्टीकरण सोध्यो, कारबाही गर्ने तयारी

0

नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

सेबोन सञ्चालक समितिको बैठकले ती कम्पनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको श्रोतले बताएको छ ।

यसअघि सेबोनले सूचना जारी गर्दै समयमै वित्तीय विवरण पेस नगर्ने कम्पनिलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ अनुसार कारबाही र जरिवाना गर्ने बताएको थियो ।

गत असोज २ गते सेबोनले एक सूचना जारी गरेर २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन बाँकी रहेको र ६४ वटाले ढिला गरी बुझाएको सेबोनले जानकारी गराएको थियो।

संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र सेबोनसमक्ष पेस गर्ने र त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐन बमोजिम जरिवाना गर्ने तयारी सेबोनले गरेको छ । ऐनमा अवस्था हेरी ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई रु. १० लाख सहयोग

0

महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको हो।

महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री प्रकाशशरण महतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।