Home Blog Page 172

११ अर्ब बढीको हकप्रद सेयर आउँदै, कुनको कति ?

0

दसैं पर्ब सकिएपछी ११ कम्पनीले ११ अर्ब भन्दा बढी रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।हकप्रद सेयर जारी गर्नेमा १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंक रहेको छ ।

छ्याङदी हाइड्रोपावर कम्पनी

यस कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ अनुपातमा ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

सिंगटी हाइड्रो इनर्जीले

यस कम्पनिले पनि हकप्रद सेयर बिक्री गर्न बोर्डमा निबेदन दिएको छ। १ः१ अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

अरुण भ्याली हाइड्रोपावर

यस कम्पनिले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनिले बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीका अनुसार हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्नेछ भनेबाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली-१ क्यास्केड जलविद्युत् आयोजनाको निर्माणको ऋण भुक्तानी गर्नेछ।

हेर्नुस् , कुन कुन कम्पनिको राइट सेयर आउँदैछ ?

माओवादी घटक दलहरु बीच एकता हुनुपर्छ : प्रधानमन्त्री दाहाल

0

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी घटक दलहरु बीच एकता हुनुपर्ने बताएका छ्न ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले भने, ‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियाँै, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’

केही साथीहरु फरक बाटोतिर गएकोभएपन अझै केही नबिग्रिएको उनको भनाइ थियो ।

‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो ।’

प्रधानमन्त्री दाहालले अहिलेको सरकार पाँवर्ष नै रहने दावी गरेका छन् ।

‘हामीले निकै बलियो सरकार बनाएका छौं’, उनले भने, ‘यो सरकार पाँच वर्षनै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।’

उनले अगाडि भने, ‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छाँै । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरैं । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।’

टर्कीमा बैंकको ब्याजदर ३५ % पुग्यो

टर्कीले बैंकको ब्याज दर ३० प्रतिसतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएको छ ।

अर्थशास्त्रीहरुले भने यो ब्याजदर बृद्धिलाई पूर्वानुमान अनुरूप र अपेक्षित नै मानेका छन् । आगामी जुन महीनासम्म टर्कीमा उच्च मुद्रास्फीति कायमै रहने अनुमान गरिएको छ । केन्द्रीय बैंकले बिहीबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रयास भैरहेको भनेको छ । सरकारको अदूरदर्शी नीतिका कारण नै मुद्रा कमजोर भएको मानिएको छ ।

केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा मूल्य बृद्धि अपेक्षा गरेभन्दा धेरै भएको छ । यसले कर परिवर्तन, ज्याला बृद्धि र विनिमय दरले प्रत्यक्ष असर पारेको छ ।

मुद्रास्फीतिमा उल्लेख्य सुधार नआएसम्म समयमै र क्रमिक रूपमा मौद्रिक नीतिमाथिको कडाइलाई थप बलियो बनाइने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआन सन् २०१४ देखि राष्ट्रपति रहँदै आएका छन् । तर, पछिल्लो समय उनले शक्ति क्रमशः आफूमा केन्द्रित गर्न थालेका छन ।

उनले पूर्व वाल स्ट्रीट बैंकर हाफिज गे एर्कनलाई नयाँ केन्द्रीय बैंक गभर्नरको रूपमा नियुक्त गरेपछि मुद्रास्फीति नियन्त्रणमा उल्लेख्य कदम चालिएको छैन ।

केहिसमय अघि राष्ट्रपति तैय्यपले पछिल्लो स्थितिलाई ‘आर्थिक युद्ध’ को सङ्ज्ञा दिँदै नागरिकहरुलाई लिराको भाउलाई टेवा दिन आफूसँग भएको विदेशी मुद्रा र सुन साट्न आग्रह गरेका थिए । ‘यो घरेलु र राष्ट्रिय सङ्घर्ष हो’ लिराको भाउमा आएको कमीतर्फ औल्याउँदै तैय्यपले भने ।

अतिकमजोर अर्थतन्त्र भएको टर्कीमा महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र भूकम्पबाट थप बिथोलिएको वास्तविकता क्राइसिस ग्रुपले औंल्याएको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीति सन् २०२३ को अन्त्यसम्ममा ६० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

टर्कीको मुद्रा लिराको भाउ न्यून स्तरमा घटेकाले आयात पनि महँगो छ।आकाशिएको महँगी नियन्त्रण अहिले टर्कीको मुख्य टाउको दुखाइ बनेको छ ।खानेकुरादेखि घरभाडासम्मका अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । –एजेन्सी

विश्वकै मूल्यवान कम्पनी बन्यो एप्पल, बजार पूँजीकरण २६ खर्ब डलर बढी

0

आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पूँजीकरण २६ खर्ब डलर भन्दा बढी भएको छ ।

यो विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी पहिलो सूचीकृत भएको छ । शुक्रबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेर रेकर्ड राखेको हो ।

आइएफोन र ल्यापटप प्रडक्टको विक्री राम्रो भईरहेकोले लगानीकर्ताहरुमाझ एप्पलको शेयर प्रती आकर्षण बढेको छ ।
कम्पनीले फोल्डेबल आइप्याड समेत बजारमा ल्याउन लागेको छ ।

रसिया युक्रेन युद्ध शुरु भएयता एप्पलको सेयर मूल्यमा घटबढ भईरहेपनी विश्वबजारमा यस कम्पनिको उत्पादनहरुको माग भने उत्तिकै रहेको छ । सन् २०१८ को अगष्टमा एप्पलको बजार पूँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।

त्यसपछी सन् २०२० को अगष्टमा बजार पूँजीकरण २० खर्ब डलर माथि उक्लियो । सन् २०२२ को जनवरीमा बजार पूँजीकरण ३० खर्ब डलर पार गरेको थियो ।

त्यस्तै एप्पलपछि दोस्रो स्थानमा बिल गेट्सको माइक्रोसफ्ट कर्पोरेसन रहेको छ। कम्पनीको बजार पूँजीकरण २५ खर्ब ३० करोड डलर पुगेको छ।

तेस्रो स्थानमा साउदी अरेबियाको आयल कम्पनी अरामको रहेको छ। यसको बजार पूँजीकरण २१ खर्ब डलर माथि रहेको छ। चौथो स्थानमा भने अल्फावेट इंक (गूगल) छ।

गुगलको बजार पुँजीकरण १५ खर्ब डलरभन्दा माथि रहेको छ ।-एजेन्सी

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ रहेनन्

0

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।

२६ वर्षदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रहेका उनको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार राती उनको निधन भएको हो ।

एभरेस्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत, सर्बसाधारणको ३०.७८ प्रतिशत र बाँकी रहेको ४९.१९ प्रतिशत सेयर श्रेष्ठ,उनको परिवार र अन्य कम्पनीको नाममा रहेको छ ।

आज दसैंको विजयादशमी, मान्यजनबाट टिका लगाएर आशीर्वाद लिईदै

0

आज विजया दशमीमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका लगाएर आसिर्बाद लिईदै छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

दसैं लगत्तै यि ५ कम्पनिको अर्बौको आइपिओ आउँदै

दसैं लगत्तै बिभिन्न पाँच वटा कम्पनीहरुले आईपीओ आउन लागेका छन ।

नियामक निकाय सेबोनबाट अनुमती पाईसकेका पाँच वटा कम्पनीहरु भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स र सर्वोत्तम सिमेन्टको आइपिओ दसैं पछी तुरुन्तै आउन लागेका हुन ।

दसैँपछि निष्कासनमा आउने कम्पनीहरुको यि हुन ,

भिजन लुम्बिनी ऊर्जा कम्पनी :
यस कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।

नेपाल वेयर हाउजिङ कम्पनी :
यस कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन दशै लगत्तै गर्ने तयारी गरेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड :
यस कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ कात्तिक १० गतेदेखि सेयर जारी गर्नेछ।

हिमालयन रिइन्स्योरेन्स :
कम्पनीले ३ करोड कित्ता सेयर कात्तिक २१ गतेदेखि जारी गर्न लागेको छ ।

सर्वोत्तम सिमेन्ट :
बुक बिल्डिङ पद्धतीबाट आइपिओ जारी गर्न लागेको यस कम्पनिले सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत आईपीओ बिक्री गर्न अनुमति पाएको हो । त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३६ लाख कित्ता बिक्री गर्नेछ । जसमा ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

आज दसैंको महानवमी, बिशेष पूजा आराधना गरेर मनाइदै

0

आज दसैं अन्तर्गत महानवमी पर्व नेपालमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

आज गरिने दुर्गा पूजालगायतका कार्यमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने गरिन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

शाकाहारीहरुले यस दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्छन् भने बिभिन्न शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिईन्छ। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन चलेको पाईन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ ।

नेपाल वायुसेवा निगमले ३ थान जहाज किन्दै, बोलपत्र आह्वान गरियो

0

नेपाल वायुसेवा निगमले अन्तत तीन वटा नयाँ जहाज खरिद गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयसङ्गै निगमले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।।आइतबार प्रकाशित भएको उक्त बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ सम्म रहनेछ ।

केही समय अघी निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो ।

निगमले सीधै जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्ने तयारी गरेको छ ।

हाल घरेलु उडानतर्फ दुई थान ट्वीनअटर जहाज रहेको निगमले तीन जहाज खरिदपछि घरेलु उडानतर्फ २२ वटा गन्तव्यमा सेवा दिने लक्ष्य राखेको छ ।

हेर्नुस सूचना :

जनता लुट्ने घोराहि सिमेन्ट र त्यसलाई स्विक्रिती दिने हमाललाई कारबाही कहिले ? कम्पनिको प्रतिसेयर आम्दानी १.३४ मात्रै !

प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टले गत आर्थिक बर्ष २०७९-८० को चौथो त्रैमाससम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनिको बित्तिय विवरण अनुसार कम्पनिको बित्तिय अवस्था हरिबिजोक रहेको देखिएको छ ।

कम्पनिले सार्बजिक गरेको बित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी १.३४ रहेको छ । त्यस्तै कम्पनिको प्रतिसेयर नेटवर्थ २६९.५६ रहेको देखिन्छ ।

एक हिसाबले भन्ने हो भने कम्पनिको बित्तिय अवस्थामा पहिरो गएको देखिन्छ । २०७९ असार सम्ममा २१ करोड भन्दा बढी खुद नाफा गरेको देखाएको कम्पनिले आइपिओ जारी गरेपछीको विवरणमा ५ करोड ३४ लाख हाराहारी मात्रै खुद नाफा गरेको देखिएको छ ।

राम्रो कम्पनी भनेर प्रिमियममा आइपिओ जारी गरेको घोराही सिमेन्टले हाल सार्वजनिक गरेको बिबरणलाई हेर्दा यसअघी आइपिओ जारी गर्नु अघीको बित्तिय विवरणहरु र आइपिओ जारी गरेपछीको बित्तिय विवरण हेर्दा आकाश पातलको फरक रहेको देखिन्छ । यसले यसअघीको बित्तिय विवरणमा पनि सङ्का गर्ने ठाउँ देखिन्छ ।

हुनत यो कम्पनी आइपीओ जारी गर्दा देखी नै बिबादित देखिन्छ । ” घोराही सिमेन्टले दिउसै लगानीकर्ता लुट्यो , आइपिओमा पनि घाटा भएको यो सायद पहिलोपल्ट होला , अब त आइपिओमा पनि स्टपलस गर्नुपर्ने यो कस्तो जमाना आयो, ” एक लगानिकर्ता भन्छन ।

यस कम्पनिको प्रिमियममा आइपिओ जारी गर्दा पैसा खाएर अनुमती दिएको आरोप धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई लगानिकर्ताले लगाउदै आएका छन ।

यस घोराही सिमेन्ट र धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल मिलेर नियम बिपरित स्वार्थ बाझिने कम्पनिको रेटिङलाई सदर गर्दै प्रिमियममा आइपिओ जारी गर्न दिएर नितिगत भ्रस्टचार गरेको भन्दै केही समय अघी लगानिकर्ताहरु मिलेर अख्तियारमा उजुरी दिएका छन । यसै बिषय र अन्य केही बिषय समेत जोडेर धितोपत्र बोर्ड अध्यक्ष हमालले भ्रस्टचार गरेको लगायतका कारण देखाउदै ति लगानिकर्ताले अदालतमा समेत मुद्दा दाँयर गरेको खबर बाहिरिएको थियो ।

हुनपनी प्रिमियममा आइपिओ जारी गरेको बेला लगानिकर्ताले आइपिओ बहिस्कार गर्दै गर्दा फर्जी र कृतिम आबेदन दिदै कृतिम माग देखाउदै लगानिकर्तालाई भ्रममा पारेर आइपिओ जारी गर्न सफल भएको थियो । पैसा नभएको खाताबाट एक जनाले १० लाख कित्ताका दरले लगभग १४ जनाले आबेदन दिएको खबर त्यतिखेरै बाहिरिएको थियो । तर यसरी कृतिम माग देखाएर ओभरसब्स्क्राइब्ड देखाउदै जनतालाई झुक्याएको यस घोराही सिमेन्टलाई काराबाही गर्नुको साटो घितोपत्र बोर्ड अध्यक्ष रमेश कुमार हमालले यस कम्पनिको आइपिओ केही समय होल्ड गरे जस्तो गरेर फेरी समय थप गर्दै घोराही सिमेन्टको यस कदमलाई सहयोग गरेका थिए ।

हुनत पैसा फिर्ता गर्नेले गर्न सक्ने भनिएतापनी झन्झटिलो ब्यबस्था थियो । बैंकलाई निबेदन लेख्नुपर्ने थियो तर केही समयसम्म बैंकमा जादा लिखित निर्देशन नआएको भन्दै पैसा फिर्ता गरिदिएनन , केहीले समय अभाबले कार्यालय धाएर प्रकृया पुर्याउन सकेनन भने धेरैलाई प्रकृया पुरा गर्न नै आएन , यसरी जसोतसो छलकपट समेत गरेर अगाडि बढाईएको थियो, यस कम्पनिको आइपिओ । यो कम्पनि दोश्रो बजारमा लिस्टिङ भएको दिन नै नेगटिभ सर्किट लागेको थियो । त्यसदिन देखी यस कम्पनिको मुल्य निरन्तरजसो घटिरहेको छ ।

अहिले पनि घोराही सिमेन्ट इन्डस्ट्रीको सेयरको मुल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । यसैक्रममा यस् कम्पनिको सेयर आईपीओको मूल्य भन्दा पनि कम मुल्यमा पाईने भएको छ । हाल यसको मुल्य ४०८ रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई आइपिओ जारी गर्दा अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आइपिओ जारी गरेको थियो।

यस कम्पनिले आइपिओ जारी गर्दा नियम बिपरित गरिएको रेटिङ देखाएर प्रिमियममा आइपिओ जारी गरेको थियो ।

यस कम्पनिले प्रिमियममा आइपिओ जारी गर्दा धितोपत्र बोर्डका प्रमुख हमाल आर्थिक प्रलोभनमा परेको भनेर धेरै लगानिकर्ताले आरोप लगाउने गरेका छन ।

नियामक निकाय धितोपत्र बोर्डले नियमबिपरित गराएको रेटिङ देख्दा देख्दै पनि प्रिमियममा आइपिओ जारी गर्न दिनुले र अर्बौ ॠण भएको र करोडको लगानिमा हजार कमाउने कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिनुले मिलोमतो र आर्थिक प्रलोभनमा परी हमालले प्रिमियममा आइपिओ जारी गर्न दिएको प्रस्ट हुने एक लगानिकर्ता बताउछन ।

हुन पनि सामान्य रुपमा हेर्दा नियमबिपरितको रेटिङ देखाएर आइपिओ जारी गर्ने घोराही सिमेन्टलाई कारबाही हुनुपर्ने हो , तर अहिलेसम्म दबाब र प्रभाबमा परी कारबाहीबाट जोगिएको देखिन्छ ।

आइपिओ जारी गर्दा पनि फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्ता फसाउने खेल घोराही सिमेन्टले गरेको देखिन्छ । उक्त फर्जी आबेदनको बारे अहिलेसम्म कुनै कारबाही भएको छैन ।

घोराहीमा प्रिमियमको खेल सफल भएपछी अन्य धेरै कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न धितोपत्र बोर्डले दिएको छ ।

फर्जी आबेदन र नियमबिपरितको रेटिङ पेस गरी लगानिकर्ता भ्रमित पारी लगानिकर्तालाई फसाउने घोराहि सिमेन्ट र त्यसलाई सदर गर्दै कमजोर कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न अनुमती दिने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई कारबाही हुनुपर्ने माग झन झन बढीरहेको छ ।

आर्थिक प्रलोभनमा परेर प्रिमियम आइपिओको अनुमती दिएको लगानिकर्ताले आरोप लगाईरहेको हुनाले उनको सम्पत्ति पनि छानबिन हुनुपर्ने लगानिकर्ताले माग गरिरहेका छन ।

घोराही सिमेन्टले नियम बिपरितको स्वार्थ बाझिने रेटिङ देखाएको र फर्जी आबेदन दिएर कृतिम माग सिर्जना गरी लगानिकर्तालाई भ्रमित पार्दै फसाएर उठाएको प्रिमियमबापतको रकम लगानिकर्तालाई फिर्ता गर्नु पर्छ – एक लगानिकर्ता भन्छन ।

“प्रिमियमको बाढी ल्याउने धिबो प्रमुख रमेश कुमारको सम्पत्ति छानबिन हुनुपर्छ” अर्का एक सेयर बजारका जानकार लगानिकर्ता भन्छन ।