Home Blog Page 171

बारबार २,२०० बाट फर्केको बजार अब के होला ?

0

यो साता चार दिन लगातार बजार बढेको बजार २२०० नजिक पुगेको छ । बजार २२०० को रेसिस्टेन्सलाई ३ पटक सम्म तोड्न खोजेपनी सकेको छैन । यस पटक भने यस प्रतिरोध लाई तोड्न सक्छ कि सक्दैन भन्ने धेरैलाई चासोको बिसय बनेको छ ।

यस बीचमा इन्ट्रा डे करेक्सन हुँदै बजारले माथिको यात्रा तय गरेको छ । उक्त अवधिमा करिब ३०० अंक बढेको बजारमा भोलुमले राम्रै साथ दिएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि बुलिस क्यान्डलसहित ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

२२०० को प्रतिरोध तोड्न सक्छ कि सक्दैन भन्नेर प्राविधिक रुपमा जवाफ त्यति सजिलो छैन । इन्डिकेटरबाट हेर्दा बजार आजसम्म बजार पूर्णरुपमा बुलिस देखिन्छ ।

म्याक्डी सुपर ट्रेन्डबाट हेर्दा बजार बुलिस नै देखिन्छ । बजारलाई इन्डिकेटरबाट हेर्दा लगातार बढेको बजारमा आगामी दिनमा कुनै पनि समयमा करेक्सन आउँन सक्छ ।

यसलाई प्राविधिक रुपमा ट्रेन्डलाईनबाट नियाल्दा यदि केहि गरिकन करेक्सन आएर बजार २ हजार भन्दा माथिबाटै फर्किन्छ भने बजारले माथीकै यात्रा तय गर्ने देखिन्छ ।

हाल निरन्तर बढेको बजारले २ हजार २०० विन्दु आसपास वा माथि भने एउटा कडा प्रतिरोध देखिन्छ । किनकि इन्डिकेटरहरु ओभर बट जोनमा छन् ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

प्रभु हेलिकप्टरले आईपीओ निष्कासन गर्ने तयारी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0

प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको आबस्यक प्रकृया अगाडि बढाएको छ । कम्पनिले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।बुधबार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ करोड ६० लाख सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकितमूल्य दरको ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो। नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्कासन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ ।

यो कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो ।

प्राइम कमर्सियल बैंकले लाभांश नबाड्ने, सेयरधनिको हात खाली

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाड्ने निर्णय गरेको छ ।

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाले यस बिषयलाई अनुमोदन गर्नेछ ।

कम्पनीले आव २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

0

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

यसैगरी लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते बुक क्लोजको मिति समेत तय गरेको छ।

कम्पनीको हाल कायम चुक्तापूँजी ४ अर्ब ४० करोड छ ।कम्पनीले अघिल्लो आवमा सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गरेको थियो ।

वन ओ वन कम्पनीले आइपिओ निस्कासन गर्ने

0

वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आवश्यक प्रकृया अगाडि बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने १२ औं वार्षिक साधारणसभामा राख्ने निर्णय गरेको छ ।सभा नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि गर्ने तयारी गरेको छ ।

साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल गर्ने निर्णय गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले बोनस सेयर जारी गर्ने, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बुद्धभूमि नेपाल हाइड्रोले १५०% हकप्रद निश्कासन गर्ने

0

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडले हकप्रद निस्कासन गर्ने भएको छ । कम्पनिले चुक्तापूँजीको १५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

यो कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्दै हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २० गते १५ औं वार्षिक साधारणसभा आह्वानको निर्णय गरेको हो ।

काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सो दिन साधारणसभा आह्वान गरिएको सूचनामा उल्लेख छ ।

यो कम्पनीको हालको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १५० प्रतिशत हकप्रद निश्कासन साधारणसभाबाट पारित भई नियामकबाट समेत स्वीकृत भएमा कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब पुग्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस ६ गते एकदिनका लागि बुक क्लोज गरेको छ । यसको अर्थ पुस ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम हुनेले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी ४९ लाखभन्दा बढी घाटामा गएको छ।

कम्पनीले ०७८ चैतदेखि व्यापारिक उत्पादन गरी विद्युत बिक्री गर्न थालेको हो ।

मौद्रिक नीति राम्रो आयो अब वित्त नीति राम्रो ल्याउछौ, सेयर बजार र घरजग्गामा पैसा धेरै गएको थियो

संसारको कुनै पनि देशको अर्थतन्त्र समस्यारहित अवस्थामा छैन । तपाईंहरुले समस्या मात्रै हेर्दै प्रश्न गर्नुभयो । गिलास आधा भरिएको छ पनि भन्न सकिन्छ, आधा गिलास खालि छ पनि भन्न सकिन्छ । के हेर्ने र के भन्ने आफ्नो दृष्टिकोण हो ।

मैले अर्थतन्त्र समस्यारहित अवस्थामा छ भनेको छैन । हामी समस्याको चाङबाट अगाडि बढेका छौं । अहिले देखिएका समस्यालाई एकैपटक समाधान गर्छौं र ‘एक्सप्रेस वे’ बनाउँछौ भनेको छैन ।

मैले भन्न खोजेको के हो भने तथ्यांकहरु सकारात्मक हुँदै गएका छन् । विश्वास सिर्जना गर्ने आधार बनेका छन्, निराशा हुनु पर्दैन् भन्ने सन्देश दिन खाजेको हुँ ।

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गए पनि ग्राउण्ड तहमा परिणाम देखिन समय लाग्छ । विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ, चालु खाताको बचत बढ्ने क्रममा छ । कर्जा लगानी बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । विप्रेषण आम्दानी बढिरहेको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा हुँदा समेत उत्पादन बढ्न सकेको छैन । रोजगारी सिर्जना हुन सकेको छैन । जसले गर्दा अर्थतन्त्रको विषयमा प्रश्न उठ्नु स्वभाविक हो । हामीले निरासा मात्रै फैलाउनु हुँदैन भन्ने मेरो भनाइ हो ।

हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्या पनि छ । एकै पटक सबै समस्या सुधार हुन सक्दैन । गतवर्ष हाम्रो बाह्य क्षेत्र दबाबमा थियो । तर, अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको छ ।

कोरोना महामारीको क्रममा राष्ट्र बैंकले धेरै लचिलो नीति लियो । जसले गर्दा कमसल प्रकृतिको कर्जामा लगानी भयो । सेयर बजार र घरजग्गामा पैसा थुप्रियो । कर्जा लगानी ह्वात्तै बढ्दा उपभोग पनि बढ्यो । त्यसले बाह्य क्षेत्र दबाबमा पर्‍यो ।

बाह्य क्षेत्र कमजोर भएपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निकै कसिलो मौद्रिक नीति लियो । उक्त कसिलो नीतिबाट समयमै फिर्ता हुनु पर्ने थियो ।

विगतमा जे भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षाबाट समस्यामा परेको ऋणीलाई केही राहत दिने प्रयास गरेको छ । जुन पहिला नै हुनु पर्ने काम थियो ।

यसपटक राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्नुभन्दा अगाडि हामीले अर्थमन्त्रालयमै राष्ट्र बैंकका सञ्चालक समितिका साथीहरुलाई बोलाएर कुन कुन क्षेत्रमा कसरी लचिलो हुन सकिन्छ भनेर निरन्तर छलफल गर्‍यौं ।

उक्त छलफलले सकारात्मक नतिजा दिन थालेको छ । घर जग्गा र सेयर बजार बढ्न सक्ने देखिएको छ । सेयरबजार लामो समयदेखि निकै कमजोर अवस्थामा थियो ।

हिजो बैंक वित्तीय संस्थाले आँखा चिम्लिएर ऋण दिए । ऋणीले पनि ऋण दुरुपयोग गरे । हिजो ऋण दिनेले पनि कमजोरी गरेकै हुन्, ऋण लिनेले पनि कमजोरी गरेकै हो ।

निर्णय गर्ने निकायमा जिम्मेवारी देखिएन । ऋण लिनेले पनि पनि विचार नगरी लिए । कुन क्षेत्रमा लगानी गर्ने र कसरी प्रतिफल सुनिश्चित गर्ने भन्ने सोच ऋणीमा पनि देखिएन ।

जग्गा र सेयर बजारमा चाहिनेभन्दा धेरै पैसा पार्क भयो । सेयर बजार र जग्गा सधै बढ्छ भन्ने हुँदैन नी ! एक बिन्दुमा पुगेपछि मूल्य बढ्न रोकिन्छ । कोरोना महामारीको क्रममा घर जग्गा र सेयर बजारमा लगानी गर्‍यो भने कमाउन सकिन्छ भन्ने सोच आयो जुन दिगो थिएन ।

म फेरि पनि भन्छु दोष बैंक, ऋणी र नियामक सबैको थियो । अहिले जुन मौद्रिक नीतिको समीक्षा आएको छ, त्यसले ऋणीलाई केही राहत दिन्छ । नियामक निकायले गरेको कमजोरीको कार्स करेक्सन गर्छ ।

ऋणीले ऋण तिरेन भने बचतकर्ताको के हुन्छ ? सरकारले ऋण मिनाहा गर्न सक्छ ? हामीसँग ऋण मिनाहा गर्ने स्रोत नै छैन ।

ऋणीको विषयमा सोच्दा हामीले निक्षेपकर्ताको विषयमा पनि सोच्नु पर्छ । अहिले ऋण लिने र नतिर्ने समूहले समग्र अर्थतन्त्रप्रति नकारात्मक माहोला सिर्जना गरेका छन् ।

एउटा कुरा फेरि म भन्छु, ऋण लिएपछि तिर्नु पर्छ । ऋण तिर्ने प्रयास गर्दा गर्दै समस्यामा परेकालाई हामीले राहत दिनु पर्छ । त्यसमा म प्रष्ट छु । तर, ऋण मिनाहा हुन सक्दैन ।

विगतमा ऋण दिनेले पनि गल्ति गरेकाले अहिले ऋण तिर्न थप समय दिनु पर्ने र ब्याज घटाउनु पर्ने विषय मैले उठाएको हुँ ।

मैले मौद्रिक नीतिमा मात्रै समस्या थियो भन्न खोजेको होइन । समस्या वित्त नीतिमा पनि थियो र छ । हामी सुधार गर्ने प्रयास गर्दैछौं । विगतका सरकारले अर्बौं रुपैयाँ ऋणी लिएर भवन र टावन बनाए । त्यस्ता संरचना बन्दा आर्थिक गतिविधि त बढ्यो तर पूर्वाधर बनेपछि कुनै लाभ भएन ।

अनावश्यक पूर्वाधारमा ऋण लिएर भएको लगानीले समस्या सिर्जना भएको छ । अहिले हामीले अनावश्यक ऋणको भारी बोक्नु परेको छ ।

यस्तै, विगतमा वित्तीय अनुशासन तोड्ने काम भयो । बजेटमा ५ करोड रुपैयाँको बजेट विनियोजना गरेर अर्बौंको बहुवर्षीय ठेक्का स्वीकृति दिने गरिएको थियो । पुराना आयोजनालाई बिर्सने र नयाँ नयाँ आयोजनामा आम्दानी र स्रोतको ख्याल नगरी बजेट विनियोजन गर्ने काम गरियो ।

अहिले मैले त्यसमा कडाइ गर्ने प्रयास गरेको छु । जसले गर्दा विगतमा यस्तो बेतिथिबाट लाभ लिने समूह मसँग रुष्ट छ । मेरो आलोचना गरिरहेको छ । वित्तीय अनुशासन कायम राख्नु पर्छ भन्नेमा प्रष्ट छु । कसले मेरो आलोचना गरेका छ भन्नेमा मलाई कुनै चासो छैन । म यहाँ कसैलाई सन्तुष्ट गर्न आएको होइन ।

सरोकारवालहरुमा विगतको मानसिकतालाई तोड्न समय लागेको छ । अब यसरी हुँदैन भन्ने सोच कर्मचारीमा आउन थालेको छ । सुधारको काम सुस्त नै हुने रहेछ ।

सुधार क्रमश: हुने हो । हिजोको परम्परामा काम गर्ने क्रम अझै हट्न सकेको छैन । अहिले हामीले बहुवर्षीय ठेक्कामा देखिएको विकृति हटाउने प्रयास गरेका छौं । ३ वर्षमा ४ गुणाभन्दा बढी रकम बहुवर्षीय ठेक्का लागाउन नमिल्ने गरी मापदण्ड बनाएको छौं । यसले बजेटमा न्यून रकम विनियोजन गरेर तजबिजमा अर्बौंको ठेक्का लगाउने विकृति अन्त्य हुन्छ ।

हाम्रो कानुनमा समस्या छ । त्यसमा पनि सुधार गर्नु पर्छ । हामीहरु संसदको आगामी अधिवेशनमा कयौं कानुन सुधार गर्ने प्रस्ताव लैजाने छौं ।

विगतका सरकारले अध्ययन‍विना सिर्जना गरेका दायित्वको भारी हामीले बोक्नु परेको छ । हामीहरु क्रमश सबै भुक्तानी गर्छौं ।

बढ्दो ऋणको साँवा ब्याज दायित्वले सरकार चापमा छ । पुँजीगत खर्चमा गुणस्तर र दीर्घकालीन लाभ नहेरि निर्णय गर्दा समस्या आएको हो ।

हामीले भनेको जस्तो नभए पनि आगामी दिनमा पुँजीगत खर्च बढ्ने विश्वास छ । नियामक निकायले विधि बाहिर गएर काम गर्न मिल्दैन । विधिअनुसार काम भएको छ वा छैन भन्नेतर्फ हामी सचेत छौं ।

एकतर्फ हामीहरु आलु प्याजमा भ्याट लगायो भन्ने प्रश्न गर्छौं अर्कोतर्फ हामीहरु नै भारतले निर्यात बन्द गर्यो भन्छौं । हामीहरु पहिला प्रष्ट हुनु पर्यो, आन्तरिक उत्पादन बढाउने हो वा होइन ।

संसारभर आन्तरिक उत्पादन बढाउने २ वटा उपाय छ । एउटा राज्यबाट सिधैं सहुलियत दिने, अर्को कर प्रणालीबाट संरक्षण गर्ने ।

विभिन्न देशले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न कर बढाउने गर्छन्, हामीले कर लगाउनु भयो ? हामीहरु साफ्टा भनेर बसेका छौं । तर, साफ्टा कसैले मानेको छैन ।

केही व्यवसायीहरुले होहल्ला मचाउँछन्, हामीहरु उनीहरुकै पछि लाग्छौं । हामीहरुले आन्तरिक उत्पादन बढाउनतर्फ लाग्नु पर्छ । अहिले हामी आलुमा आत्मनिर्भर भएका छौं । प्याजमा पनि हुनु पर्छ । आत्मनिर्भर हुनु करबाट सहुलियत दिनु के गलत हो?

संस्थान खारेज गर्ने निर्णय कार्यान्वयन गर्न म प्रयास गरिरहेको छु । हिजोका दिनमा खाइपाई आएको छोड्न कोही तयार छैन । म लागेको लाग्यै छु ।

ठूलो बजेट बनाउने बाध्यतामा हामीले राजस्वको लक्ष्य बढी निर्धारण गरेका हौं । हामीहरु अहिले पनि सकसमा छौं । बढीभन्दा बढी राजस्व उठाउन हामीहरुले जिम्मेबार प्रयास गर्नु पर्छ ।

वैदेशिक लगानीमा सञ्चालित परियोजनाको प्रगति किन हुन सकेन भनेर वैदेशिक दातृ निकाय र हामीहरु सँगै बसेर छलफल गरिरहेका छौं । चालु आर्थिक वर्षमा विगतभन्दा निकै काम हुन्छ भन्ने विश्वास छ ।

हालसम्म सिर्जना भएका सबै दायित्वहरु हामीहरुले भुक्तानी गरेका छौं । निर्धारित समयमा सम्पन्न हुन नसकेका परियोजनाको सम्बन्धित योजना प्रमुखले सिफारिसमा समय थप गर्ने व्यवस्था गरिएको छ । निर्माण व्यवसायीहरुले योजना प्रमुखलाई विश्वास गरेनन् । तर हामीले सम्बन्धित मन्त्रालयको सुझावका आधारमा निर्णय गरेको हो ।

हामीले जानकारलाई विश्वास नगरेर भयो ? विधि प्रकृया नपुर्‍याइ हामीले केही गर्यो भने कसले डिफेन्स गर्छ ? हामी कानुनले तोकेको सीमाभन्दा बाहिर भएर काम गर्न सक्दैनौं । भोलि समस्या पर्दा कसले सहयोग गर्छ ?

हामीहरु सबै प्रकारका विदेशी लगानीलाई स्वीकार गर्छौं । तर, हाम्रो विधि प्रकृया र नियम मान्नु पर्छ । विधि मान्दैन कसैले भन्न मिल्दैन । जहाँसम्म एनसेलको कर दायित्वको विषय छ, अर्थमन्त्रालय सबै दायित्व असुल गर्न जिम्मेवार छ ।

हामीले एनसेलको विषयमा अन्तर्राष्ट्रिय लगानी सम्बन्धी बिबाद समाधान गर्ने निकाय आईसीएसआईडीबाट पनि मुद्दा जित्यौं । कानुन मान्नुपर्छ भन्दा कोही पनि लगानीकर्ता भड्किदैनन् । एनसेलको कर सम्बन्धि सबै दायित्व असुल गर्न हामीहरु जिम्मेवार छौं । सम्बन्धित निकायले काम गरिरहनु भएको छ ।

(अर्थतन्त्रको वर्तमान अवस्थाका विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत)

भारत बन्यो विश्वकै सातौं ठूलो सेयर बजार, यी हुन् विश्वका शीर्ष सेयर बजार

0

भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ ।

सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ । अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो स्थानमा पुगेको हो ।

विश्व फेडरेशन अफ एक्सचेन्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्म, भारतको नेशनल स्टक एक्सचेन्जको बजार पूँजीकरण ३.९८९ ट्रिलियन डलर छ भने हङकङको ३.९८४ ट्रिलियन डलर छ । भारतको निफ्टी ५० इन्डेक्स अहिलेसम्म लगभग १६ प्रतिशतले बृद्धि भएको छ ।
भारतको निफ्टी ५० सूचकांकले गत मंगलबार मात्रै कीर्तिमानी उचाइ छोएको थियो । यो यस वर्ष निफ्टी अहिलेसम्म १६ प्रतिशतले बढेको छ तर यसको विपरित हङकङको ह्याङसेङ १७ प्रतिशतले घटिसकेको छ ।

एसिया प्यासिफिक क्षेत्रमा भारतको अर्थतन्त्र धेरै माथि गएको छ । बढ्दो तरलता, थप घरेलु सहभागिता देशको स्टक बजारलाई बढावा दिएको छ।

१.४०८ बिलियन जनसङ्ख्या भएको भारतमा अर्को वर्ष आम चुनाव हुँदैछ । जसमा सत्तारुढ राष्ट्रवादी भारतीय जनता पार्टीको अर्को विजय हुन सक्ने विश्लेषकहरूको अनुमान छ।

हालै भएको प्रदेश निर्वाचनमा सत्तारुढ पार्टी विजय भएपछि सेयरबजार अप्रत्याशित रुपमा उकालो लागेको छ ।उता एचएसबीसीले पनि बैंक, स्वास्थ्य सेवा र ऊर्जा आगामी वर्षको लागि सबैभन्दा राम्रो स्थितिमा रहेको क्षेत्र भएको बताएको छ।

अटो, रिटेलर, घरजग्गा र टेलिकम जस्ता क्षेत्रहरू पनि २०२४ का लागि अपेक्षाकृत राम्रो स्थितिमा छन् ।उता हङकङको सूचकांकले भने खराब प्रदर्शन गरिरहेको छ ।

गत हप्ता, मूडीजले मुख्य भूमि चीनसँगको वित्तीय, राजनीतिक, संस्थागत र आर्थिक सम्बन्धलाई उद्धृत गर्दै हङकङप्रतिको दृष्टिकोण घटाएको छ ।

साथै उसले चीनको सरकारी क्रेडिट रेटिङ पनि डाउनग्रेड गरेको छ । हङकङ सरकारले अगस्टमा कुल गार्हस्थ उत्पादन पनि घट्ने प्रक्षेपण गरेको छ ।यसका साथै हङकङमा पनि उपभोक्ताको विश्वास घटेको छ ।
यी हुन् विश्वका शीर्ष सेयर बजार :

१. न्यूयोर्क स्टक एक्सचेञ्ज(पहिलो)
२.नाष्डाक
३.साङहाई
४.यूरोनेक्सट
५. जापान
६.सेन्जेन स्टक
७.नेशनल स्टक एक्सचेन्ज
८.हङकङ स्टक
-एजेन्सी

झिनो अंकले बढ्यो बजार

0

आज बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले बढेर ३७५.३०को विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेपाल पेमेन्ट सोलुसनको आईपीओ आउने

0

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २१ गते साधारणसभा बोलाएको छ । सभाले सहायक कम्पनीहरु स्थापना गर्ने, आईपीओ निष्कासन गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्रमा फेरबदल गर्ने, नाम परिवर्तन गर्ने, पूँजी बृद्धि गर्ने साथै आईपीओ जारी गर्न मौजुदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशनबमोजिम कुनै निर्णय वा कागजात तयार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पेश हुने छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा प्रदायकको रुपमा काम गरिरहेको यस कम्पनिले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।