Home Blog Page 170

चन्द्रागिरी हिल्सको सस्थापक समुहको सेयरको लकइन खुल्दै

0

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरको लकइन आगामी माघ ८ गते सकिन लागेको छ ।

कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन माघ ८ गते समाप्त हुन लागेको कम्पनिले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका अनुसार स्थापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

लक इन अवधि खुलेपछि हाल लकइनमा रहेको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिए अनुरुप कम्पनीले सोबारे जानकारी गराएको हो ।

सर्वोत्तम सिमेन्टको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत, ३६ लाख कित्ता आईपीओ आउँदै

सर्वोत्तम सिमेन्टको आइपिओ आउने निस्चित भएको छ । नेपाल धितोपत्र बोर्डले यस कम्पनिको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि निवदेन दिएको थियो । बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको हो ।

कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आईपीओ निष्कासन गर्नेछ ।

सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट कम्पनीले आईपीओ बिक्री गरेको हो ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

घोराही सिमेन्टको १५% बोनस घोषणा

0

प्रिमियममा आईपीओ जारी गरेको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।

बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न कम्पनिले पुस २८ गते दाङको होटल पौवामा बिहान ९ बजेदेखि आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वन गरेको हो ।

सभामा हाल चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष अजेण्डा पेश हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अजेण्डाहरु पेश हुने छ ।

साधारणसभा प्रयोजनका लागि घोराही सिमेन्टले पुस १६ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीले घोषित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।

माथिल्लो तामाकोशीको सेयर लिलामीमा, न्यूनतम मुल्य १०० रुपैयाँ

0

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वसाधारण समूहतर्फको बिक्री हुन नसकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीमा राखेको छ । यसमा इच्छुक व्यक्ति, संघसंस्था तथा लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भर्न सकिनेछ ।

कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य तोकिएको छ । यसको अर्थ कम्पनिले सेयर किन्न १०० वा सो भन्दा माथि रकम बोलकबोल गर्नुपर्नेछ । कम्पनिले सेयर न्यूनतम १००कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा सेयर बाँडफाँट हुनेछ ।

कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलाम गर्न लागेको हो ।

माछापुच्छ्रे बैंकको सीईओमा दोश्रो कार्यकालका लागि कोइराला नियुक्त

0

माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

कोइरालासङ्ग साढे २ दशकभन्दा लामो अनुभव रहेको छ । कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकर हुन ।

दोहोरो अङ्कले घट्यो सेयर बजार

0

साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ३२.७७ अंकले घटेर २ हजार १०९.१० को विन्दुमा बन्द भएको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ३९६.६२ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धेरै कमाउने र धेरै गुमाउने
यो दिन बोटलर्स नेपाल(बालाजु),आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर,भिजन लुम्बिनी ऊर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयरहाउजिङ्गको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ती कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.४४ प्रतिशतले घटेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ।

११ बैंकले लाभांश घोषणा गर्दा ५ बैंकको सेयरधनीको हात खाली, कुन बैंकको लाभांश कति ?

अहिलेको समय वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने समय हो । बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन ।

बैंकहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरिरहदा ५ बैंकले सेयरधनीको हात खाली गराएका छन् ।
हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकले लाभांशको प्रस्ताव गरेका छन् ।

त्यस्तै कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्न बाँकी रहेका बैंकहरुमा कृषि विकास बैंक,प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश छ। कम्पनीले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम लाभांश भने सिद्धाथ बैंकले प्रस्ताव गरेको छ । सिद्धाथ बैंकले गत आवको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कुन बैंकको लाभांश कति ?

S. No. Banks Name Bonus Total Dividend
1Maxapuxre Bank13.314
2Everest Bank1020.53
3Nic Asia Bank2930.52
4Sanima Bank914.7
5Citizen Bank05.79
6Siddhartha Bank04.21
7Standard Chartard Bank019
8Global Ime Bank19
9Nepal SBI Bank3.759.83
10Nabil Bank011
11Laxmi Sunrise Bank77.37

लुम्बिनी केबल कारले आईपीओ निष्कासन गर्ने तयारी, साधारणसभा बस्दै

0

लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा पेस गर्दै छ ।

उक्त सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुने गरी राख्ने निर्णय भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

त्यस्तै उक्त सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

मौलाकाली केबल कारले आईपीओ निष्कासन गर्ने, साधारणसभा बस्दै

मौलाकाली केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार हुने सातौं वार्षिक साधारणसभामा पेश हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

४ अर्ब लगानीमा गोल्यान ग्रुपले पाँचतारे होटल बनाउँदै

0

गोल्यान ग्रुपले सन् २०२२ मा वेदा हस्पिटालिटी प्रालिमा दर्ता भएको कम्पनीले लुम्बिनीमा पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले लुम्बिनीमा ४ अर्ब ६० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्न लगेको हो । २ लाख ९१ हजार ७९१ स्क्वायरफिटमा दुई सय कोठा सुविधाको होटल कम्पनिले निर्माण गर्ने छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र क्यासिनोको सुविधा हुनेछ । साथै, कन्फरेन्स हल, खाना र बस्नलगायत अन्य विभिन्न सुविधा हुनेछ ।

होटल निर्माणका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ भने १ अर्ब १ करोड ८० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले गत नोभेम्बरसम्ममा जग्गा अधिग्रहण गरी पहिलो चरणको कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

वेदा हस्पिटालिटीले अन्तर्राष्ट्रिय कम्पनी हायत होटल्स कर्पोरेशनको सहायक कम्पनी हायत इन्टरनेशनल साउथ वेस्ट एसिया लिमिटेडसँग होटल सञ्चालनका लागि सम्झौता गरी फ्रेनचाइज भित्र्याएको छ ।

कर्पोरेशनले ‘हायत रेजेन्सी’ ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ । होटलको विश्वभर २० वटा प्रिमियर ब्राण्ड र १३ सय वटाभन्दा बढी प्रोपर्टी ७६ देशमा छन् ।