Home Blog Page 169

डब्लूईएफको प्रक्षेपण: सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर रहने

सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले समान धारणा व्यक्त गरेका छन् ।

डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू–राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र कमजोर रहने डब्लूईएफले जनाएको छ ।

सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेमा डब्लूईएफका करिब ५६ प्रतिशत अर्थशास्त्रीहरु सहमत देखिएका छन् । यस्तै ४३ प्रतिशत अर्थशात्रीहरुले अवस्थामा कुनै परिवर्तन नहुने अथवा मजबुत हुने मत राखेका छन् ।

यद्यपी दक्षिण एशिया,पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक अवस्था भने सकारात्मक रहने अनुमान गरिएको छ । अधिकांश अर्थशास्त्रीहरुले यी क्षेत्रहरुमा मध्यम आर्थिक वृद्धि हुने बताएका छन् ।

यस्तै उनीहरुले यस वर्ष श्रमबजार ७७ प्रतिशत र आर्थिक अवस्था ७० प्रतिशतले सुस्त रहने प्रक्षेपण गरेका छन् ।

अधिकांश अर्थशास्त्रीहरुमा युरोप,अमेरिका,मध्य–पूर्व र उत्तर अमेरिकाको आर्थिक परिदृश्य कमजोर रहनेमा एकमत देखिएका छन् । १० मध्ये ७ जना अर्थशास्त्रीले यस वर्ष भू–राजनीति टकराव बढ्ने बताएका छन् । अर्थशास्त्रीहरुका अनुसार यस वर्ष विश्वको सेयर बजारमा ८० प्रतिशतको अस्थिरता देखिनेछ ।

केहि अघि विश्व बैंकले पनि सन् २०२४ मा विश्वको आर्थिक वृद्धि सुूत रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकले सन् २०२४ मा लगातार तेस्रो वर्ष विश्वव्यापी वृद्धि सुस्त हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले जारी गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनका अनुसार सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा २.४ प्रतिशतमा सीमित हुनेछ। -एजेन्सी

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग प्रक्रियामार्फत माघ १० गतेदेखि सेयर निष्काशन गर्दै

0

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो ।

सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ।

कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग भए धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणले कट अफ मूल्यमा १० प्रतिशत छूटमा सेयर किन्न पाउनेछन ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

0

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिइएको छ ।

त्यस्तै आज बसेको लेखा समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका आईपीओको औचित्य र मूल्यांकनको पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

हमाललाई लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार हमाललाई डाकेको थियो । तर हमाल उक्त छलफलमा उपस्थित भएनन ।

हमालको अनुपस्थितिमा कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सहभागी भएका थिए । छलफलमा रास्वपाका सांसद हरि ढकालले घोराही सिमेन्टको आईपीओ प्रिमियममा आएको विषय उठाएका थिए । प्रिमियममा आईपीओ निष्कासन गर्न कम्पनीलाई स्वार्थ बाझिने रेटिङ स्वीकृत गरेको बिषय उनले उठाएका थिए ।

त्यस्तै माओवादीका सांसद जर्नादन शर्माले पनि बोर्डको कमजोर वित्तिय अवस्था भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न दिनु गलत भएको प्रतिक्रिया दिए ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले बोर्ड र बीमा प्राधिकरणको मिलेमतोमा बीमा कम्पनीको आईपीओ प्रिमियममा जारी गर्न दिइएको बताए ।

कुलमानले सार्वजनिक गरे डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगको सूची

0

डेडिकेटेड र ट्रंकलाइन फिडर प्रयोग गरेबापत करोडौं रुपैयाँ विद्युत महसुल र बक्यौता नतिरेको उध्योगहरुको नामावली बिध्युत प्राधिकरणले सार्वजनिक गरेको छ ।

हाल डेडिकेटेड र ट्रंकलाइन बिबाद चर्चामा रहेको छ । वक्यौता नतिरेको भन्दै प्राधिकरणले उध्योगहरुको बिजुलिको बिल काट्न थालेपछी यो बिषय थप पेचिलो बनेको हो ।

उपभोग नै नगरेको बिजुलीको बिल थमाएर नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको भन्दै निजी क्षेत्र छानबिन आयोग maag निजी गरिरहेको छ ।

डेडिकेटेड र ट्रंकलाइन फिडरबाट विद्युत उपभोग गरेर लामो समयसम्म बक्यौता, जरीवाना र ब्याज समेत नतिरेको भन्दै विद्युत प्राधिकरणले ९ वटा ठूला उद्योगको लाइन काटिसकेको छ । महसुल र त्यसको बक्यौता नतिर्ने उद्योगहरुको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

जसअनुसार २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ ।

यसरी बक्यौता नतिर्नेको सूचीमा अधिकांश ठूला उद्योग छन् ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगले बक्यौता नतिर्ने उद्योगहरुको संख्या ६१ वटा रहेको र ती सबैको लाइन काट्दै जाने चेतावनी दिइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको समेत साथ भएका कारण यो पटक घिसिङ पछाडि हट्ने अवस्थामा देखिदैनन् ।

उता, तीनवटै निजी क्षेत्रका संगठनले यो कदमको विरोध गरेका छन् । राज्यले अप्ठ्यारो अवस्थामा आतंक सिर्जना गरेको भन्दै आफूहरुले प्रयोग नै नगरेको महंगो बिजुलीको बिल नतिर्ने उनीहरुको अडान कायमै छ । उनीहरुले विभिन्न दलका शीर्षस्थ नेताहरुसँग समेत हारगुहार गरिरहेका छन् ।

अपर तामाकोशीकोे १ करोड कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

0

अपर तामाकोशी हाइड्रोपावरको सर्वसाधारण समूहको १ करोड कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखिएको छ।

कम्पनीको सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर आज(पुस १३ गते)देखि लिलामीमा राखिएको हो ।

कम्पनीको सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

यस कम्पनिको सेयरको बोलकबोलका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकोले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ।

यो सेयरको बिक्री प्रबन्धकको रुपमा सन राइज क्यापिटल रहेको छ ।

लगानीकर्ताले नागरिक लगानी कोष,सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु,विराटनगर, धरान,विरगञ्ज,जनकपुर हेटौडा,नारायणगढ,पोखरा बाग्लुङ,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी र चरिकोटमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले पुस २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांस वितरणको प्रस्ताव पारित गर्ने

0

नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको ७५ औं वार्षिक साधारणसभा आज बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको छ ।

उक्त सभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा समेत राखिएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा भएको हेरफेर अनुमोदन गर्ने, जारी तथा चुक्तापूँजी सम्बन्धी विद्यमान व्यवस्थामा संसोधन गर्ने, सामाजिक उत्तरदायीत्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका अजेण्डा समेत पेश हुने बताइएको छ ।

रवि लामिछानेमाथि पोखरामा खोया प्रहार, प्रहरिले एकजनालाई पक्रियो

0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

एक युवकले पोखरास्थित अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गर्दैगर्दा रबी लामिछानेमाथि खोया प्रहार गरेका थिए । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो ।

प्रहरीले खोया प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्दा झुक्किएर स्टेजतिर गएको तर रबी लामिछानेलाई ताकेर नहानेको जनाएको छ ।

प्रहरी श्रोतका अनुसार ति व्यक्तिले मकै खाएर खोया फाल्ने क्रममा स्टेजतिर गएको हो । तर केही प्रत्यक्षदर्शीले भने ति ब्याक्तिले ताकेरै लामिछानेलाई प्रहार गरेको बताएका छन ।

धितोपत्र बोर्डको अर्थ मन्त्रालयलाई आग्रह; फेरी अध्ययन जरुरी छैन, नयाँ स्टकको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिदेऊ

0

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई जवाफ पठाएको छ । धिबोले यसका लागि पहिला नै अध्ययन भईसकेकोले धिबोले पुन अध्ययन नगर्ने निर्णय गर्दै सो ब्यहोरा अर्थ मन्त्रालयलाई जनाएको हो ।

शुक्रबार बिहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टकको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन अर्थ मन्त्रालयमार्फत सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बोर्डको अघिल्लो बैठकले पनि अर्थ मन्त्रालयलाई नयाँ स्टकको लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै पत्र लेखेकोमा अर्थ मन्त्रालयले थप स्पष्ट बनाउन भन्दै मन्त्रिपरिषद्‍मा नलगी धितोपत्र बोर्डमा नै फिर्ता पठाएको थियो ।

अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयले रोकिएकोले मन्त्रिपरिषद्को निर्णय आबस्यक पर्ने भन्दै यसअघी अर्थ मन्त्रालयले बोर्डलाई पत्र फिर्ता पठाएको थियो ।

अर्थ मन्त्रालयले नयाँ स्टकको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेरसमेत बोर्डसँग स्पष्ट पार्न आग्रह गरेको थियो ।

त्यसैले शुक्रबारको बोर्ड बैठकले यसअघि नै अध्ययन गरेर लाइसेन्स दिन लागेको जानकारी दिँदै थप अध्ययन गर्न आवश्यक नरहेको तर सरकारले अध्ययन गर्न आवश्यक देखेमा सोही अनुसारको निर्णय गर्न आग्रह गर्दै अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा पत्र पठाउने निर्णय गरेको श्रोतको भनाइ छ ।

४ ठुला उद्योगको बिजुली प्राधिकरणले काटिदिएपछी महासङ्घले आकस्मिक बैठक बोलायो

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बिध्युत महसुल नतिरेको भन्दै चार ठुला उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक बोलाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बक्यौता रकम नदिएको भन्दै प्रधानमन्त्रिको निर्देसनमा शुक्रबार चार उद्योगको डेडिकेटेड र ट्रंक लाइनको बिजुलीको लाइन काटिदिएको थियो ।

प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको बिजुलिको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको बताईएको छ ।

पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरेपनी अटेर गरेपछी प्राधिकरण बिजुली काटेको जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम ठुला उद्योगहरूको लाइन काटेपछि त्यसमाथी आफ्नो धारणा बनाउन महासङ्घले बैठक बोलाएको हो ।

बर्षौसम्म अर्बौ रकम नतिरेर राज्यलाई ठग्ने घोराही सिमेन्ट लगायत ४ उद्योगको बिजुली काटियो, सिभम सिमेन्टको कहिले काटिन्छ ?

0

सर्बसाधारण जनताले समयमै २,४ हजार तोकिएको समयमा नतिर्दा फाइन तिराउने , बिजुली काट्ने काम गर्ने बिध्युत प्राधिकरणले ठुला भनिएका उध्योग र राज्य सङ्ग सिधा संपर्क भएकाहरुको बिजुलीको लाइन भने बिभिन्न बहाना र कारण देखाउदै काट्न सकेको थिएन । तर अहिले भने बिजुलिको महसुल नतिर्ने केही उध्योगको बिजुलिको लाइन प्राधिकरणले काटिदिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत बक्यौता नतिर्ने ४ उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटिदिएको हो।

यी ४ कम्पनीको बक्यौता १ अर्ब रुपैयाँभन्दा बढी रहेको बताईएको छ । बर्सौसम्म प्रभाब र प्रलोभनमा पार्दै यि बिभिन्न कम्पनिले बिजुलिको महसुल तिरेका छैनन । सर्बसाधारण जनताले सानोतिनो रकम वक्यौता समयमै नतिर्दा समेत लाइन काट्ने प्राधिकरणले अहिले भने ठुला र पहुच भएकाहरुले चलाएको उध्योगहरुको पनि लाइन काट्ने हिम्मत गरेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको छ। जसको ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता छ। जगदम्बा मुलुककै सबैभन्दा ठूलो स्टिल उद्योग हो।

प्राधिकरणकाअनुसार शिवम सिमेन्टको २ अर्ब ३० करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड, घोराही सिमेन्ट उद्योगको १ अर्ब ३६ करोड, अर्घाखाँची सिमेन्ट उद्योगको १ अर्ब ३० करोड रुपैयाँ बक्यौता छ।

सिभम सिमेन्टको पनि ठुलो रकम बिजुली महसुल वक्यौता रहेको देखिन्छ । तर यो उध्योगको महसुल बिबाद हाल अदालतमा बिचराधिन रहेको छ । शिवमको मुद्दामा सर्वोच्चले डेडिकेटेड तथा ट्रंक लाइनको शुल्क निर्धारण गरेको मितिबाट नभइ विद्युत् महसुल निर्धारण आयोगले स्वीकृत गरेको मिति २०७२ पुस २९ पछि मात्रै निर्धारण गर्नुपर्ने फैसला भएको थियो। २०७५ कात्तिक २० मा भएको फैसलामा उपभोक्ता हकको दृष्टिकोणबाट हेर्दा पनि ग्राहकले आफूले उपभोग गरेको वस्तुको मूल्य एवं परिणाम उपभोगको समयमा नै थाहा पाउनुपर्ने उल्लेख छ।

अन्य उध्योगको लाइन काट्न थालेको प्राधिकरणले यस उध्योगको पनि कुनै पनि बेला काट्न सक्ने देखिन्छ । यसका लागि प्राधिकरणले कानुनलाई समेत मध्यनजर गर्नुपर्ने हुनाले उपयुक्त समयको खोजिमा रहेको श्रोतको भनाइ छ ।