Home Blog Page 162

रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले कमी

रिडी पावर कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । कम्पनी समिक्षा अबधी सम्म ९ करोड ३२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले उत्पादित विद्युत बिक्री गरी कुल ९ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.०९ प्रतिशतले कम हो ।

कम्पनीको कुल सञ्चालन खर्च २ करोड ९१ लाख रुपैयाँबाट बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार १२ करोड ५० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.९६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९६.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२२.७५ रुपैयाँ र मूल्य आम्दानी अन्ुपात २०.९८ गुणा ऋणात्मक अवस्थामा छन् ।

४०६.७३% ले बढ्यो रिभर फल्स पावरको घाटा, रिजर्भ ९.५१ करोडले ऋणात्मक

0

रिभर फल्स पावर लिमिटेडको घाटा ह्वात्तै बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो ।
कम्पनीले यो अवधिसम्म कुल अ१० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ३३ लाख र कुल चालु दायित्व ४६ करोड ३० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)४.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०.२० गुणा ऋणात्मक भएको छ ।

अरुण भ्याली हाईड्रोपावरको नाफा ५०.८८% ले घट्यो

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतले कमी आएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा ८२.४४ प्रतिशतले कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २३ लाख कमाएको थियो । कम्पनीको अन्य आम्दानी भने २ करोड ४० लाखबाट बढेर १५ करेड २९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च ०.२३ प्रतिशतले बढ्दै १२ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)२.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११०.३७ गुणा रहेको छ ।

२५.७६ करोड घाटामा अपर तामाकोशी हाईड्रोपावर

0

अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार कम्पनी २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कमी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत कम्पनिले ५ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत अवर्षको सोहि अवधिको तुलनामा ७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ४ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्त आम्दानी भने ३ करोड ४८ लाखबाट घटेर ६८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी र आयोजना खर्च २७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड ्ररुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ९१ करोड र कुल चालु दायित्व १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४३.२० र तरलता अनुपात २.४० गुणा कायम भएको छ ।

अपर हेवाखोलाको ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक, कम्पनी ८.६८ करोड घाटामा

0

अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ६८ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफामा थियो । यस जलविद्युत आयोजनामा बाढीले क्षति पुग्दा यस्तो हुन गएको हो ।

कम्पनीको खुद आम्दानी पनि घटेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद आम्दानी ९६.६३ प्रतिशतको घटेको छ । कम्पनीले यो अवधिसम्म ४० लाख ४१ हजार ्ररुपैयाँ मात्रै खुद आम्दानी गरेको छ । वित्त आम्दानीमार्फत कम्पनीले ११ लाख २८ हजार आर्जन गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ५५ लाख र कुल चालु दायित्व १६ करोड ६२ लाख रुपैयाँ छ ।

समीक्षाअ अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३४.७५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८६.९० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३००.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४५ गुणा ऋणात्मक अवस्थामा छ ।

मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी

0

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै साँझ आउने सम्भावना देखिएको छ ।

मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्रबैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको छ । यदि आजको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरे आजै साँझ सार्वजनिक गर्ने तयारी भईरहेको श्रोतको भनाइ छ ।

यस मौद्रिक निति समिक्षामा रियल स्टेट र सेयर बजार प्राथमिकतामा पर्न सक्ने देखिएको छ ।

तारागाँउ रिजेन्सीको नाफा ७१.०७% ले बढ्यो

0

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशत बढेको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी ६२ करोड ४३ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको सञ्चालन खर्च ३१ करोड १८ लाख र प्रशासनिक खर्च ११ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड र कुल चालु दायित्व १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.६३बाट बढेर ९.६३ रुपेयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३३.०८ बाट बढेर १४५.६४ रुपैयाँ पुगेको छ । पीई अनुपात ९५.५७ गुणा रहेको कम्पनीको तरलता अनुपात १.९८ गुणा रहेको छ ।

घलेम्दी हाईड्रोको विद्युत बिक्री आम्दानी ७.१६% ले वढ्यो

0

घलेम्दी हाईड्रो लिमिटेड चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।कम्पनी अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।

कम्पनीको कर्मचारी खर्च २५ लाख १८ हजार,प्रशासनिक खर्च ४२ लाख ६६ हजार र वित्त खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ५ करोड ३६ लाख दीर्घकालिन कर्जा ८५ करोड ८३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्र्रमाससम्म कम्पनीको रिजर्भको आकार १८ करोड २४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८६.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११९.७९ गुणा ऋणात्मक र तरलता अनुपात ८.८२ गुणा रहेको छ ।

माउन्टेन हाईड्रोको नाफा ८८.९७% ले घट्यो

0

माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २८.१२ प्रतिशतले कमी आएको छ । कम्पनीले विद्युत बिक्रीमातर्फ २६ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च ८६ लाख २५ हजार र प्रशासनिक खर्च ७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भको आकार ४३ करोड ११ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १।०६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ६५.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.३४ प्रतिशत, मूल्य आम्दानी अनुपात २४४.८१ गुणा र तरलता अनुपात ०.५४ गुणा कायम भएको छ ।

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा 

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

कम्पनीको खुद आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७७.०७ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ५० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

कम्पनीको बिक्री तथा वितरण खर्च ७६ लाख ५६ हजार रुपैयाँले ऋणात्मक र प्रशासनिक खर्च ५ करोड ६८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार ६५ करोड ३३ लाख रुपैयाँ कायम भएके छ । जुन अघिल्लो आवको भन्दा १८.८३ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रपतिसेयर आम्दानी ८.८१ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।