Home Blog Page 163

सिद्धार्थ बैंकको २.४० लाख कित्ता सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना

0

पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ ।
विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको हो ।

इजलासले प्रतिवादी बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ समेत कायम गरिदिएको छ ।

अदालतले इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई समेत १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ बिगो भराउन आदेश दिएको छ । शाक्यलाई १ वर्ष ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।

सोही प्रकरणका अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय तथा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला सुनाइएको छ ।

विशेष अदालतले इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला सुनाएको छ ।

सोनापुर मिनरल्सका सेयरधनीको हात खाली, साधारणसभा माघ २६मा हुँने

सोनापुर मिनरल्स एन्ड आयलले १६ औं वार्षिक साधारणसभा आगामी माघ २६ गते गर्ने भएको छ ।

कम्पनीको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।

कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव भने गरेको छैन त्यसैले यो बर्ष सेयरधनिको हात खाली हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

सभाले कम्पनीको आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा अन्य कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले उद्देश्य थप गर्ने तथा कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावर कम्पनी(एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।

उक्त कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने बतााएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

राष्ट्र बैंकले आज बोलकबोल मार्फत बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन उपकरणको आगामी माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने पनि राष्ट्र बैंकले बताएको छ।

बुधबार पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन गरेको थियो ।

कामना सेवा विकास बैंकको नाफा ३२%ले बढ्यो

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८० /०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ ।

जसअनुसार कम्पनीले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको भन्दा समीक्षा अवधिमा ३२.१९ प्रतिशतले बढी हो।।।

कम्पनीको खूद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कायम भएको छ।

कम्पनीको खूद शुल्क तथा कमिसन आम्दानी १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल निक्षेप ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।यसैगरी, रिजर्भ कोषमा १ अर्ब ५१ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १५. ७८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने चुक्तापूँजी ३ अर्ब २८ करोड रुपैयाँ छ ।

बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्री गर्दै

0

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीको विभिन्न संस्थापकको नाममा रहेको १ लाख ५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

अत्यधिक तरलता भएपछि ३० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्ने बताएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । राष्ट्र बैंकले अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरणमार्फत् खिचेको तरलता ६५ अर्ब ३५ करोड बाँकी छ ।

बुधबार थप ३० अर्ब रुपैयाँ खिच्न लागिएको हो । माघ ३ गते २५ अर्ब रुपैयाँको निक्षेप परिपक्व हुने भएकोले केन्द्रीय बैंकले ३० अर्बको अर्को निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य २२०

0

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।

सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेसम्म ओवदन दिनुपर्नेछ ।

लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

सुनको मूल्य एकैदिन २५ डलरले घट्यो

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एकदिन धेरै घटेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल् २५.८८ डलरले घटेको हो ।

योसँगै सुनको मूल्य प्रतिऔंस २०२८.४४ डलरमा झरेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १.२९ प्रतिशतले घट्दै प्रतिऔंस २२.८७ डलर कायम भएको छ ।

नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।