Home Blog Page 161

‘हिमालयन रि’ले उठाएको प्रिमियम रकमबारे आज अन्तिम सुनुवाईं हुँदै , प्रिमियम रकम फिर्ता हुनसक्ने !

अहिले चर्चामा रहेको हिमालय रि इन्स्योरेन्सले आईपीओ मार्फत गैरकानूनी ढंगले प्रिमियम रकम उठाएको भन्दै परेको मुद्दाको सुनुवाई आज बुधवार पुनः हुन गईरहेको छ ।
२०८० साल मंसिर ८ गते दायर भएको रिटमा पटकपटक उच्च अदालत पाटनमा बहस भएको भएपनी अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

बिमा कम्पनिले अङ्कित मुल्य रु १०० मा नै आइपिओ जारी गर्नु पर्ने नियम भएपनी बिमा प्राधिकरण र धितोपत्र बोर्डको मिलेमतोमा कानुन बिपरित प्रिमियममा आइपिओ जारी गरेको भन्दै प्रिमियम आइपिओ बिरुद्ध मुद्धा परेको थियो ।

यसअघि पहिलोपटक छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो भने दोस्रो पटक अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो ।

तेस्रोपटक हिमालयन रिको तर्फबाट सम्भावित सुनुवाई स्थगन गरिएको थियो । चौथोपटक भने ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।

यसअघि न्यायाधीश नै दोहोरिएका र न्यायाधीशविरुद्ध नै न्याय परिषदमा उजुरी परेर चौथोपटक पनि ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।

अब पाँचौ पटक बुधबार पुनः रिटको विषयमा सुनुवाई हुने गईरहेको छ ।

बीमा ऐनको दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निश्कासन अंकित मूल्य एकसय रुपैयाँमा नै हुनुपर्ने नियम भएको भन्दै लगानिकर्ताहरु बिमा कम्पनिको प्रिमियम आइपिओको बिरोध गरिरहेका छन । यदी सोही कुरा अदालतले ठहर गरेमा यस कम्पनिले लगानिकर्ताको ३ अर्बभन्दा बढी पैसा फिर्ता दिनुपर्ने हुन्छ ।

लगानीकर्ताहरुको तर्फबाट यमप्रसाद भट्टराई र अधविक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रि इन्स्योरेन्सले गैरकानूनी ढंगले प्रिमियममा आईपीओ बेचेको भन्दै त्यसविरुद्ध रिट दायर गरेका थिए ।

विद्यमान ऐनविपरीत हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न दिइएको र यसमा नियामकहरुको समेत मिलीभगत रहेको दाबी गर्दै रिट दायर गरिएको हो ।

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, खुमलटार, धितोपत्र बोर्डको सञ्चालक समिति बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।

कम्पनीले अंकति मूल्य १०० दरमा १०६ प्रिमियम जोडी प्रतिकित्ता २०६ रुपैयाँको दरले करिब तीनकरोड कित्ता सेयरको बिक्री खुलाएको थियो ।

हिमालयन रिलाई प्रिमियममा आईपीओ निश्कासन गर्न दिंदा नियामक निकायका प्रमुखलाई नै आर्थीक प्रलोभनमा पारी प्रिमियममा आइपिओ जारी गरेको आरोप लागिरहेको छ । बिमा कम्पनिको प्रिमियम आइपिओ रोक्नुपर्ने आवाज चर्को रुपमा उठिरहदा पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सञ्चालक समितिमा हस्तक्षेप गर्दै प्रिमियममै आईपीओ निश्कासनको निर्णय गराएकाले प्रकरणमा निकै ठूलो आर्थिक लाभ लिएको आरोप समेत हमाललाई लागेको छ । यि र यस्तै कारणले हमाललाई छानबिनको दाँयरामा ल्याउन र सम्पत्ति छानबिन गर्न निर्देशन समेत जारी भईसकेको छ ।

अदालतले आज यस बिषयमा जे निर्णय गर्छ त्यसले ठुलो महत्व राख्नेछ । यदी प्रिमियम रकम गलत ठहर गरेको खन्डमा अरु बिमा कम्पनिले उठाएको प्रिमियम बापतको रकम समेत फिर्ता गर्नु पर्ने गरी नजिर बस्ने छ । यदी यसो भएमा लगानिकर्ताकू अङ्कित मुल्य १०० भन्दा माथिको रकम कम्पनिले फिर्ता गर्नु पर्ने छ ।

नौ अङ्कले बढ्यो नेप्से

0

नेप्से आज नौ अङ्कले बढेको छ ।

गत वर्षको तुलनामा महङ्गी घट्यो

0

अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको मुद्रास्फिति कम देखिएको छ । मंसिरको तुलनामा भने पुसमा बढेको देखिन्छ । मंसिरसम्ममा ४.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति पुसमा बढेर ५.२६ प्रतिशत पुगेको हो । नेपाल राष्टबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

२०८० पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दवाब पर्न गएको छ ।

यि हुन राष्ट्र बैंकले सार्वजनिक गरेको देशको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडलेबचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

रिलायबल नेपाल लाइफको नाफा सामान्य बढ्यो

0

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ४.९७ प्रतिशतको सामान्य बढेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ४६ हजार रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ९३ करोड बीमाशुल्क संकलन गरेको छ । जुन आघल्लो आवको तुलनामा ८.१७ प्रतिशतले धेरै हो ।
कम्पनीले अघिल्लो आवको समीक्षा अवधिसम्म १ अर्ब ७८ करोड रुपैयाँबराबरको बीमाशुल्क सङ्कलन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीबापत ६३ करोड ९० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवभन्दा ५५.१५ प्रतिशतले बढी हो ।

कम्पनीको कुल खर्च १३.६८ प्रतिशतले बढ्दै २ अर्ब १८ करोड रहेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ लाख ४५ हजार ९२० वटा पोलिसी जारी गरेको देखिन्छ । कम्पनीले यो अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्मको तुलनामा ५.०७ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब ८२ करोड रुपैयाँ दिर्घकालिन र १ अर्ब ३७ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । कम्पनीके सञ्चित आम्दानीमा सुधार भएको छ । कम्पनीको सञ्चित आम्दानी ३२.१६ प्रतिशतले बढेदै १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.०१ र तरलता अनुपात ४३०.८४ गुणा कायम भएको छ ।

नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव

0

नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ २२ गते साँझ ५ बसेको सञ्चालक समितिको १६३ औं बैठकले लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

मिथिला लघुवित्तको नाफामा ३८.७३% ले घट्यो

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।

कम्पनिको खराब कर्जा अनुपात ३.२९ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगको छ । जसको असर संस्थाको नाफामा पर्न गएको हो । यसका अतिरिक्त संस्थाले सम्भावित घाटाका लागि १ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । जुन अघिल्लो आवको तुलनामा ६५.४६ प्रतिशतले धेरै हो ।

कम्पनिको खुद ब्याज आम्दानी ०.८६६ प्रतिशतले बढ्दै १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनिको कर्मचारी खर्च ३ करोड २५ लाख र सञ्चालन खर्च १ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड २० लाख रुपैयाँ रहेको संस्थाकोि रिजर्भ कोषको आकार २७.६३ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कम्पनिको प्रतिसेयर आम्दानी(वार्षिक) १३.६० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६७.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१३.०६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.७७ गुणा र तरलता अनुपात ६.११ प्रतिशत कायम भएको छ ।

स्वरोजगार लघुवित्तको नाफा २२.४१% ले घट्यो

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.४१ प्रतिशतले घटेको छ । कम्पनिले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।

कम्पनिको खुद ब्याज आम्दानी समेत ७.११ प्रतिशतले घटेर ४९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । कम्पनिको कर्मचारी खर्च ४.११ प्रतिशतले घट्दै ११ करोड ८ लाख रुपैयाँ भएको छ । अन्य सञ्चालन खर्च भने १४.१४ प्रतिशतले बढ्दै ५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिले ३ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने कर्जा ७ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ । कम्पनिको रिजर्भको आकार ५.१२ प्रतिशतले बढ्दै १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) १२.४९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.७५ गुणा,प्रतिसेयर नेटवर्थ १४२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०१.०५ रुपैयाँ र तरलता अनुपात ७.८९ प्रतिशत कायम भएको छ ।

हिमालयन लघुवित्तको नाफा ६० प्रतिसतले घट्यो, ईपीएस ३.२९ रुपैयाँ

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १५.९६ प्रतिशतले बढ्दै ३४ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले इम्पेयरमेन्ट चार्ज घटाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँ रहेको संस्थाको इम्प्येरमेन्ट चार्ज घटेर ७८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनिको अन्य सञ्चालन खर्च ४.२६ प्रतिशतले बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिले ९५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

संस्थाको खराब कर्जा अनुपात २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । संस्थाको रिजर्भ ११ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८५.७९ गुणा,प्रतिसेयर नेटवर्थ १२५.६२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३१.२६ रुपैयाँ र तरलता अनुपात २.८० गुणा कायम भएको छ ।

स्वावलम्बन लघुवित्तको नाफा ८२.६९ प्रतिशतले घट्यो

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनिको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनिले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनिले खुद नाफा २४ करोड १ लाख को उचाईमा थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा हाल घटेर १ अर्ब ४१ करोड भएको छ ।

त्यस्तै कम्पनिको कर्मचारी खर्च ४२ करोड ७३ लाख र सञ्चालन खर्च ६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

कम्पनिले समीक्षा अवधिसम्म १३ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ । संस्थाले समीक्षा अवधिसम्म १८ अर्ब ३५ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.३४ प्रतिशतल बढी हो । संस्थाको रिजर्भको आकार १२.३९ प्रतिशतले बढ्दै १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २२३.७६ प्रतिशतले बढेर २९ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा यो रकम ९ करोड ३ लाख रुपैयाँ थियो । संस्थाको खराब कर्जा अनुपात बढेर ११.३६ प्रतिशत पुगको छ । इम्पेयरमेन्ट चार्ज र खराब कर्जा बढ्दा संस्थाको नाफामा पहिरो गएको हो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३१.७३ गुणा,प्रतिसेयर नेटवर्थ २१४.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८६.४९ रुपैयाँ र तरलता अनुपात ७.८८ प्रतिशत कायम भएको छ ।