Home Blog Page 160

एनआइसी एसिया बैंकको करिब ३४ ठाउँमा सेवा बन्द , के बैंक डुब्न लागेको हो ? बैंकले किन बोल्यो झुट ?

२०८० बैसाख १ यता आजसम्म एनआइसी एसिया बैंकको करिब ३४ ठाउँका सेवा बन्द भएको विवरण प्राप्त भएको छ । केही समय अघी बैंकका ५० बढी शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको खबर बाहिरिएको थियो । त्यसपछी उक्त बैंकले शाखा बन्दको खबरमा सत्यता नभएको भन्दै बिग्यप्ती जारी गरेको थियो । तर उक्त बिग्यप्तीमा एनआइसी एसियाले झुट बोलेको पाइएको छ । बैंकले सत्य कुरा बाहिर ल्याउनुको साटो आफ्नो गल्तिमा पर्दा लाउन बिग्यतीको सहारा लिएको देखिन्छ ।

बैंकले बैशाखमा ४ शाखारहित सेवा , जेठमा १७ (शाखारहित र बिस्तारित काउन्टर समेत ) र साउनमा ४ ठाउँमा , कात्तिकमा पनि ४ ठाउँको र माघमा ५ ठाउँको सेवा बन्द गरेको श्रोतको भनाइ छ । यसरी अहिलेसम्म ३४ ठाउको शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टरहरु बन्द भएको पाइएको छ ।

तर बैंकले शाखा बन्द गर्न निबेदन दिएको खबर बाहिरिदा उक्त खबरमा सत्यता नभएको बताएको थियो तर बैंकले झुट बोलेको पाईएको हो ।

शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टररु बन्द हुनु ठुलो कुरा नभएतापनी बैंकले यो कुरा किन लुकाउन खोज्यो भन्ने रहस्यमही बनेको छ । शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टरु अन्य बैंकले पनि बन्द गर्ने गरेका छन । सोचेको लक्ष प्राप्त भएन भने बैंकले यस्तो सेवा बन्द गर्न सक्छन तर यस बैंकले यो कुरा लुकाउन खोज्नुले सङ्का पैदा गरेको छ ।

बैंकले झापा, सिराहा , ईटहरीका बिभिन्न ठाउमा केही समय अघी मात्र आफ्नो सेवाहरु बन्द गरेको पाईएको छ ।

बैंक डुब्न लागेको हो त ?
बित्तिय विवरण हेर्दा त्यस्तो देखिन्दैन तर बित्तिय विवरणमै छेडखानी गरेको आरोप एनआइसी एसिया बैंकलाई लागेको । राष्ट्र बैंकमा गलत विवरण बुझाएको आरोप पनि बैंकलाई लागेको छ । राष्ट्र बैंकले आवश्यक जाच गरिरहेकोले सत्यता चाडै आउनेनै छ । तर हाल बैंक विबादै बिबादले घेरिएको छ ।

बचतकर्ताहरु डराएर आफ्नो पैसा निकालिरहेको पाईएको छ । बिभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको , राष्ट्र बैंकले कारबाही गर्ने भएपछी बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको ,रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रबाह गर्दा नियम उल्लङ्घन गरेको बिषय बाहिरिएको थियो । यस्ता बिषय बाहिरिएपछी निक्षेपकर्ताहरुले जे पनि हुन सक्ने भन्दै आफ्नो पैसा निकाल्न थालेको बुझिन्छ । निक्षेपकर्ताले यसरी नै निरन्तर पैसा निकाल्ने अथवा हल्लाको असरले एक्कासी धेरै निक्षेप निकाल्न निक्षेपकर्ताहरु बैंकमा गएमा बैंकले दिन सक्दैन र यदी त्यसो भएमा बैंकमा ठुलो सङ्कट आउन सक्ने देखिन्छ । यस्तो भएमा बैंक नडुब्ला भन्न सकिदैन ।

८४ मध्ये ३४ हाइड्रोपावर कम्पनी घाटामा

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हाइड्रो कम्पनिहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बित्तिय विवरण सार्वजनिक गरिरहेका छन । सुचिक्रित कम्पनीहरुमध्ये लगभग आधाजती हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका छन् ।

हाल नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत रहेका छन् ।

यो सामाग्री तयार पार्दासम्म ८४ कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हलसम्म विवरण सार्वजनिक नगर्नेहरुमा हिमालयन पावर पार्टनर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, भूगोल ईनर्जी, चिरख्वा हाइड्रो, डोल्टी पावर र अप्पर लोहरे खोला हाइड्रोपावर रहेका छन ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा ५० कम्पनी नाफामा देखिन्छन भने ३४ कम्पनी घाटामा रहेका छन् ।

नाफा कमाउने हाइड्रोहरु

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने हाइड्रोपावर कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेर सबैभन्दा धेरै नाफा कमाउने हाइड्रोपावर कम्पनी बनेको छ ।

त्यस्तै, दोस्रोमा माउन्टेन इनर्जीले ३५ करोड रुपैयाँ नाफा कमाएको छ भने साहज उर्जा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै सानिमा माई हाइड्रोले ३३ करोड ४१ लाख, ग्रीन भेन्चर्सले ३० करोड ५१ लाख, बुटवल पावरले १७ करोड ८३ लाख, माण्डू हाइड्रोले १७ करोड ५ लाख रुपैयाँ र सिनर्जी पावरले ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

त्यस्तै सबैभन्दा थोरै नाफा कमाउनेमा सुपर मादी हाइड्रोले १ लाख ४७ हजार रुपैयाँ र अपर स्याङ्गे हाइड्रोले ९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।

घाटामा रहेका यि हाइड्रोपावर कम्पनी

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ वटा हाइड्रोपावर कम्पनी घाटामा रहेको देखिन्छ ।

सबैभन्दा बढी घाटा अरुण काबेली पावरको रहेको देखिन्छ । यस कम्पनिले समीक्षा अवधिसम्म ३१ करोड ५ लाख रुपैयाँ घाटा खाएको छ ।

त्यस्तै, २५ करोड ७६ लाख रुपैयाँ घाटा खाँदै अपर तामाकोशी हाइड्रोपावर दोस्रो धेरै घाटा खाने कम्पनी बनेको छ ।

त्यस्तै मोदी इनर्जी १९ करोड ८६ लाख, बलेफी हाइड्रो १६ करोड ७२ लाख, माया खोला हाइड्रो १५ करोड ४० लाख, पिपुल्स हाइड्रो १२ करोड ८१ लाख, लिबर्टी ईनर्जी ११ करोड ८१ लाख, न्यादी हाइड्रो १० करोड ६४ लाख र पाँचथर पावर १० करोड ५३ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।

राष्ट्र बैंकले सातवटा बैंक-वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र सीईओलाई कारबाही गर्‍यो

0

नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओहरुलाई कारबाही गरेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा यि कम्पनिले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेको, अनिवार्य नगद मौज्दात (सीआरआर) नगरेको, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेकै भन्दै बैंक ऐन, २०५८ अनुसार नचल्ने यि कम्पनीहरूलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सलाई कारबाही गरेको हो ।

यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशन बमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ। फेरि, यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत राष्ट्र बैंकले जनाएको छ।

बचतकर्ताले आत्तिएर एनआइसी एसिया बैंकबाट आफ्नो पैसा निकाल्न थाले, बैंकलाई अप्ठेरो

बचतकर्ताले एनआइसी एसिया बैंकबाट आफ्नो निक्षेप रकम निकाल्ने क्रम बढेको छ । बचतकर्ताले बिभिन्न हल्ला, अफबाह सुनिन थालेपछी साथै बैंक डुब्दैछ भन्ने जस्ता प्रचार हुन थालेपछी आत्तिएर एनआइसी एसिया बैंकबाट आफ्नो पैसा निकाल्न थालेका हुन । बैंकबाट एक महिनामै निक्षेपकर्ताले १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।

अन्य बाणिज्य बैंकको निक्षेप बढ्दा एनआइसीको भने घटेको छ । निक्षेपकर्ताले आफ्नो रकम असुरक्षित भएको महसुस गर्न थालेपछी अन्यत्र बैंकमा सार्न थालेका हुन ।

बित्तिय बिबरणहरुमा सबल देखिन्छ तर बिभिन्न हल्लाले गर्दा बचतकर्ताहरु अलमलमा परेको देखिन्छ । बिभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको , राष्ट्र बैंकले कारबाही गर्ने भएपछी बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको ,रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रबाह गर्दा नियम उल्लङ्घन गरेको बिषय बाहिरिएको थियो । यस्ता बिषय बाहिरिएपछी निक्षेपकर्ताहरुले जे पनि हुन सक्ने भन्दै आफ्नो पैसा निकाल्न थालेको बुझिन्छ ।

त्यस्तै बैंकले ५० शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको भनेर एकोहोरो प्रचार–प्रसार हुँदा निक्षेपकर्ता थप भ्रमित भई निक्षेप निकाल्न थालेपछि बैंकलाई अप्ठेरो अवस्था आएको हो।

बित्तिय विवरण हेर्दा डराइहाल्नुपर्ने देखिन्दैन तर निक्षेपकर्ताले यसरी नै निरन्तर पैसा निकाल्ने अथवा हल्लाको असरले एक्कासी धेरै निक्षेप निकाल्न निक्षेपकर्ताहरु बैंकमा गएमा बैंकले दिन सक्दैन र यदी त्यसो भएमा बैंकमा ठुलो सङ्कट आउन सक्ने देखिन्छ ।

यस बैंकको साउनमा ३११ अर्ब, भदौमा ३४७ अर्ब, असोजमा ३६४ अर्ब , कात्तिकमा ३७६ अर्ब, मंसिरमा ३८० अर्ब, पुसमा ३८१ अर्ब निक्षेप पुगेको थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोड निक्षेप रहेको देखिन्छ । यसरी हेर्दा पुषसम्म यस बैंकमा बचत गर्ने बढीरहेका थिए तर माघमा भने निक्षेप राख्ने भन्दा पनि पहिले आफुले राखेको निक्षेप निकाल्न थालेको देखिन्छ ।

निक्षेपकर्ताले एक महिनामै १४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप निकालेका छन्।

चालू आवको ७ महिने अवधिमा पहिलो पटक एनआईसी एसियाको निक्षेप यती धेरै घटेको हो ।

स्वरोजगार लघुवित्तका सेयर धनीको हात खाली हुने , बोलायो साधारण सभा

0

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिको हात खाली हुने भएको छ । कम्पनिले गत आवका लागि लाभांश नदिने निर्णय गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले संस्थाको १५ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा आगामी फागुन २६ गते आयोजना हुनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेप्सेमा दुई कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई हाईड्रो कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा चिलिमे हाईड्रोको १० प्रतिशत र सानिमा मा्ई हाईड्रोको पनि १० प्रतिशत नै बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा चलिमे हाईड्रोको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमा मा्ई हाईड्रोको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर गरी कु्ल १ करोड ३ लाख ४७ हजार ४३१ कित्ता सेयर सूचीकृत भएको हो ।

गोर्खाज फाइनान्सले लाभांश नबाड्ने, एजीएम आह्वान

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

साथै उक्त बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा आगामी चैत २ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा,बोनस कति ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल १०.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

आइपिओ निस्कासन गर्न लागेको जनता टिभीलाई ॠण तिर्न ताकेता , नतिरे कालोसुचिमा पर्ने

0

आइपिओ निस्कासन गर्न लागेको जनता टिभी सन्चालन गर्ने कम्पनी जनता प्रकाशन तथा प्रसारण पब्लिक लिमिटेड खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनिले बैंकको ॠण नतिपछी ॠण दिने बैंकले ॠण तिर्न ताकेता गर्दै सुचना निकालेको छ । बैंकले सुचना निकालेपछी कम्पनिको खराब स्थिती बाहिरिएको हो ।

बैंकले पटकपटक ताकेता गर्दा पनि ॠण नतिरेपछी कम्पनिको नाममा सार्वजनिक सुचना नै निकालेको छ । अब ३५ दिन भित्र कम्पनिले ॠण नतिरेमा कम्पनिलाई बैंकले कानुनअनुसार कालोसुचिमा राख्न प्रकृया अगाडि बढाउने छ ।

यस अघी पनि त्यहा काम गर्ने पत्रकारले तलब नपाएको भन्दै धर्ना दिएका थिए । पछी केहीले तलब पाएका थिए तर अहिलेपनी कम्पनिले नियमित तलब पत्रकारलाई दिन सकेको छैन ।

दुर्गा प्रसाईले ‘एनआइसीसी एसिया बैंक डुब्दैछ ,तुरुन्त आफ्नो पैसा निकाल्नु’ भनेपछी……

राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति र नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाइले एन आइसी एसिया बैंक डुब्दैछ भनेपछी हङ्गामा भएको छ । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन -” Nic Asia Bank बैंक डुब्दै बचत कर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला !! संचालक भागे भने सहकारीका बचत कर्ता को जस्तो हालत होला !! बेलैमा होस पुराउनु होला ! “

प्रसाईले यस्तो अभिब्यक्ती दिएपछी सेयर लगानिकर्ताले कडा प्रतिकृया दिएका छन ।

लगानिकर्ता नवराज दाहाल यसको प्रतिकृया स्वरुप लेख्छन ” दुर्गा प्रसाइको मानसिक अबस्था ठिक छैन जस्तो लाग्यो … क्रीपया अस्पताल लगेर उपचार गरिदिनुहोला …. रास्ट्र बैक छ ढुक्क हुनुस केही हुदैन …… “

सेयर बजारका काका भनेर चिनिएका लगानिकर्ता केशब कोइराला प्रसाइको स्टाटसको स्क्रिनसट राख्दै लेख्छन – “बित्तिय क्षेत्रमा आक्रमण गर्ने यो पात्रलाइ तुरुन्तै पक्रेर जेल हाल सरकार। Nepal Rastra Bank ले कडा आदेश देओस।”

यता एनआइसी एसिया बैंकले भने लगातार बिग्यप्ती निकाल्दै बैंकमा कुनै समस्या नरहेको बताईरहेको छ ।