Home Blog Page 158

सुनको मूल्य १० डलरले बढ्यो

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले वढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १०.६४ डलरले बढेको हो ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४५.३२ डलर पुगेको छ ।

पछिल्लो २४ घण्टामा सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १ प्रतिशत अर्थात ०.२२ डलरले बढ्दै प्रतिऔंस २२.६८ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आजदेखि रिडीको हकप्रद खुल्यो, क-कसले दिन पाउनेछन् आवेदन?

रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला आज देखि भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन आज फागुन १८ गतेदेखि खुला गर्ने भएको हो।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर कम्पनीका सेयरधनीले ५ कित्ता हाल्न पाउने अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको भनेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेकोले माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनिको हकप्रद सेयर निष्काशन फागुन १८ गतेदेखि चैत ८ गतेसम्म हुनेछ । सोही अबधिमा आवेदन दिन सकिनेछ।

यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंक लिमिटेडको संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको छ । कुमारी बैंकको ६ लाख ४१ हजार २७५ कित्ता र सूर्योदय वोमी लघसवित्तको ६ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

हालका लागि सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकका इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीहरुले ललितपुरमा रहेको संस्थाको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन पेश गनर्स पर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

शिवम् सिमेन्टसको १४.२५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

0

शिवम् सिमेन्टस् लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै गत पुस २७ गते सम्पन्न कम्पनीको ८ औँ वार्षिक साधारणसभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा पठाएको जनाएको हो।

कम्पनीले बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको डिम्याट खातामा फागुन १४ गतेदेखि उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेकाहरुको भने अभौतिकीकरण गरेपश्चात डिम्याट खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज

0

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको १६ औं साधारण सभा सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजे आयोजना हुन गईरहेको हो ।

कम्पनिले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । सो प्रस्ताब आज यस सभाले पारित गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेकोले सो बिषय पनि छलफल गरी पारित गरिनेछ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो यसर्थ फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको सेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ राखिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीको हात खाली

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा बोलाएको हो ।

गत बर्षको मुनाफाबाट सेयरधनीहरुले लाभांश नपाउने भएका छन अर्थात सेयरधनिको हात खाली हुनेछ । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा, सेयरधनिको हात खाली हुने

0

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।

बैठकले आगामी चैत ९ गते शुक्रबारका दिन शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा सभा आयोजना गर्ने निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश घोषणा नगरेकाले उक्त कम्पनिका सेयरधनिको हात खाली हुनेछ । सभामा कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरिनेछ ।

यसैगरी आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

सभामा २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्ती गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने र संस्थापक समूह क बाट ३ जना र सर्वसाधारण समूह ख बाट थप १ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

0

आफ्ना सेयरधनीहरुलाई आजदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत माघ १५ गते बुक क्लोज गरेको थियो । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा र बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

ब्याजदरमा राहात दिने अर्थमन्त्रीको सङ्केत

0

अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई मनोबल उच्च बनाएर लगानी गर्न आग्रह गरेका छन् ।

नवलपरासीमा चलिरहेको औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने,‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’

महतले एउटै व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन ।

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ।’ उनले थपे, ‘आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

उनले अगाडि भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ ।’

‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि रहेको र सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो नेपालको आएको उनको दाबी थियो । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । उनले अगाडि भने, नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’

उनले अर्थतन्त्र सुधारको बाटोमा रहेको र ब्याजदर छिट्टै एकलविन्दुमा झर्ने दाबी पनि गरे ।

‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका उनको आरोप छ । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन् । साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिडेका छन्’ उनले भने, ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्ने क्रममा छ ।’

‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन ।’ उनले थपे , ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ । हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’