Home Blog Page 157

फागुन ३० गतेदेखि मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

0

आगामी फागुन ३० गतेबाट मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु हुने भएको छ ।

मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

यी दुवै संस्थाले गत वैशाख १० गते बेग्ला–बेग्लै विेशष साधारण सभाबाट मर्जरको अजेण्डा पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते , नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।

फागुन २९ गतेदेखि सेयर लगत एकिकरण लगायत पुनःसूचीकरण नभएसम्मका लागि सेयर कारोबार बन्द रहने संस्थाले जनाएको छ । यस्तै एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले आगामी फागुन २९ गते एक दिन दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहने संस्थाले जनाएको छ ।

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न ८ साविकको मिर्मिरे लघ्ुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा नै कायम रहने छ ।

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने , साधारण सभा आज बस्दै

अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कम्पनिको साधारण सभाले पारीत गर्नेछ ।

यस सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

उक्त सभाले प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव समेत पारित गरिनेछ ।

त्यस्तै सभाले कम्पनीको अधिकृत,जारी र चुक्तापूँजी जारी गर्ने र गत आविको विभिन्न वित्तीय प्रतिवेदनहरु पारित गर्नेछ ।

हाथवे इन्भेष्टमेन्टको सेयरको लक इन अवधि चैत १ गते सकिदै

आगामी चैत १ गते देखी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि सकिदै छ

एक सूचना जारी गरेर कम्पनिले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँबराबरको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयरमध्ये लक इनमा राखिएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

१२.९६ करोड कित्ता निफ्राको सेयरको लक–इन समयावधि आज समाप्त हुने

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन पिरी समय सकिदैछ ।

बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

निफ्राले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

अहिलेसम्म बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको छ । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

लकिङ समयमा संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

0

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको प्रधान कार्यालयको पुनर्बीमा शाखाका लागि २ जना सिनियर अफिसर र माथिल्लो तहमा कर्मचारी माग गरेको हो ।

यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता एमबीए वा चाटर्ड अकाउन्टेन्ट गरेको हुनुपर्नेछ । बीमा तथा बैंकिङ क्षेत्रमा काम गरेकालाई पहिलो प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

यस्तै छनौटमा महिलालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम दिन फागुन २८ गते रहेको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर लीलाम बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १८ हजार १८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताईएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, प्रस्ताब पारीत गर्न आज साधारण सभा बस्दै

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा आयोजना गर्दैछ । कम्पनीको प्रथम वार्षिक साधारण सभा आज बिहान ११ बजे भरतपुर चिवनमा रहेको प्रधान कार्यालयमा आयोजना हुन लागेको हो ।

उक्त सभामा कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,गठन भएको सञ्चालक समितिलाई अनुमोदन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सरकार नयाँ बन्ने भएपछी कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढ्यो नेप्से, २० मिनेटको लागि शेयर कारोबार बन्द

सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।

सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

नयाँ सरकार बन्ने भएपछी अर्थमन्त्रिका रुपमा बिष्णु पौडेल आउने अड्काल काट्दै लगानिकर्ता उत्साही भएका हुन । तर अर्थमन्त्री को बन्ने भन्ने चाँही पक्का भएको छैन । बिष्णु पौडेल सेयरलगानीकर्ताले रुचाउने अर्थमन्त्री हुन ।

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

0

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०७९/८० को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

भत्कियो सत्ता गठबन्धनः मन्त्रीमण्डल पुनर्गठन आजै

0

कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन आजबाट भत्किएको छ ।

गठबन्धन भत्किएसङ्गै एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन बन्ने पक्का जस्तै भएको छ ।

हिजोबाट चलिरहेको दौडधूप र छलफलले राति अबेर नयाँ समीकरण बनाउने सहमति गरेको थियो । त्योसङ्गै सत्ता गठबन्धन टुट्ने र नया मन्त्रीमण्डल बन्ने भएको हो ।

स्रोतका अनुसार एमालेबाट पदम गिरीले आज मन्त्रीको रुपमा सपथ लिनेछन् । माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्रीका रुपमा सपथ लिने भनिएको छ ।

दलहरुबीच मन्त्रालय बाँडफाँडको भने टुंगो लागिनसकेको स्रोतको भनाई छ ।
।