Home Blog Page 155

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार ७११ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन दिँदा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

तोकेको मितिसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रभु बैंकको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

रिलायन्स फाइनान्सको संस्थापक सेयर लीलाम बिक्रीमा

0

रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयर संस्थापक सेयरधनीका लागि उक्त सेयरको खरिद आवेदन खुलाएको हो ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

0

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनिको २ लाख ८७ हजार ५ सय कित्ता बढी संस्थापक सेयर लीलामीमा रहेको छ ।

न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश गर्न सक्नेछन् ।

सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गाप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १.४२ करोड कित्ता सेयरको लक–इन अवधि आज सकिदै

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक–इन समयावधि आज सकिदै छ । कम्पनीले एक सूचना मार्फत साविकको ज्योति लाइफ इन्स्योरेन्स को संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आज सकिने जनाएको हो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

साविकको ज्योति लाइफले २०७७ फागुन २३ गतेदेखि फागुन २८ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई २०७७ चैत १३ गते बाँडफाँड गरिएको थियो ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता,संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर कम्पनीका सञ्चालक,कार्यकारी प्रमुख,कम्पनी सचिव,उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखा सम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।

अब म बैंकको ऋण तिर्छु: दुर्गा प्रसाईं

२० दिन दिल्ली बसेर फर्केका प्रसाईंले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् ।

अदालतले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गरेको आदेशको स्वागत गरे। उनले १३ वर्षसम्म सरकारले आफूलाई अन्यायमा पारेको र १३ वर्षपछि अदालतले न्याय दिएको प्रतिकृया दिएका छन ।

उनले भने, “हामीलाई मेडिकल कलेज खोल्न १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए। अदालतबाट सम्बन्धन दिने आदेश भएको छ। देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो। न्यायपालिकालाई धन्यवाद।”

उनले अब कलेज चलाएपछि आफूसँग पैसा पनि हुने भन्दै बैंकको ऋण पनि तिर्ने बताए।

‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु । क्लियर कुरा ।’

उनले आफुलाई पक्रिन सरकारलाई चुनौती दिएका छन ।

एकैदिन २२ डलरले बढ्यो सुनको मूल्य

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वढेको छ । एक दिनमा सुनको मूल्य प्रतिऔंस २० डलरभन्दा बढीले बढेको छ। हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२.४२ डलरले वृद्धि भएको छ ।

योसङ्गै सुनको मूल्य प्रतिऔंस २ हजार २५६.७४ डलर पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.१६ डलरले बढ्दै प्रतिऔंस २५.१३ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुरु भयो बजेट मस्यौदा लेखनको काम, सुझाव सङ्कलन सुरु

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।

अर्थ मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुबाट आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा सुझाव सङ्कलन सुरु गरेको छ । यसका लागि सुझाब पेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आगामी वैशाख मसान्तभित्र सुझाव बुझाउन मन्बालयले सबैमा आह्वान गरेको छ । सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर दिन सकिने मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । उक्त समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

सिद्धि हाइड्रोले आईपीओ ल्याउँदै, सिटिजन्स क्यापिटल बिक्री प्रवन्धक

0

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपिओ निस्कासन गर्ने भएको छ । सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्ने छ ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य १२०

एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ ।

लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।