Home Blog Page 154

निलगिरी खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा बोलाइयो

0

निलगिरी खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा काठमाण्ठौको लाजिम्पाटमा रहेको आरबी कम्प्लेक्समा बिहान १०.३० बजे आयोजना हुनेछ ।

सभामा सर्वासाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन(आईपीओ)गर्ने ,प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,सर्वसाधारणलाई छुटुटाइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्ण गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको थियो । कम्पनीले १६ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

भिजन लुम्बिनी उर्जाको लक इन अवधि जेठ ४ गते समाप्त हुँदै

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुन गईरहेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६२५ कित्ता सेयरको लक इन अवधि जेठ ४ गतेपश्चात समाप्त हुन लागेको हो ।

कम्पनीको सार्वजनिक निष्कासनमार्फत निष्कासन गरिएको साधारण सेयरगत मंसिर ५ गते बाँडफाँड गरिएको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लक इन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब माथि, नबिल बैंक पहिलो स्थानमा

चालु आवको फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुमध्ये नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । नेपाल बैंकर्स संघका अनुसार नबिल बैंकले चालु आर्थिक वर्षको ८ महिनासम्ममा ४ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरी सर्र्वाधिक नाफामुखी बैंक बन्न सफल भएको छ ।कुल नाफाको ११.१६ प्रतिशत नाफा नबिल बैंक एक्लैले आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले फागुन मसान्तसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ भने तेश्रो धेरै कमाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । यस बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएर चौथो स्थान कायम गरेको हो ।

त्यस्तै, पाँचौ स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले सो अवधिसम्म २ अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेर पाँचौ स्थान कायम गरेको हो ।

यसका साथै एनआइसी एशिया बैंकले पनि २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएर छैटौं स्थान कायम गरेको छ भने एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरी सातौं स्थान ओगटेको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सो अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेर आठौं स्थानमा बसेको छ । फागुन मसान्तसम्म ८ वटा वाणिज्य बैंकले मात्रै २ अर्ब भन्दा बढी नाफा कमाएका छन् ।

त्यस्तै नेपाल बैंकर्स संघका अनुसार सबैभन्दा थोरै नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

त्यसैगरी कृषि विकास बैंकले १ अर्ब ९७ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड, एनएमबी बैंकले १ अर्ब ९२ करोड, लक्ष्मी सनराईज बैंकले १ अर्ब ८२ करोड, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड, सानिमा बैंकले १ अर्ब ६६ करोड र प्रभु बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, कुमारी बैंकले १ अर्ब ४२ करोड, नेपाल बैंकले १ अर्ब २८ करोड, सिटिजन्स बैंकले १ अर्ब २२ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।

माघ महिनामा भने २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए । माघ महिनासम्मको तुलनामा बैंकहरुले फागुन मसान्तसम्ममा १९.१८ प्रतिशतले नाफा बढाएका छन् ।

जलबिध्युत र ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत

जलबिध्युत तथा ऊर्जा क्षेत्रका चार वटा परियोजना लागि लगानी स्वीकृत भएको छ।

बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो।
यी परियोजनाको कुल लगानी ९९ अर्ब २० करोडबराबर छ ।

यी परियोजनामध्ये २५० मेगावाटको सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजना विदेशी लगानीका परियोजना हुन्। यी परियोजनामध्ये सबैभन्दा ठूलो परियोजना २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको छ ।

यस्तै १६६ मेगावाट क्षमताको सुपर तमोर परियोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए परियोजनाका लागि १० अर्ब आठ करोड, २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मर्याङ्दी जलविद्युत् परियोजनाका लागि ३३ अर्ब ४१ करोड लगानी स्वीकृत भएको छ ।

एक्कासी घट्यो सुनको मूल्य, कति छ मुल्य ?

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको छ । १ दिनमा सुनको मूल्य प्रतिऔंस १.११ प्रतिशत अर्थात २५.४६ डलरले घटेको हो । हालसम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २७२.१५ डलर रहेको छ ।

यस्तै सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.६५ डलरले घट्दै प्रतिऔंस २६.४४ डलर भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चैत २५ गतेदेखि एचआईडीसीएलको १.७८ करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य १००

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको छ । कम्पनिले संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउनेछ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ९ गते रहेको छ । बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

१.८७ अंकले घट्यो बैंकहरुको बेस रेट

वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) १.८७ अंकले घटेको छ । गत आवको यसै अवधिसम्म १०.६४ प्रतिशत रहेको कमर्सियल बैंकहरुको बेस रेट चालु आवको ८ महिनासम्म ८.७७ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर गत आवको तुलनामा १.६३ अंकले घटेको छ ।
गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत थियो ।

यता वाणिज्य बैंकहरुको कर्जाको ब्याजर समेत २.२५ अंकले घटेको छ । गत आवको ८ महिनासम्म कमर्सियल बैंकहरुको कर्जाको ब्याजदर ८.३७ प्रतिशत रहेकोमा चालु आवको यस अवधिसम्म ६.७४ प्रतिशत कायम भएको छ ।

त्यस्तै, चालु आवको ८ महिनामा विकास बैंकहरुको आधार दर १०.७१ प्रतिशत र वित्त कम्पनीहरुको आधार दर १२.३३ प्रतिशत रहेको छ ।

साथै विकास बैंकहरुको निक्षेपको ब्याजदर ७.९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५२ प्रतिशत रहेको छ भने वित्त कम्पनीहरुको निक्षेपको ब्याजदर १२।३३ प्रतिशत र कर्जाको ब्याजदर १३.०३ प्रतिशत रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

यसरी कम्पनीले ३५ प्रतिशतले हुन आउने कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ रुपैयाँबराबरको बम्पर लाभांश घोषणा गरेको छ ।

यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

0

सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो ।


यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विववरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।