Home Blog Page 153

सरकार नयाँ बन्ने भएपछी कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढ्यो नेप्से, २० मिनेटको लागि शेयर कारोबार बन्द

सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।

सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

नयाँ सरकार बन्ने भएपछी अर्थमन्त्रिका रुपमा बिष्णु पौडेल आउने अड्काल काट्दै लगानिकर्ता उत्साही भएका हुन । तर अर्थमन्त्री को बन्ने भन्ने चाँही पक्का भएको छैन । बिष्णु पौडेल सेयरलगानीकर्ताले रुचाउने अर्थमन्त्री हुन ।

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

0

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०७९/८० को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

भत्कियो सत्ता गठबन्धनः मन्त्रीमण्डल पुनर्गठन आजै

0

कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन आजबाट भत्किएको छ ।

गठबन्धन भत्किएसङ्गै एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन बन्ने पक्का जस्तै भएको छ ।

हिजोबाट चलिरहेको दौडधूप र छलफलले राति अबेर नयाँ समीकरण बनाउने सहमति गरेको थियो । त्योसङ्गै सत्ता गठबन्धन टुट्ने र नया मन्त्रीमण्डल बन्ने भएको हो ।

स्रोतका अनुसार एमालेबाट पदम गिरीले आज मन्त्रीको रुपमा सपथ लिनेछन् । माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्रीका रुपमा सपथ लिने भनिएको छ ।

दलहरुबीच मन्त्रालय बाँडफाँडको भने टुंगो लागिनसकेको स्रोतको भनाई छ ।

सुनको मूल्य १० डलरले बढ्यो

0

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले वढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १०.६४ डलरले बढेको हो ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४५.३२ डलर पुगेको छ ।

पछिल्लो २४ घण्टामा सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १ प्रतिशत अर्थात ०.२२ डलरले बढ्दै प्रतिऔंस २२.६८ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आजदेखि रिडीको हकप्रद खुल्यो, क-कसले दिन पाउनेछन् आवेदन?

रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला आज देखि भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन आज फागुन १८ गतेदेखि खुला गर्ने भएको हो।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर कम्पनीका सेयरधनीले ५ कित्ता हाल्न पाउने अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको भनेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेकोले माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनिको हकप्रद सेयर निष्काशन फागुन १८ गतेदेखि चैत ८ गतेसम्म हुनेछ । सोही अबधिमा आवेदन दिन सकिनेछ।

यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त र कुमारी बैंक लिमिटेडको संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको छ । कुमारी बैंकको ६ लाख ४१ हजार २७५ कित्ता र सूर्योदय वोमी लघसवित्तको ६ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

हालका लागि सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकका इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीहरुले ललितपुरमा रहेको संस्थाको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन पेश गनर्स पर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

शिवम् सिमेन्टसको १४.२५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

0

शिवम् सिमेन्टस् लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै गत पुस २७ गते सम्पन्न कम्पनीको ८ औँ वार्षिक साधारणसभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा पठाएको जनाएको हो।

कम्पनीले बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको डिम्याट खातामा फागुन १४ गतेदेखि उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेकाहरुको भने अभौतिकीकरण गरेपश्चात डिम्याट खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज

0

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको १६ औं साधारण सभा सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजे आयोजना हुन गईरहेको हो ।

कम्पनिले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । सो प्रस्ताब आज यस सभाले पारित गर्नेछ ।

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेकोले सो बिषय पनि छलफल गरी पारित गरिनेछ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो यसर्थ फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको सेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ राखिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, सेयरधनीको हात खाली

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा बोलाएको हो ।

गत बर्षको मुनाफाबाट सेयरधनीहरुले लाभांश नपाउने भएका छन अर्थात सेयरधनिको हात खाली हुनेछ । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।