Home Blog Page 150

डिप्रोक्स लघुवित्तको नाफा घट्यो, ह्वात्तै बढ्यो खराब कर्जा अनुपात

0

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो अबधिको भन्दा ८.८६ प्रतिशतले कमी हो ।

तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.०५ प्रतिशतले धेरै हो ।

संस्थाको खुद सञ्चालन आम्दानी ९९ करोड ७१ लाख रुपैयाँ, कर्मचारी खर्च ४६ करोड ९२ लाख ऋणात्मक र अन्य सञ्चालन खर्च १४ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

संस्थाको रिटेन्ड अर्निङ ३७ करोड ९६ लाख , र रिजर्भको आकार १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९ अर्ब ४ करोड रुपैयाँ रहेको निक्षेप संकलन समिक्षा अबधिसम्म ९ अर्ब ३५ करोड रुपैयाँ रहेको देखिन्छ ।

त्यस्तै कर्जा प्रवाह १९ अर्ब ९४ करोड रुपैयाँबाट बढेर २२ अर्ब ९० करोड रुपैयाँ पुग्दा वितरणयोग्य मुनाफा ३७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात ४.४९ प्रतिशतबाट ह्वात्तै बढेर ८.२५ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको अघिल्लो आवको तेस्रो त्रैमाससम्म २४.२५ रुपैयाँ रहेको ईपीएस घटेर १९.७७ रुपैयाँ भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ७.९९% ले घट्यो

0

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण अनुसार कम्पनिको खुद नाफा ७.९९ प्रतिशतले घटेको छ ।

यस कम्पनीले उक्त अबधिमा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस अबधिमा कम्पनिले १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८.४० प्रतिशतले धेरै हो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख हुँदा लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख रहेको छ । कम्पनिले बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी प्राप्त गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको देखिएको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । त्यस्तै कम्पनिको रिटेन अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।

त्यस्तै कम्पनीको ईपीएस ८.१७ रुपैयाँबाट घटेर ७.२४ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा रहेको छ ।

अपर सोलु हाईड्रोको नाफा २८३% ले बढ्यो

अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.५८ प्रतिशतले बढी हो ।

कम्पनीले खुद विद्युत बिक्री आम्दानी बढाएको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी २.९१ प्रतिशतले बढेर ४९ करोड २० लाख रुपैयाँ भएको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक खर्च ९० लाख ५७ हजार रुपैयाँ, कर्मचारी खर्च १ करोड ३२ लाख रुपैयाँ र वित्त खर्च २८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यस अबधीसम्म कम्पनिको दीर्घकालिन कर्जा ३ अर्ब ४२ करोड रुपैयाँ र अल्पकालिन कर्जा १३ करोड ६५ लाख रुपैयाँ लिएको छ ।

त्यसैगरी कम्पनीको कुल चालु सम्पत्ति २१ करोड ४९ लाख र कुल चालु दायित्व १६ करोड ४६ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.०७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९६.६५ रुपैयाँ,मूल्य आम्दानी अनुपात १२२ गुणा ऋणात्मक र तरलता अनुपात १.३१ प्रतिशत रहेको छ ।

निर्धन उत्थान लघुवित्तको नाफा २९९% ले बढ्यो

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । यस अबधिमा संस्थाले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले बढी हो ।

समिक्षा अबधिमा संस्थाको खुद ब्याज आम्दानीमा ३.२६ प्रतिशतले कमी आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको देखिएको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको देखिएको छ । त्यस्तै यस संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ देखिएको छ ।

तेस्रो त्रैमाससम्ममा संस्थाको निक्षेप सङ्कलन १९ अर्ब ७७ करोड रुपैयाँ रहेको देखिन्छ भने संस्थाको कर्जा प्रबाह २४ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.०९ प्रतिशत रहेको खराब कर्जा अनुपातमा कमी आएर १०.७७ प्रतिशत कायम भएको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ राखेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.९७ गुणा र तरलता अनुपात १२.५५ प्रतिशत रहेको छ ।

१.११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको छ ।

कम्पनिले बिक्रिमा राखिएको कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि छुट्याएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाईएको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

सिटिजन लाइफको लाभांश रद्द

0

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै वैशाख २४ गते उक्त लाभांश रद्द गर्न निर्देशन दिएको थियो ।

सिटिजन लाइफले गर्‍यो लगानिकर्तामाथी गम्भिर खेलवाड

नेपाल बीमा प्राधिकरणको निर्देशनलाई ठाडो चुनौती दिदै सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयर प्रिमियम रकमबाट बोनस बितरण गर्ने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणले आइपिओ जारी गरेका बिमा कम्पनिलाई सेयर प्रिमियम रकम जगेडामा सञ्चित गर्न निर्देशन जारी गरिसकेको छ । तर सो निर्देसनको उल्लङ्घन गर्दै सेयर प्रिमियमको रकम प्रयोग गरेर लाभांश बितरण गर्ने घोषणा गरेको हो ।

एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्नु नियमविपरीत

कम्पनीले एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्नु नियमविपरीत रहेको देखिन्छ । यही कम्पनिले गत आवको मुनाफाबाट कम्पनीले यही आ.व.भित्र ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरी गत माघ १४ गते बसेको वार्षिक साधारणसभाले पारित समेत गरिसकेको अवस्थामा चालु आ.व. नसकिंदै कम्पनीले फेरी सेयर प्रिमियम रकमबाट बोनस दिने निर्णय गर्नु कम्पनी ऐन र बीमा प्राधिकरणको निर्देशनविपरीत रहेको देखिन्छ ।

कम्पनीले लाभांश वितरण गर्न भनी छुट्याएको नाफाको रकमबाहेक अन्य कुनै श्रोतबाट लाभांशको भुक्तानी वा वितरण गर्न नमिल्ने ब्यबस्था कम्पनी ऐन २०६३ ले गरेको छ । त्यस्तै संसदको लेखासमितिले आईपीओ निष्कासनबाट प्राप्त प्रिमियम रकमबाट बोनस बाँड्न नदिन प्राधिकरणलाई निर्देशन दिएपछी प्राधिकरणले पनि बीमा कम्पनीहरुलाई सेयर प्रिमियमको रकम लाभांशको रुपमा नबाँड्न तत्कालै निर्देशन जारी गरिसकेको छ ।

बीमा कम्पनीका सीईओहरुको छाता संगठनको नेतृत्वकर्ता सीईओ रहेको कम्पनीले बिमा प्राधिकरण र लेखा समितिको निर्देसनको पालना नगरेपछी कतिपयले यसलाई पहुचको दुरुपयोग भनेका छन भने कतिपयले सिईओको क्षमता र कार्यकुशलतामाथि प्रश्न उठाएका छन ।

लगानीकर्तामाथी खेलवाड

सिटिजन लाइफले लगानिकर्तामाथी गम्भिर खेलवाड गरेको छ । घोषणा गर्नै नमिल्ने लाभांश घोषणा गरेर लगानिकर्तालाई फसाउने कार्यमा कम्पनी लागेको देखिएको छ । कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश बाँड्ने घोषणा गरेको थियो ।

सेयर प्रिमियम रकमबाट बोनस बाँड्ने निर्णयले लगानीकर्ताहरु आज सिटिजन लाइफको सेयर किन्न झुम्मिए । कम्पनीले २६ प्रतिशत बोनस सेयर दिने आशाले आम लगानीकर्ताहरुले धमाधम सेयर खरिद गरे । आज बजार खुलेको समयमा कम्पनीको सेयरमा उच्च खरिद माग समेत थियो ।

बोनस घोषणा भएपछी सिजिटन लाइफकै सर्वाधिक ३१ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । लाभाम्स घोषणा हुने लगानिकर्ताले लाभांश पाउने आसमा कम्पनिको सेयर किन्ने तर अन्त्यमा लाभांश रद्द हुने स्थितीले लगानिकर्तालाई गम्भिर असर पुग्नेछ ।

कम्पनिलाई पहिल्यै बिमा प्राधिकरणले प्रिमियमबाट उठेको रकमबाट लाभांश नबाड्ने निर्देसन दिएको थियो । यसको अर्थ या त कम्पनिको सिईओ तथा संचालक समितिमा रहेकाहरुको क्षमता कमजोर छ या त लगानिकर्ता फसाउने दुसित मनसायले यो लाभांश घोषणा गरेको हो ।

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, यस्तो छ कम्पनिको अन्य सुचक

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित बिबरण सार्वजनिक गरेको छ । कम्पनिले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५६ लाख ९१ हजार रुपैयाँ घाटामा रहेको थियो ।

समिक्षा अबधिमा कम्पनिले खुद ब्याज आम्दानी भने १.६९ प्रतिशतले कमी आएको छ । संस्थाले १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २४ करोड १८ लाख र सञ्चालन मुनाफा २ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनिको वितरणयोग्य मुनाफा १ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

कम्पनिको रिटेन्ड अर्निङ ऋणत्मक र रिजर्भ बढेको देखिएको छ । संस्थाको रिजर्भ १७ करोड ७३ लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङको आकार भने ७ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

कम्पनिको निक्षेप सङ्कलन १ अर्ब ४७ करोड रुपैयाँबराबर रहेको छ भने कम्पनिले ४ अर्ब ४२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

कम्पनिको खराब कर्जा ४.४४ प्रतिशत रहेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ९५ लाख रुपैयाँले ऋणात्मक छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ६.४४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १३५.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११८.४७ गुणा र तरलता अनुपात ३.१३ प्रतिशत रहेको देखिएको छ ।

सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित बित्तिय बिबरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानीमा कमी आएको देखिएको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ ।

कम्पनीको अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको कुल खर्च ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको देखिएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.४६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८.८८ रुपैयाँ र तरलता अनुपात १.४६ प्रतिशत रहेको छ ।

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी बढ्यो

भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५.११ प्रतिशतले धेरै हो ।

त्यस्तै कम्पनीले अन्य स्रोतबाट ५९ लाख ५ हजार रुपैयाँ कमाएको छ । यो अवधिसम्म कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन खर्च र २ करोड ४४ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।

कम्पनीको रिजर्भको आकार ११ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम शिर्षकमा २ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १५.७५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२४.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७.९७ रुपैयाँ, तरलता अनुपात १९.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३८.४१ गुणा रहेको छ ।