Home Blog Page 149

प्रभु महालक्ष्मी लाइफको नाफा ३५% ले बढ्यो

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३८.७५ प्रतिशतले बढेको भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १०२.८३ प्रतिशतले बढी हो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा रहेको छ ।

मन्दाकिनी हाईड्रोपावर घाटामा

मन्दाकिनी हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ लाख ४५ हजार रुपैयाँ घाटा खाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद विद्युत बिक्री आम्दानीमा ७०.११ प्रतिशतले कमी आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ६२ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको थियो ।

कम्पनीले १६ लाख २ हजार रुपैयाँबराबरको वित्त आम्दानी आर्जन गरेको छ । कम्पनीको प्रशासनिक खर्च ७ लाख २३ हजार,रोयल्टी खर्च ४ लाख ५१ हजार,परियोजना खर्च ३१ लाख ८५ हजार र वित्त खर्च ६४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १३ करोड १६ लाख र कुल चालु दायित्व ४५ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १११.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८.०८ गुणा रहेको छ ।

ङादी ग्रुप पावरको नाफा ४२.९४% ले घट्यो

ङादी ग्रुप पावर लिमिटेडले आवको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आबको तुलनामा ४२.९४ प्रतिशतले कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अबधिमा कम्पनीले ८ करोड ९४ लाख रुपैयाँबराबरको खुद विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ४.४१ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीवितरण खर्च ८७ लाख ५२ हजार, रोयल्टी खर्च २० लाख ३ हजार,प्रशोसनिक खर्च १ करोड २८ लाख र वित्त खर्च २ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म १० लाख ४५ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।
यस अबधिमा तेस्रो कम्पनीको रिटेन्ड अर्निङमा ९ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २४ करोड ८५ लाख र कुल चालु दायित्व ६ करोड ९४ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.०५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१०.२९ रुपैयाँ मूल्य आम्दानी अनुपात १५३.९५ गुणा र तरलता अनुपात ३.५८ प्रतिशत रहेको छ ।

साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख ६३ हजार रुपैयाँ खुद कमाएको छ ।यो रकम गत आवको सोहि अवधिको तुलनामा ३९.९९ प्रतिशतले बढी हो ।

कम्पनीको बिक्री आम्दानी ६३.९१ प्रतिशतले वढेको छ । कम्पनीले बिक्रीबाट ९ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म २ करोड ७३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीले कर्मचारी खर्च २७ करोड १७ लाख र १६ करोड १२ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालु दायित्व ७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३८९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७९७.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.२१ गुणा रहेको छ ।

स्वरोजगार लघुवित्तको नाफा ४०% ले बढ्यो

0

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी हो ।

संस्थाले २६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी ३० करोड ९६ लाख र सञ्चालन मुनाफा ७ करोड २ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ७० लाख रुपैयाँ रहेको छ । ६७ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने र रिजर्भ भने घटेको छ । संस्थाको रिटेन्ड अर्निङ ४ करोड ६५ लाखबाट बढेर ५ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको रिजर्भको आकार भने २४ करोड ३९ लाखबाट घटेर २१ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ ।

तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ७ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ५.७२ प्रतिशत कायम भएको छ । संस्थाको इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ९९ लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१४.५४ रुपैयाँ प्रतिसेयर नेटवर्थ १४०.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९२.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.३२ गुणा र तरलता अनुपात ९.७७ प्रतिशत रहेको छ ।

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

0

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।
बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।

अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ ।

‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नु भई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, विमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ । मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,’ अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २ हजार ५००, मधेश प्रदेशमा २ हजार, बागमती प्रदेशमा ५ हजार, गण्डकी प्रदेशमा ४ हजार ५००, लुम्बिनी प्रदेशमा ३ हजार ५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २ हजार ५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्न गइरहेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १०५

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बेंकले जनाएको छ ।
कम्पनिको न्यूनतम सेयर बिक्री मूल्य १०५ रुपैयाँ राखिएको छ ।

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा

0

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानी १७ करोड ५३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक, कर्मचारी खर्च १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ ।

संस्थाले समीक्षा अवधिसम्म १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गरेको छ । त्यस्तै यस संस्थाले ५ अर्ब ९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात ८.२९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८५ रुपैयाँ ऋणात्मक,,प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.३८ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३.५२ रुपैयाँ र तरलता अनुपात ९.९५ प्रतिशत रहेको छ ।

कालिका पावरको नाफा १८% ले वढ्यो

0

कालिका पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.३८ प्रतिशतले बढी हो ।

कम्पनीको खुद विद्युत बिक्री आम्दानी १४ करोड ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ५ लाख ८१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ९० लाख ८९ हजार रुपैयाँ र वित्त खर्च १ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङ कोषमा ८ करोड २५ लाख रुपैयाँ र बोनस सेयरका लागि ७ करोड ९३ लाख रुपैयाँ छुट्टाएको छ ।

यस्तै समीक्षा अवधिसम्म कम्पनीले १९ करोड २७ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६८ लाख र कुल चालु दायित्व १ करोड १० लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.९४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०९.४६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३२.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.८७ गुणा कायम छ ।