Home Blog Page 148

दोल्ती पावर ३.२३ करोड घाटामा

दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड २३ लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा गत आवको सोही अवधिको तुलनामा ३५.३७ प्रतिशतले कम हो ।

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको ६ करोड ५५ लाखको तुलनामा ४.६१ प्रतिशतले बढी हो । कम्पनीको साधारण तथा प्रशासनिक खर्च १ करोड १८ लाख र विद्युत उत्पादन खर्च १७ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भको आकार १७ करोड ६४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७१ लाख र कुल चालु सम्पत्ति १ करोड ९६ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)६.०३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ६७.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०१.०५ रुपैयाँ र पीई अनुपात ८०.६५ गुणा रहेको छ ।

श्रृजनशील लघुवित्तको नाफा ३२०% ले बढ्यो

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आबको सोही अबधिको तुलनामा २०.७३ प्रतिशतले बढी हो । संस्थाको कुल सञ्चालन आम्दानी १४ करोड २७ लाख र सञ्चालन मुनाफा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३० लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा १० करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

तेस्रो त्रैमाससम्ममा निक्षेप संकलन ८३ करोड ३९ लाख रुपैया गर्दा २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०.२२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.३६ प्रतिशत कायम भएको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । संस्थाको ईपीएस ७.०७ रुपैयाँबाट बढेर २९.७३ रुपैयाँ कायम भएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २६२.६७रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७४.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.६१ गुणा र तरलता अनुपात १८.०५ प्रतिशत रहेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको नाफा १६३% ले बढ्यो

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो ।

संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको देखिएको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.३० प्रतिशतले कम हो । तेस्रो त्रैमाससम्म संस्थाको कुल सञ्चालन आम्दानी ८ करोड ७१ लाख र सञ्चालन मुनाफा ७६ लाख ६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

संस्थाले कर्मचारीका लागि ५ करोड ९२ लाख र अन्य सञ्चालनका लागि १ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाको रिजर्भको आकार ६.२७ प्रतिशतले घट्दै ८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै संस्थाको खराब कर्जा अनुपात ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.४५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १५०.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५१.४० गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३६३.७५ रुपैयाँ र तरलता अनुपात ६.६७ प्रतिशत कायम भएको छ ।

हिमालयन रि इन्स्योरेन्सको नाफा ५०.१३% ले बढ्यो

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५०.१३ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन १२३.९५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।

कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको कुल खर्च ८८.८१ प्रतिशतले बढ्दै २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ६० करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९४.६० प्रतिशतले बढी हो ।

कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९०.५८ प्रतिशतले बढी हो । त्यस्तै महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङ ७७ करोड ५० लाख रुपैयाँ रहेको छ । रिजर्भ ४५ करोड ५५ लाखबाट बढेर ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको ईपीएस ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र पीई अनुपात ४९.१५ गुणा रहेको छ ।

सबैको लघुवित्तको नाफा २६.१५% ले वढ्यो

0

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी हो ।

त्यस्तै खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले घटेर १४ करोड १९ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ५५ लाख र सञ्चालन मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्ज ५७ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ । संस्थाको कर्मचारी खर्च ११ करोड ३५ लाख र अन्य सञ्चालन खर्च ३ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यो अवधिसम्म संस्थाले १ अर्ब १९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।

त्यस्तै संस्थाले ४ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ७० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।

संस्थाको खराब कर्जा अनुपात घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.६१ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ६.७४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.२५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १३८.९३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.६८ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३९६.५१ रुपैयाँ र तरलता अनुपात ११.२३ प्रतिशत रहेको छ ।

छिमेक लघुवित्तको नाफा २६% ले घट्यो

0

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो ।

त्यस्तै समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८५ प्रतिशतले कम हो ।

संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ९० करोड ४१ लाख रुपैयाँबराबर रहेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि ८० करोड २० लाख र अन्य सञ्चालनका लागि ११ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै कम्पनिको रिटेन्ड अर्निङ १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनिको रिजर्भ २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म ३२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३३ अर्ब ९० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यस अबधिमा कम्पनिको खराब कर्जा अनुपात १.१९ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५३०.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.९६ गुणा र तरलता अनुपात २३.२१ प्रतिशत कायम भएको छ ।

मकर जितुमाया सुरीको नाफा २९४७.०७% ले बढ्यो

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९४७.०७ प्रतिशतले धेरै हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १२ करोड ८१ लाख रुपैयाँको तुलनामा ४८.२५ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्टबाट ४८ करोड ४८ लाख रुपैयाँ आम्दानी गर्दा कम्पनीको कर्मचारी खर्च ५७ लाख २० हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च ५८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङको आकार ३ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ। कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ९ लाख र कुल चालु दायित्व १ करोड २ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.५८१० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९४.९७ रुपैयाँ र रिर्टन अन इक्विटी १.६६ प्रतिशत रहेको छ ।

सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो

नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो ।

कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले धेरै हो ।

कोषको ब्याज आम्दानी ३५ करोड ३२ लाख , सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४ करोड र १ करोड ७४ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । त्यस्तै कोषको कुल खर्च २३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

कोषको २३ खर्ब ६८ अर्ब रुपैयाँबराबरको कुल लगानीमध्ये मुद्धती निक्षेपमा १ खर्ब २६,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ५४ करोड,संगठित संस्थाको सेयरमा ३० अर्ब ९३ करोड र सहायक कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौजदात ४ अर्ब ४७ करोड र चालु सम्पत्ति १७ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २५ अर्ब ५० करोड रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४.४० रुपैयाँबाट घटेर २२.१४ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १७१.४४ रुपैयाँ र लगानी प्रतिफल ८.४९ प्रतिशत रहेको छ ।

माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो

माथिल्लो मैलुङ खोला जलविद्यत लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले ३ करोड १७ लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फ ४ करोड ८ लाख रुपैयाँ, निर्माणमार्फत ३४ करोड ९१ लाख र २३ लाख ५६ हजार रुपैयाँ अन्य आम्दानी गर्दा वित्त आम्दानी ५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड १९ लाख पुननिर्माण खर्च ३४ करोड ९१ लाख,पावर प्लान्ट सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहदा अन्य रिजर्भमा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । तेस्रोे त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड १४ लाख र कुल चालु दायित्व ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१० रुपैयाँ र तरलता अनुपात ०.२७ प्रतिशत रहेको छ ।

सोल्टी होटलको नाफा ४१.२३ करोड

0

सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले बढी हो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कुल खर्च १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको रिटेन्ड अर्निङको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ,पिई अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत रहेको छ ।