Home Blog Page 147

साञ्जेन जलविद्युतको घाटा ६१०% ले बढ्यो

0

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ खुद घाटा खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१०.१८ प्रतिशतले बढी हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ८९ हजार रुपैयाँ वित्त आम्दानी र ३६ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च ४ करोड ६३ लाखले ऋणात्मक र कर्मचारी खर्च पनि १ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको रिजर्भ २० करोड ४२ लाख रुपैयाँ रहेको छ । कुल चालु सम्पत्ति ३५ करोड ३५ लाख र कुल चालु दायित्व ४२ करोड ६८ लाख रुपेयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९४.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.२१ रुपैयाँ रहेको छ ।

ओपन एआईले लञ्च गर्यो ‘जीपीटी–फोरओ’, मानिसले जस्तै कुरा गर्न सक्ने

0

च्याट जीपीटीको सफलतापछि ओपन एआईले एउटा नयाँ एआई मोडल,जीपीटी–फोरओ लञ्च गरेको छ । ‘ओ’को अर्थ ओम्नी हो । कम्पनीले जीपीटी–फोरओलाई मानिस र कम्प्युटरबीचको अन्तरक्रियाका लागि ठूलो कदम भएको जनाएको छ ।  

यो नयाँ मोडलले रियल टाइम टेक्स्ट, अडियो र भिडियोमा काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा यो यस्तो टुल हो जसले, वास्तवमै मानिस जस्तै वार्तालाप गर्न सक्छ ।  

वर्तमानको च्याट जीपीटी(फ्री भर्जन) टेक्स्टमा मात्रै काम गर्छ । तर अब भने यसले  टेक्स्टका साथै जीपीटी अडियो,इमेज र भिजिुअललाई पनि बुझ्नेछ । तपाईको वरपर के भईरहेको छ भन्ने बारे पनि अब च्याट जीपीटीले हेरेर भन्न सक्नेछ ।  

कम्पनीका अनुसार जीटीटी फोरओ जीपीटी फोरकै एउटा आइटरेशन हो । जसले एकदमै तीव्र र टेक्स्ट,भिजन र अडियोमा काम गर्ने गर्छ । यो सबै जीपीटी प्रयोगकर्ताका लागि निःशुल्क हुने कम्पनीले जनाएको छ । पैसा तिर्ने प्रयोगकर्ताका लागि भने थप सुविधाहरु दिइने कम्पनीले जनाएको छ । यो मोडलले मानिसहरुले जस्ते कुरा पनि गर्न सक्छ ।  –एजेन्सी

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

0

गोर्खाज फाइनान्स लिमिटेडले २० हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। अन्यथा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कुमारी बैंकको ३.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, हेर्नुस कती लाग्छ कमिसन

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । आजबाट यो निर्णय लागू हुन लागेको हो ।

बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई केही घटाउने निर्णय गर्दै अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । हाल अर्थमन्त्रालयको अन्तिम स्वीकृति पछि सेबोनको सञ्चालक समितिको निर्णयानुसार आजदेखि ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयन हुन लागेको हो ।

नयाँ व्यवस्था अनुसार अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।

सेयर लगानीकर्ताले यसअघि भने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०।२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका थिए ।

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ६५५

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ । आवेदन पेश गर्दा के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनु्पर्नेछ ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्ति समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

0

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड, २०२४’ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी ग्लोबल आईएमई बैंकलाई सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यवसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मे बैंक, बङ्लादेशको स्ट्याण्डर्ड चाटर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनशिलता सेयरधनीहरु, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको बैंकले उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

नेपाल टेलिकमको नाफा ३.६३% ले वढ्यो

0

नेपाल टेलिकम(एनटीसी)को खुद नाफामा ३.३६ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेता पनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६.०३ प्रतिशतले कम हो ।

कम्पनीको रिजर्भ ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.११ प्रतिशतले कम हो ।

कम्पनीको कुल चालु सम्पत्ति ६६ अर्ब ३४ करोड रुपैयाँ र कुल चालु दायित्व ३९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको ईपीएस ४०.०९ रुपैयाँबाट बढेर ४१.४४ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९९ रुपैयाँ र पीई अनुपात २०.१३ गुणा रहेको छ ।

विन नेपाल लघुवित्त ४७.७८ लाख घाटामा

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४७ लाख ७८ हजार रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८०.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ४० लाख रुपैयाँ घाटा खाएको थियो ।
तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २ करोड ३ लाख र सञ्चालन मुनाफा २५ करोड ४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

यस्तै संस्थाको रिजर्भ कोषको आकार ४ लाख ३६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.१५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६५ प्रतिशतमा झरेको छ । संस्थाले सम्भावित घाटाका लागि २४ करोड १३ लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ८.०३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १२३.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६९.५७ गुणा र तरलता अनुपात ३८.८४ प्रतिशत रहेको छ ।

सिटिजन लाइफको नाफा ८७.३५% ले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्य आय बापत १ अर्ब १५ करोड २ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १करोड २९ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड १० लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ। कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ५३ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा ६३ करोड १७ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ छुट्टाएको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.६३ रुपैयाँ रहेको ईपीएस बढेर ९.५३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५२४.३६ रुपैयाँ र पीई अनुपात ४७.४० गुणा रहेको छ ।