Home Blog Page 146

२४ खर्ब हाराहारी पुग्यो सार्वजनिक ऋण

0

देशको सार्वजनिक ऋणको आकार करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब पुगेको हो । यो अवधिमा ९८ अर्ब ऋण थपिएको छ ।
चालु आर्थिक वर्ष २०८०८१ को सुरुमा कूल सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब रहेको थियो । वै्रशाखमा चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ ।

गत वैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीपीडी) को २०.७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशतबराबर हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल २ खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड बराबर हो ।

यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ । गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा २ खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ३ खर्ब ३० अर्ब बराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा २ खर्ब २२ अर्ब बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७०.५७ प्रतिशत बराबर हो । –रासस

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १०३

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ६२९.२३ कित्ता संस्थापक सेयर जेठ १२ गतेदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको २६.३१५८% लाभांशका आजसम्म सेयरधनी भईसक्नुपर्ने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन । कम्पनीले गत आव २०७९÷८० का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

यो लाभांश कम्पनीको आगामी जेठ २८ गते आयोजना हुने कम्पनीको ७ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

तरलता अधीक भएपछी आज ३५ अर्ब बजारबाट तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।

आज दिउँसो १२ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

आज बस्दैछ प्रतिनिधि सभा बैठक, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

आज प्रतिनिधि सभाको बैठक बस्न लागेको छ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने गर्ने तयारी भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

सम्भावित कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधि सभा बैठकबाट नीति तथा कार्यक्रम पारित भएपछि आगामी जेठ १५ गते सरकारको बजेट संसदमा प्रस्तुत गरिनेछ ।

कैलाश सिरोहियाले प्रमाण नष्ट गर्ने देखेपछी सरकारले पक्राउ गरेको हो : ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न सरकारले पक्राउ गरेको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा ओलीले भने -‘सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ?’ उनले अगाड भने ‘नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न हुँदैन ।’

कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालकलाई नागरिकताको विषयमा उनको नागरिकता झुटो नागरिकता भयो, किर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा आएपछि सरकारले छानविन गरेको उनले बताए

ओलीले भने- ‘सरकारले त्यसको छानबिन सरकारले गर्यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।’

हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

0

हिम पवर्त हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विेशष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी जेठ २७ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पन्रीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, पूँजी संरचनामा परिवर्तन एंव अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने,सञ्चालक समितिको संरचना परिवर्तन र प्रबन्धपत्र तथा नियमावल्रीमा संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो । सर्टलिस्टमा खनालसहित कृष्ण बहादुर अधिकारी,प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए ।

उम्मेदवारहरुलाई प्रस्तुतीकरण र अन्तरवार्ता जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा बोलाइएको थियो ।

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा सञ्चालक समितिले देवेन्द्ररमण खनाललाई सीईओ नियुक्त गरेको हो ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।

प्रधानमन्त्रीलाई सम्पादकहरुको पत्र: गृहमन्त्रीले राज्यसत्ताको दुरुपयोग गरे

देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरुले प्रधानमन्त्रीलाई संयुक्त पत्रमार्फत् ध्यानाकर्षण गराएका छन् । उनीहरुले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गरिएको गिरफ्तारीले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।

‘कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं,’ ध्यानार्षण पत्रमा भनिएको छ, ‘उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन । हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ ।’

संसदमा उभिएर गृहमन्त्री रवि लामिछानेले आफ्नो विपक्षमा आएको समाचारलाई ‘मिडिया ट्रायल’ गरेको भनाइप्रति सम्पादकहरुको आपत्ति छ ।

‘सहकारी ठगीको समस्या विकराल बनेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन् ।’

जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेको भन्दै सम्पादकहरुले सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेको दाबी गरेका छन् ।

यस्तो छ ध्यानाकर्षणपत्रः

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं-तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतीक प्रधान – बाह्रखरी
शिव गाउँले – अनलाइनखबर
अमित ढकाल – सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे – देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम –
सुजित महत – उकालो
पूर्णबहादुर बस्नेत – नेपाल खबर
बसन्त बस्नेत – अनलाइनखबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान- कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमाडौं पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरूण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टिभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – इकान्तिपुर
सोमराज पोखरेल – हाम्राकुरा
पुष्प दुलाल- क्लिकमान्डु

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, रोकिएको आईपीओको काम अगाडि बड्ने

अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानाले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन । नयाँ अध्यक्ष नआउन्जेल उनले नियमित कार्य अगाडि बढाउने छन ।

रानाले मंगलबार अर्थमन्त्री वर्षमान पुन समक्ष अध्यक्षको कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

अब आइपोओको कार्य पनि अगाडी बढ्ने श्रोतको भनाइ छ । हाल आइपिओको काम अगाडी बढेको छैन ।

तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको थियो । त्यसपछि धितोपत्र बोर्डकै वरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेबारी दिइएको थियो । तर उनीसँग नीतिगत कार्य गर्ने आधार थिएन । सरकारले नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि हाल भने अन्यौलमा रहेको छ । पाँच जनाको नाम सर्टलिष्ट गरेपनि अन्य प्रक्रिया भने अपूरो नै रहेको छ ।