Home Blog Page 145

नेपालमा ३४.२६७ हजार किमी सडक निर्माण हुँदा ५३.२% किमी कालोपत्रे

0

नेपालमा ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण भएको तथ्याङ्क सरकारले प्रस्तुत गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमामार्फत उक्त कुरा सार्वजनिक गरेका हुन ।

२०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३ सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्यांकले औंल्याएको छ ।

कूल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे, २२.२ प्रतिशत ग्राभेल र २४.३ प्रतिशत कच्ची छ ।

२ लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण

0

 नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।  

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो ।  

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

0

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति कम्पनी संघ संस्था वा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

चिरख्वा हाईड्रोपावर १२.४१ लाख घाटामा, अन्य सुचक कस्तो छ ?

चिरख्वा हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ लाख ४१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
यस त्रैमासिक अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन किनकी कम्पनीको विद्युत उत्पादन बिक्री सुरु गरेको छैन । समिक्षा अबधिमा कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख ५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ८८ लाख र कुल चालु दायित्व १७ करोड १४ लाख रुपेयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७८.६८ रुपैयाँ,मूल्य आम्दानी अनुपात १ हजार ७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत कायम भएको छ ।

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्न्वमा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा

0

हाल ४४ वटा संस्थान मध्ये २६ वटा संस्थान नाफामा छन् । अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो देखाएको हो । समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० सम्म १५ संस्थान नोक्सानीमा गएका छन् । कुल संस्थानमध्ये ३ वटा संस्थानको कारोबार शुन्य रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ नोक्सानीमा थिए ।

समीक्षा अनुसार संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ३०४६.२० प्रतिशतले बढी हो । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ । सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ६ खर्ब ६१ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ८.३२ प्रतिशतले बढी हो । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानमा काम गर्ने जनशक्ति कुल ३२ हजार १८० जना रहेका छन् ।

बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध गरेका छन् ।

बजेट भाषण सकिएपछि दिउँसो ४ बजे पुनः प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने

चालु आर्थिक वर्षको नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री वर्षामान पुनले आइतबार संसद्‍ बैठकमा चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन ।

उनले कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन समितिको माग गर्दै प्रदर्शन गरिरहँदा सभामुखले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण सार्वजनिक गर्न अनुमति दिएका थिए ।

रसुवागढी हाईड्रोपावरले एकैपटक दुई आवको साधारण सभा डाक्यो

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभा एकैपटक डाकेको हो ।

उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुने भएको छ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेको छ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

उक्त सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।