Home Blog Page 144

सातै प्रदेशलाई आर्थिक हब बनाइने , विशेषताअनुसार बिभिन्न आर्थिक हब हुने

0

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै नेपालका सातै प्रदेशलाई प्रदेशको विशेषतासँग जोडेर आर्थिक हब बनाइने बताएका हुन् ।

कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइने भएको छ ।

आर्थिक क्षेत्रका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरुप नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल, पोखरालाई तिनवटा कोणमा राखेर गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।

आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने सरकारको लक्ष्य

0

सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य लिएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । पुनले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य लिइएको बताएका छन् ।


आगामी दशकलाई सरकारले ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने भएको छ । सरकारले सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका लागि ५९ करोड विनियोजन गरेको छ ।

यसैगरी काठमाण्डौ उपत्यका र बुटवलमा सूचना प्रविधि पार्क स्थापना गरिने भएको छ । यस्ता पार्कमा ३ वर्षका लागि वर्क हब बनाउनेछ ।

सरकारले लतिलपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड विनियोजन समेत गरेको छ ।

स्थानीय तहका लागि ८८ अर्ब र प्रदेश सरकारलाई ६० अर्ब विनियोजन

0

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि स्थानीय तहका लागि ८८ अर्ब र प्रदेश सरकारका लागि ६० अर्ब विनियोजन गरेको छ ।

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको बताए ।

प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६अर्ब २० करोड र स्थानीय तहलाई ७ अर्ब विनियोजन भएको छ । यस्तै विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र स्थानीय तहलाई ८ अर्ब ५० करोड विनियोजन भएको छ ।

२०८१ देखि २०९१ सम्म कृषिमा लगानी दशक

0

सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरिने बताएका हुन्।

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

0

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो । सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् ।

नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा पक्राउ परेका सिरोहियालाई सोमबार तेस्रोपटक धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गाँजाको व्यवसायिक खेतीका लागि सरकारले कानुन बनाउने , बजेटमार्फत गरियो यस्तो ब्यबस्था

0

सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको लागि आबस्यक प्रबन्ध मिलाउने भएको छ । यसका लागि आबस्यक कानुनी ब्यबस्था सरकारले गर्नेछ ।

बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाउने अर्थमन्त्रिले बताएका छन ।

यस्ता छन आर्थिक सुधारका लागि अर्थमन्त्रीले संसदमा पेश गरेका ५ सूत्र

आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण मार्फत सुधारको ५ सूत्र सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् ।

अर्थमन्त्रिले संरचनात्मक सुधार, व्यवसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार गरी आर्थिक सुधार गर्ने बताएका छन ।

यस्तै, उनले कृषि, उर्जा, सूचना प्रविध, पर्यटन र उद्यमशीलता र औद्योगिक विकासलाई आर्थिक सुधारको रुपान्तरणकारी क्षेत्र समेत घोषणा गरेका छन् ।

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले निजी क्षेत्रको आत्माबल बढाइने र तीव्र आर्थिक सुधार गरी समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाइने समेत उनले घोषणा गरेका छन् ।

सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना योजना आयोगको पूर्ण बैठकद्वारा पारित

0

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

अब यो प्रतिवेदन अब मन्त्रीपरिषद बैठकले अनुमोदन गर्नेछ । त्यसपछि बजेटसँगै प्रतिवेदन संसदमा समेत टेबुल हुनेछ ।

आयोगको पूर्ण बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री दाहालसहित, उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्यहरु र सदस्य सचिव लगायतको सहभागिता थियो ।

सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा

सबै वाणिज्य बैंकहरुको आधारदर एकल अंकमा झरेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह नभएपछी बैंकहरुको आधारदर एकल अंकमा झारेका हुन ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ तर कर्जा प्रबाह सोचेअनुसार हुन सकेको छैन ।

आधारदर घट्नु भनेको बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि घट्नु हो । बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर निर्धारण गर्न सक्छन् ।

जेठ महिनामा २० वटा वाणिज्य बैंकको औषत आधारदर ८.५४ प्रतिशत विन्दुमा झरेको छ ।

हेर्नुस् बैंकको आधारदर

स्ट्याण्डर्ड चाटर्ड बैंकको आधारदर ७.०१ प्रतिशत कायम छ । यो सबैभन्दा कम हो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक बैंकको आधारदर ७.३५ प्रतिशत रहेको छ ।

जेठ महिनाका लागि एभरेष्ट बैंकको आधारदर ७.४८, नेपालको बैंकको ७.८५,नबिल बैंक ८.१,सानिमा ८.४१, सिद्धार्थ ८.५१,ग्लोबल आइएमई ८.५९,नेपाल इन्भेष्टमेन्ट बैंकको ८.२६,माछापुच्छ्रे ८.७,प्रभु ८.४९,कृषि विकास ८.६१, नेपाल एसबिआई ८.७७,एनआईसी एशिया ८.८६,एनएमबी ८.९४,हिमालयन ९.२,प्राइम ९.३,सिटिजन्स ९.७,लक्ष्मी सनराइज ९.१७ र कुमारी बैंकको आधारदर ९.६३ प्रतिशत रहेको छ ।