Home Blog Page 143

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य ३३०

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रिमा राखिएको छ । उक्त संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । यसका लागि विद्यमान संस्थापकहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल उक्त सेयर संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

हिमालयन बैंक लिमिटेडले आफ्ना विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १५ लाख कित्ता बढी संस्थापक सेर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक सेयरहरुको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

अर्थमन्त्री पुनले भने सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्छौ

अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने बताएका छन ।

आज बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनएका छन ।

सहकारीका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५ ५ लाख रुपैयाँ भए पनि फिर्ता गरिने मन्त्री पुनले बताए ।

‘यसले सहकारीमा समस्या समाधान गर्न पहल गर्ने काम भइरहेको छ,’ उनले भने ‘सहकारीलाई संविधानले पनि तीन खम्बे अर्थ नीतिमा एक खम्बा मानेको अवस्थामा केही सहकारीले ऐन कानून, सहकारीको मूल्य मान्यता, सिद्धान्त भन्दा बाहिर गएर कारोबार गर्दा यो क्षेत्र बदनाम भएको हो । सरकारले अगामी आवका लागि ल्याएको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने, बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गरिने व्यबस्था गरेको छ ।’

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

0

भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । यसका लागि कम्पनिले विशेष साधारण सभा डाकेको छ । गत वैशोख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३२ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा दिनको ३ बजे भर्चुअल माध्यम जुममार्फत आयोजना हुनेछ । सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लीलाम बिक्री खुल्ला

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

इच्छुक लगानीकर्ताले कैलालीको लम्किचुहा वा बुढानिलकण्ड काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

मदिरा, बियर र सूर्तिचुरोटको अन्तशुल्क बढ्यो -आलु, प्याज, स्याउमा लाग्ने भ्याट खारेज

0

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तशुल्क दरमा वृद्धि गरिएको छ । योसँगै मदिरा, बियर, सूर्चित र चुरोट महंगिने भएका छन् ।

त्यस्तै बजेटमार्फत अर्थमन्त्रिले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरिदिएका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको बताएका छन् ।

यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्याइएको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने बताइएको छ।

वार्षिक रु. २५ करोड भन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिनेछ।

बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गरिने भएको छ।

करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गर्ने समेत बताइएको छ ।

स्वावलम्बन लघुवित्त र प्रभु बैंकको ७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, हेर्नुस् – न्यूनतम मूल्य कति छ ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडको ७८ हजार कित्ता बढ्री संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता गरी कुल ७८ हजार १९० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमातर्फत बिक्रीमा राखिएको हो

यो सेयर जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

स्वावलम्बन लघुवित्तको न्युनतम मुल्य २५० रुपैयाँ र प्रभु बैंकको न्यूनतम मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार १८ गते निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाण्डौमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ

मकर जितुमाया सुरी हाईड्रोपावरको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुँदै

0

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
डोल्मा इम्प्याक्ट फण्ड आईले संचालक समितिबाट राजीनामा दिएपछी २०८० जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेपछी प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो । उक्त रोक्का रहेको सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।

६ अर्ब रुपैया प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन, २ लाखलाई रोजगार सिर्जना हुने

0

आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै रोजगार बैंकको स्थापना गरि रोजगार सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पारिने भएको छ ।

श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि समाधान कार्यक्रम सञ्चालन गरिने समेत अर्थमन्त्री पुनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण कार्य तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराई करिब २ लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने छ ।