Home Blog Page 142

दैनिक ४०० मेगावाट बिजुली नेपालबाट भारत निर्यात

नेपालबाट दैनिक ४ सय मेगावाट विद्युत भारत निर्यात हुन सुरु भएको छ । बर्षाको कारण बिजुली उत्पादन बढ्न थालेपछि भारततर्फ पुनः विद्युत् निर्यात सुरु हुने क्रम सुरु भएको हो ।

देशभित्र खपत गरेर बाँकी रहेको विद्युत् जेठ १४ गते बाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरिएको हो ।

प्राधिकरणका अनुसार खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको हो ।

हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छ ।

सुन हालसम्मकै महङ्गो

0

नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

सेबोनको प्रवक्ताको जिम्मेवारी डा नवराज अधिकारीलाई

0

पुंजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ ।

बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका हुन् ।

कृषि विकास बैंकद्वारा सेयर अभौतिकिकरण गरेर नगद लाभांश बुझिलिन अपिल

0

कृषि विकास बैंक लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश रकम सेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएकोमा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य(डिपी)मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौिितकिकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

साथै, बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गई नगद लाभांश प्राप्त नगरेका सेयरधीहरुको विवरण बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटलको वेवसाइटमा राखिएको आण्आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन बैंकले आग्रह गरेको छ ।

अन्यथा ५ वर्षसम्म कुनै पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको लाभांश रकम नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा उक्त लाभांश रकम जम्मा गरिने बैंकले जनाएको छ ।

मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आज समाप्त हुँदै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि आज सकिन लागेको जनाएको हो ।
कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आज उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।

साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेकाले आजबाट उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

बिल बिनाका क्लिपहरु प्रहरिले जफत गर्ने !

0

रुद्राक्षका रुखमा लगाउने गरिएको बिल बिनाको क्लिपहरु प्रहरिले जफत गर्ने भएको छ । हाल बिना बिलका क्लिप बजारमा अत्याधिक पाईएको र ति समानहरु भन्सार छलेर ल्याएको पाईएपछी प्रहरिले बिल बिनाका क्लिपहरु जफत गर्ने भएको हो ।

त्यसरी भन्सार छलेर ल्याएका सामानहरु ठुलो पारीमाणमा हुन सक्ने अनुमान गरिएको छ ।

चिनियाहरुले सिधै सेटिङमा र भन्सार छलेर क्लिपहरु ल्याएर नेपाली ब्यापारलाई बेचीरहेको पाईयो , बिल बिनाका क्लिपहरु जफत गरिने छ, प्रहरी श्रोतले भन्यो । यस सम्बन्धमा आबस्यक अध्ययन भईरहेको श्रोतले जनाएको छ ।

साथै त्यस्ता सामानहरु किन्दा बिल लिएर मात्र खरिद गर्न अनुरोध गरिएको छ ।

नेपालको रुद्राक्ष प्रत्यक बर्ष ठुलो मात्रामा चीन तर्फ निकासी हुने गरेको छ । हाल चिनिया बजारमा क्लिप लगाएका रुद्राक्षहरुको माग बढेपछी क्लिप लगाएर बेच्न थालिएको छ । क्लिप लगाएका रुद्राक्षहरु चिनिया बजारमा आकर्सक मुल्यमा बिक्री हुने गरेका छन ।

१६० अर्ब लागतको सुनकोसी-३ बंगलादेशलाई दिने तयारी

0

सुनकोसी-तेस्रो जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले बंगलादेशलाई दिने भएको छ ।

नेपाल बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठकमा दुईपक्षीय समझदारी (एमओयु) गर्न लागिएको हो ।

यस अघिको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीच यो आयोजना निर्माण गर्न सयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । सयुक्त कम्पनी खडा गर्नका लागि समझदारी गर्न लागिएको हो ।

यो आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणसँग छ । विद्युत प्राधिकरण र बंगलादेशी सरकारी कम्पनीको सयुक्त कम्पनी निर्माण हुनेछ ।

सुनकोसी तेस्रो जलविद्युत आयोजनाको बाँधस्थल रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकामा पर्छ ।

जलाशयले खाँडादेवी गाउँपालिकाको लुभु, काभ्रेको दोलालघाट र सिन्धुपाल्चोकको बलेफी बजारका बस्तीलाई आंशिक वा पूर्णरुपमा डुबाउन सक्छ । सुनकोसी र तामाकोसी नदी आसपासको करिब ४ हजार २२४ हेक्टर क्षेत्र डुबानमा पर्छ ।

आयोजना निर्माण सुरु भएको करिब ७ वर्षमा सञ्चालनमा आउने अनुमान गरिएको छ। २०८२ मा निर्माण सुरु गरी २०८८ मा सम्पन्न गर्ने लक्ष्य छ ।

यो परियोजनामा आवश्यक लगानी बंगलादेशले जुटाउने छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बिल बिनाका क्लिपहरु प्रहरिले जफत गर्ने !

0

रुद्राक्षका रुखमा लगाउने गरिएको बिल बिनाको क्लिपहरु प्रहरिले जफत गर्ने भएको छ । हाल बिना बिलका क्लिप बजारमा अत्याधिक पाईएको र ति समानहरु भन्सार छलेर ल्याएको पाईएपछी प्रहरिले बिल बिनाका क्लिपहरु जफत गर्ने भएको हो ।

त्यसरी भन्सार छलेर ल्याएका सामानहरु ठुलो पारीमाणमा हुन सक्ने अनुमान गरिएको छ ।

चिनियाहरुले सिधै सेटिङमा र भन्सार छलेर क्लिपहरु ल्याएर नेपाली ब्यापारलाई बेचीरहेको पाईयो , बिल बिनाका क्लिपहरु जफत गरिने छ, प्रहरी श्रोतले भन्यो । यस सम्बन्धमा आबस्यक अध्ययन भईरहेको श्रोतले जनाएको छ ।

साथै त्यस्ता सामानहरु किन्दा बिल लिएर मात्र खरिद गर्न अनुरोध गरिएको छ ।

नेपालको रुद्राक्ष प्रत्यक बर्ष ठुलो मात्रामा चीन तर्फ निकासी हुने गरेको छ । हाल चिनिया बजारमा क्लिप लगाएका रुद्राक्षहरुको माग बढेपछी क्लिप लगाएर बेच्न थालिएको छ । क्लिप लगाएका रुद्राक्षहरु चिनिया बजारमा आकर्सक मुल्यमा बिक्री हुने गरेका छन ।

असार २२ गते जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुँदै

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ९१ लाख कित्ता बढी सेयरको लक इन समयावधि समाप्त हुने भएको छ । यो सेयरको लकइन असार २२ गते समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि छुट्याइएको सेयर गरी जम्मा ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले आम सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

त्रिभुवन विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा !

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जग्गा ब्यक्तिका नाममा रहेको पाइएको छ । बिमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । विमानस्थलले चर्चेको जग्गा प्राप्त गर्न राज्यको अर्बौं रकम खर्च हुँदासमेत लगत कट्टा नभएका कारण विभिन्न व्यक्तिकै जग्गाधनी प्रमाणपुर्जा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जग्गा प्राप्ति ऐन अनुसार मुअब्जा दिसकेतापनी हालसम्म लगतकट्टा नभएको हो । मुआब्जा वितरण भइसकेका जग्गाहरूको लगत कट्टा गरी प्राधिकरणको स्वामित्वमा आउनुपर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नआएको महालेखा परिक्षाकको प्रतिबेदनमा भनिएको छ ।

यस्तो जग्गामा साबिक सिनामङ्गल र कोटेश्वर अन्तर्गतका सिनामङ्गल वडा नं. ५ ग कित्ता नं. १ को ४ रोपनी ५ आना, सिनामङ्गल वडा नं. ६ ग कित्ता नं. ४० को ६ रोपनी ५ आना, सिनामङ्गल वडा नं. १२ क कित्ता नं. १७ को ६ रोपनी १४ आना समेत ४७० कित्ताको करिब ५३३ रोपनी जग्गा हालसम्म प्राधिकरणको नाममा नआएको उल्लेख छ । मुआब्जा पाइसकेको ती जग्गाको प्राधिकरणले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।