Home Blog Page 141

दोहोरो अंकले बढ्यो सेयर बजार

0

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वढेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १३.५१ अंकले घटेर २०८३.०४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स बढेर ३७१.६५ विन्दु कायम भएको छ । आज ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा उछाल आएको छ । यो समूह आज ६.५६ प्रतिशतले बढ्यो ।

त्यस्तै बैंकिङ समूह १.११, विकास बैंक ०.२२, वित्त २.१७,होटल ०.४६,हाईड्रो १.२६,जीवन बीमा ०.७७,लघुवित्त ०.५२,निर्जीवन बीमा ०.६७ र अन्य समूह ०.९६ प्रतिशतले बढ्यो ।

आज लगानी समूह ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन २.४० र म्युचुअल फण्ड समूह ०.०५ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल फाइनान्सको २२ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको १८ करोड ७० लाख,फर्स्ट माईक्रोफाइनान्सको १४ करोड ७ लाख,अपर लोहोरे खोलाको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ७ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने कालिञ्चोक दर्शन लिमिटेड ८.८५ प्रतिशत,अपर सोलु हाईड्रो ८.४८ र माई खोला हाईड्रोको सेयरमूल्य ८.०२ प्रतिशतले बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.१३ प्रतिशतले घट्यो । त्यस्तै युनिलिभरको ७.८८ प्रतिशत र पोखरा फाइनान्सको सेयरमूल्य ५.२५ प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त

0

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई सीईओ नियुक्ति गरेको हो ।

थापालाई बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ पदमा चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  उनलाई जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति गरिएको हो । 

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको संचिती मुनाफाबाट हाल कायम चुक्तापूँजीको २१.०५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सुनको मूल्यमा एकैदिन १६ डलरले घट्यो

0

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.७१ प्रतिशत अर्थात १६.५७ डलर घटेर हाल प्रतिऔंस २ हजार ३२७.३६ डलरमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतिऔंस २.४९ प्रतिशत अर्थात ०.७७ डलरले घटेको छ । यो सङ्गै चाँदीको मूल्य प्रतिऔंस ३०.४१ डलर पुगेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल वेयरहाउजिङको लक इन अवधि सकियो

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते समाप्त भएको हो ।

कम्पनीले मंसिर २० गते आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेकोमा जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुगेको हो ।

साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का राख्ने गरिएको छ ।

बोनस सेयरका लागि करबापतको रकम बुझाउन मनकामना स्मार्ट लघुवित्तको अनुरोध

0

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।
संस्थाले एक सूचना प्रकाशित गरी २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा प्राथमिक सेयर निष्कासन बाँडफाँडमा परि हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा करबापतको रकम तिर्न आग्रह गरेको हो । करबापतको रकम जम्मा गरेपछि मात्रै बोनस सेयर हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ।

२०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर पारित गरेको थियो। सेयरधनीहरुले संस्थाको नाममा रहेको एनएमबी बैंक लिमिटेडको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

0

पर्वत पैयु खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले आइपिओ निस्कान गर्ने मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विेशष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असार ३ गते काठमाण्डौको टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० देखि ३ बजेसम्म आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

२.३५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

0

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल हाईड्रो डेभलपर लिमिटेडको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ७ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

यससँगै उक्त सेयरहरु आइतबारदेखि दोस्रो बजार कारोबारमा आउनेछन् ।

स्वदेशी उद्योगलाई आबस्यक बिजुली नदीई भारतमा विद्युत निर्यात गरेको उद्योग परिसंघको आरोप

नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै स्वदेशी उद्योगहरुलाई मारेर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको आरोप लगाएको हो ।

‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं । हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ । ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघले प्राधिकरणसँग आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघ जोडदार माग समेत गरेको छ ।

पशुपतिनाथ मन्दिरका चारै ढोका असार १ गतेदेखि खुला गरिने

0

पशुपतिनाथ मन्दिरमा आगामी असार १ गतेदेखि मन्दिरका चारवटै ढोका खोलिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको पहलमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो ।


कोष सञ्चालक परिषद्को हालै सम्पन्न बैठकमा दक्षिण एशिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइने विषय हालको गुरुयोजनामा समावेश गरिएको हो । परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताईएको छ ।

पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिनेछ ।

हालसम्म महाशिवरात्रि पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ ।