Home Blog Page 151

लक्ष्मी टेक्नो प्लाष्टले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनिको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते बुधबारका दिन हटौडामा विशेष साधारण सभा आयोजना गर्ने निर्णय पारीत गरेको छ ।

उक्त सभाले आईपीओ निष्कासन गर्ने र कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मुल्य समेत थपेर आइपिओ निस्कास्न गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यस कम्पनिले प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसि÷पिभिसिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि उत्पादन गर्ने गर्दछ ।

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, कम्पनीलाई कारवाहीको तयारी

सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश रद्द हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने तथा आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट लाभांश विवरण गर्न नमिल्ने बताउँदै लाभांश रद्द हुने जनाएको छ । कम्पनिले आइपीओ निस्कासन गर्दाको प्रिमियम रकम प्रयोग गरेर लाभांश बितरण गर्ने गरी निर्णय गरेको थियो ।

आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकम लेखा समितिमा छानबिनकै क्रममा रहेकाले उक्त रकम प्राधिकरणले जगेडा कोषमा सञ्चित गरेर राख्न निर्देशन समेत दिएको थियो ।

सोही कारण कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट यो वर्षका लागि बोनस बाँँड्न पाउदैन । तर त्यसको खिल्ली उडाउदै कम्पनिले लाभांश घोषणा गरेको थियो ।

यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।४२ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रस्ताव गरी गत माघ १४ गतेको ७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

सिटिजन लाइफले प्राधिकरणको निर्देशन लत्याउदै बिमा प्राधिकरणलाई समेत जानकारी नदीई आफुखुसी सेयर प्रिमियमबाट बोनस बाँड्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश रद्द गरिने र निर्देशन उल्लङ्घन गरेकोले कारबाही समेत गरिने प्राधिकरण श्रोतको भनाई छ ।

नेप्सेले कारबाही गर्‍यो स्टक ब्रोकर न.९२ लाई, टीएमएस बन्द – कारण के ?

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रोड सो ब्रोकर(स्टक ब्रोकर नम्बर ९२) लाई कारबाही गरेको छ । नेप्सेले उक्त ब्रोकरको को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरिदिएको छ । मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले स्टक ब्रोकर नम्बर ९२ को टीएमएस बन्द गरेको जानकारी प्राप्त भएको छ ।

उक्त ब्रोकरले मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतरिेका कारण टीएमएस बन्द गरिएको नेप्से श्रोतले जनाएको छ ।

अब ब्रोकरले तिर्नुपर्ने रकम र जरिवाना तिरेपछि मात्रै टीएमएस सुचारु हुनेछ । रोड सोल अब नेप्सेलाई मासिक रुपमा तिर्नुपर्ने २५ हजार रुपैयाँ र ५० हजार जरिवाना शुल्क तिर्नुपर्ने हुन्छ।

धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावलि, २०७९ को विनियम २१ को (च) मा कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ (ग) बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।

त्यस्तो शुल्क त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने उल्लेख गरिएको छ। उक्त अवधिमा शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने व्यवस्था छ। सोहि नियममा टेकेर नेप्सेले टिएमएस बन्द गरेको हो ।

महिला लघुवित्तको नाफा २३.२६% ले घट्यो

0

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानीमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले ५ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.८६ प्रतिशतले घट्दै ११ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ८६ लाख र सञ्चालन मुनाफा ५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ १७ करोड ४० लाखबाट बढेर १७ करोड ८५ लाख र रिटेन्ड अर्निङको आकार पनि ८८ लाख ५३ हजारबाट बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको देखिएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७७ प्रतिशतमा झरेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ३ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३२.१७ रुपैयाँबाट घटेर २४.६८ रुपैयाँ कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०१.८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४५ गुणा र तरलता अनुपात ६.१६ प्रतिशत रहेको छ ।

९६.४९ लाख घाटामा रहेको बाराही हाईड्रोपावरको रिजर्भ ११ करोडले ऋणात्मक

बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ९० लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ९६ लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ३१ लाख र अन्य आम्दानी २४ हजार ६ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले १७ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । कम्पनीको रिजर्भको आकार ११ करोड ५४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको देखिन्छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १४ लाख र कुल चालु दायित्व ५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५३.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५६९.५० रुपैयाँ र तरलता अनुपात १.२६ प्रतिशत रहेको देखिन्छ ।

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सूर्योदय वोमी लघुवित्तको नाफा र आम्दानी दुवै घट्यो

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले अपरिस्क्रित बित्तिय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिको नाफा र आम्दानी दुवै घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनिले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५९.३१ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १३.८४ प्रतिशतले कमी देखिएको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले ३७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १३.५३ प्रतिशतले घटेर ४३ करोड १८ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले कर्मचारीको तलब लगायतका सेवा सुविधाका लागि ३२ करोड ८४ लाख र अन्य सञ्चालनका लागि ६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाको रिजर्भको आकार १.४६ प्रतिशतले बढ्दै ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ पनि १५ करोड ७६ लाख रुपैयाँले बढेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ४ अर्ब ७९ करोड ९५ लाख र कर्जा प्रवाह १० अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ६.२० प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात ७.६६ प्रतिशत कायम थियो । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । संस्थाको ईपीएस ९.४९ रुपैयाँबाट घटेर ३.३६ रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसयर नेटवर्थ १५७.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५६.१९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२६.०३ गुणा र तरलता अनुपात ४.७७ प्रतिशत रहेको छ ।

पञ्चकन्या माइ्र्र हाईड्रोको नाफा ८५ प्रतिशतले बढ्यो

पञ्चकन्या माइ्र्र हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८५ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस कम्पनीको कुल विद्युत बिक्री आम्दानीमा भने कमी आएको छ । कम्पनीको कुल विद्युत बिक्री आम्दानी २.१९ प्रतिशतले घटेर २९ करोड २० लाख रुपैयाँ भएको छ । कम्पनीको अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सञ्चालन खर्च ३ करोछ ५१ लाख र कुल प्रशासनिक र अन्य खर्च २३ करोड ६४ लाख रुपेयाँ रहेको छ । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ७ करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.५८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८५.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५ रुपैयाँ र तरलता अनुपात ०.१६ प्रतिशत रहेको छ ।

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा, विश्वकप खेल्ने सम्भाबना सकियो

0

चर्चित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

क्रिकेटर सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

यो सङ्गै सन्दिपको टी-२० विश्वकप क्रिकेटमा खेल्न जाने लामिछानेको सम्भावना लगभग सकिएको छ ।

यी हुन् प्रभु बैंकका १२ ठूला सेयरधनी

0

प्रभु बैंकको ठूला सेयरधनीमा विभिन्न १२ व्यक्ति तथा कम्पनी रहेका छन् ।

प्रभु बैंकको ठूला सेयरधनीहरुमा ६ जना व्यक्ति तथा ६ वटा कम्पनीहरु रहेका देखिन्छन ।

यस बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्सको रहेको देखिएको छ । एसियन लाइफको यस बैंकमा ३.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै गौरव अग्रवालको २.७१ प्रतिशत, कर्मचारी सञ्चय कोषको २.५३ प्रतिशत सेयर स्वामित्व रहेको देखिएको छ ।

यस्तै प्रभु ग्रुपको १.२१ प्रतिशत, सुदिप आचार्यको ०.६० प्रतिशत, शिव कुमार श्रेष्ठको ०.५८ प्रतिशत, मिजास भट्टचनको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत, स्वरुप गुरुङको ०.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत, शिवम सिमेन्टको ०.५१ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको देखिएको छ ।