Home Blog Page 139

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि विशेष प्रस्ताव पारित गर्नका लागि प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारण सभा हुने गरी निर्णय गरेको छ ।

उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गरिनेछ ।

आज र भोलिको संसद बैठक स्थगित गर्ने निर्णय, साम्सदले बजेट पुस्तिका अध्ययन गर्ने

0

प्रतिनिधि सभाको आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।

बजेट पुस्तिका अध्ययनका लागि भन्दै दलहरुले समय मागेपछि बैठक स्थगित गरिएको हो ।

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

0

नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६औं संञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आइतबारको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय हेरफेरपछि नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापासँग केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

तोलामै ४ हजारले घट्यो आज सुनको मूल्य

0

बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन गर्ने यि हुनेवाला मुख्यमन्त्री चन्द्रबाबू नायडु, बने मालामाल

हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा सत्तारुढ गठबन्धन एनडीएबाट निर्वाचन जितेका टीडीपी पार्टीका अध्यक्ष चन्दबाबू नायडुको परिवारको सम्पत्ति ५ दिनमै ७८५ करोड भारुले बढेको छ ।
निर्वाचनको मतपरिणाम आएपश्चात सेयर बजारमा आएको वृद्धिका कारण चन्दबाबू नयाडुका स्वामित्वको कम्पनीको सेयरमूल्य बढ्दा उनको सम्पत्तिमा उछाल आएको हो । आन्ध्र प्रदेशको मुख्य मन्त्रीका मुख्य दाबेदार चन्दबाबू नयाडुको कम्पनी हेरिटेज फूड्स लिमिटेडको कम्पनीको सेयरमूल्यमा लगातार अपर सर्किट लागिरहेको छ । गत शुक्रबार यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६१.२५ भारु कायम भएको थियो ।

यो मूल्य कम्पनीको ५२ साताकै उच्च हो । कम्पनीको सेयरमूल्यमा पछिल्लो ३ दिन लगातार सकारात्मक सर्किट लागिरहेको छ । कम्पनीको ५२ साताको न्यूनतम मभूल्य २०६.६० भारु रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३ हजार ९५६ करोड भारु रहेको छ ।

कम्पनीमा चन्द्रबाबू नायडुको परिवारको स्वामित्व ३५.७१ प्रतिशत रहेको छ । जुन ३ करोड ३१ लाख ३६ हजार भारुबराबर हुन आउँछ । यो कम्पनीमा नायडुका छोरा नारा लोकेशको १०.८२ प्रतिशत स्वामित्व छ भने भुवनेश्वरी नारा र देवांश नाराको क्रमशः२४.३७ र ०.०६ प्रतिशत स्वामित्व छ । -एजेन्सी

प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा

प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।

यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

आबेदन दिदा लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।

श्री डिष्टिलरीको आईपीओ आउने

श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते मंगलबारका दिन बबरमहलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

भोलि धितोपत्र बोर्ड कार्यालय बन्द रहने

0

नेपाल धितोपत्र बोर्ड भोलि बन्द हुने भएको छ । बोर्डले एक सूचना जारी गर्दै भोलि ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।


धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाण्डौमा आयोजना गर्न लागेको छ ।

नेपाली क्रिकेट टिमले एक रन लिदा १ रुख , चौकामा ५ र छक्का/विकेटमा १० रुख ओमोडाले रोप्ने

0

विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘नेपाल स्कोर्स,ओमोडा ग्रोज्’ नारामा एक वातावरणीय योजना ल्याएको छ। जसअन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले ले रुख रोप्ने भएको छ ।

यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ रूख रोपिने छ भने हरेक छक्का र हरेक विकेटमा १० रूख रोपिनेछ।
यस वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालमा रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन्।

आईएमएफले नेपाललाई ५.५९ अर्ब सहुलियत कर्जा उपलब्ध गराउने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

हालसम्म तीन किस्ता दिईसकेको छ भने चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो ।

मन्त्री पुनसँगको भेटमा डा। किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकाशा गर्ने जानकारी दिए । उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे ।