Home Blog Page 138

नगर प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

0

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै थापासहित ६ जना विरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

अख्तियारले बागमती नगरपालिकाका उप–प्रमुख लीलाकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग
उनिहरुलाई लगाइएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ इक्रा नेपालले घटायो

रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ घटाएको छ । इक्राले एक सूचना जारी गर्दै कम्पनीलाई विगतमा प्रदान गरिएको रेटिङ [ICRANP-IR] BBB-[ICRANP-IR] BB+ मा डाउनग्रेड गरिएको जनाएको हो ।

इक्राले उक्त रेटिङबाट कम्पनीलाई  ‘Issuer Not Cooperating’श्रेणी मा सारी  रेटिङ फिर्ताको लागि सूचना दिएको जनाएको छ ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

इक्राले यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको जनाएको छ ।

नेशनल लघुवित्तको ४० हजार कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ४० हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनेभित्र आवेदन दिईसक्नु पर्नेछ ।

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

कुमारी बैंकको ५.८१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति असार ४ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि असार १० गते समाप्त हुँदै

हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर जारी गरेको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई सीआईबीले पक्राउ गरेको हो ।

सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।

नेपाल सरकारको २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

0

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। जेठ २७ गतेको निर्णयअनुसार नेप्सेमा दुईवटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा ५ अर्ब रुपैयाँबराबरको ‘एनपीडीबी०८०३२०८९(२०८९०३) नामक र १० अर्ब रुपैयाँबराबरको एनपीडीबी०६०५२७८०(२०८७०५) नामक विकास ऋणपत्र सूचीकृत भएका हुन् ।

यी दुवै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ८ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

एलिट क्यापिटलले आईपीओ जारी गर्ने

एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर आम सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गर्ने जनाएको छ ।

हाल कम्पनिले संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

यो हकप्रद निष्काशनपछि एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रद पछी कम्पनिले आइपिओ जारी गर्नेछ ।

संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर आम सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गरिने योजना रहेको क्यापिटलले जनाएको छ ।

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, सेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।

असार २७ गते मनकामना स्मार्ट लघुवित्तको १०.१५ लाख कित्ता सेयरको लक इन अवधि सकिदै

आगामी असार २७ गते मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि समाप्त हुने भएको छ। एक सूचना जारी गर्दै संस्थाले आगामी असार २७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुने जानकारी गराएको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

कुमारी बैंकको ४५.५७ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १००

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति असार ३ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।